श्याम साह
मध्यरातमा वादल जोडले गर्जन थाल्यो । झिलिक्क उज्यालो हुने गरी विजुली पनि चम्के । लगत्तै आकाश नै खस्ने गरी पानी पनि पर्न थाल्यो ।
बखतबहादुरको त्यो फुसको घरले त्यत्रो पानी थेग्न सकेन । पानीका थोपाहरु ओछ्यानमा पनि चुहिन थाले । पहिलो थोपा उसको निधारमा खस्यो । त्यसले उसको मस्त निंद्रालाई खलवल्याएको थियो । उसले वेवास्ता गर्दै टाउको अन्तै सार्यो । तर पानी एक ठाउँ मात्र परेको थिएन । पानी लगातार उसको सम्पूर्ण शरीरमा पर्न थाले पछि ऊ जुरुक्क उठ्यो ।
निष्पट्ट अन्धकारमा उसले कालो मात्र देख्यो । ओछ्यान छाम्यो, छोरा वीरबहादुर अझै निन्द्रामा मस्त थियो । छोरालाई पानीले नउठाओस भनरे ओछ्याएको तन्ना पनि उसको शरीरमा ओढ्याइदियो । त्यस पछि उसले अगाडी छाम्यो । तर सीता त्यहाँ थिइनन् ।
‘वीरेकी आमा ?’
” हजुर ! “
सीताको आवाज खाटको कुना तिरबाट आयो । तिनको आवाज टड्कारै थियो । सायद तिनी सुतेकै थिइनन् ।
‘के भो ? किन नसुतेकी ?’
तिनी केही वोलिनन् । निष्पट्ट अन्धकारमा केही पनि देखिन्नथ्यो । सीता ओछ्यानवाट तल झरेको उसले सुन्यो । फेरी उसले पाइला चालेको पनि सुन्यो । तिनले सलाई झिकिन् । छुस्स आवाज निकालेर सलाइको काटी वल्यो । तिनले अगेना छेउको टुकी झिकिन् र बालिन् । फेरी तिनले विडी झिकिन् र टुकीमा सल्काइन् ।
टुकीको उज्यालोमा बखतबहादुरले सीताको अनुहार नियाल्यो । तिनको मलिन अनुहारमा अनौठो भाव थियो । तिनको अनुहारमा मुस्कान पनि थियो । तर तिनी डराएकी जस्ती पनि देखिन्थिन् ।
‘बीरेका बा’
तिनी सानो स्वरमा वोलिन् । तिनको आवाज कारुणिक थियो सायद आत्तिएकी थिइन् ।
‘के भयो वीरेकी आमा तिमीलाई आज ?’
तिनी मुसुक्क हाँसिन । वडो अजिव हाँसो थियो तिनको । तिनले आफ्नो ब्लाउजको कुनाबाट एउटा पोको झिकिन् ।
‘बीरेका बा, हेर्नोस न वाटोमा खसिराखेको थियो । थुप्रै पैसा जस्तो छ ।’
बखतबहादुर छक्क परयो । कति सोझी थिइन् तिनी ? ऊ हतार हतार त्यहाँ पुग्यो । उसले विस्तारै पोको फुकाल्यो । उसका दुवै आँखाहरु चम्किन थाले ।
‘वीरेकी आमा , यो हात्ती भएको पैसा त एउटै एक हजारको हुन्छ ।’
वखतबहादुरलाई अझै विश्वास लागिरहेको थिएन । सीताले अनुहार छोपिन् । तिनले अझै सम्म एकहजार नोट देखेकी थिइनन् ।
‘वीरेका वा, मलाई त डर लाग्न थाल्यो ।’
वखतबहादुरले सीताको मुहार नियाल्यो । चिसो रातमा पनि तिनको अनुहारमा पसिना थियो ।
‘ तिमी न आत्तिकन बस । मलाई गन्न देऊ । ‘
वखतबहादुर पैसा गन्न थाल्यो । हजार हजारका पचास वटा नोट रहेछ ।
” वीरेका आमा, यहाँ त पचास वटा रहेछ । पचास हजार हो यो । कहाँ भेटयौ तिमीले ?’
वखतबहादुर पनि आत्तिएको थिायो । नआत्तिनु पनि कसरी ? जीवनमा पहिलो पटक उसले त्यति धेरै पैसा गन्दै थियो ।
“वीरेका बा, त्यो पैसा जस्ताको त्यस्तै राखिदिनोस । भोली जहाँबाट भेटेको थिएँ त्यहीँ राखिदिन्छु । ‘
तिनको आवाज रुन्चे थियो । एक क्षण त बखतबहादुर पनि आत्तियो । पचास हजार । सानो रकम थिएन, त्यो तिनीहरुका निम्ती । फेरि सीताले त त्यो पैसा भेटेकी थिइन् चोरेर ल्याएको थिइनन् ।
“वीरेकी आमा , तिमीले चोरेर ल्याएकी छैनौ । किन आतिन्छौ ? हेर न हाम्रा दुःख पनि कति छ ? अव त हामी पनि खुसी सँग बाँच्ने छौँ । ‘
टुकीको मधुरो उज्यालोमा अवोध अनुहार लिएर वीरबहादुरले टुलुटुलु हेरेको थाहा पाएपछि तिनीहरु झस्के । दुवैले एक अर्कालाई हेरे ।
” बा, हामीले पैसा भेटेको हो ?’
उसले सोध्यो । एक क्षण दुवै केही वोलेन । वखतबहादरले छोराको कपाल मुसार्यो ।
‘ बाबु, तिमी अहिले सुत ।..’
‘ कसरी सुत्नु ? ओछ्यान त सवै भिजेको छ । ‘
बल्ल तिनीहरुलाई वास्तविकताको वोध भयो । सीताले छोरालाई काँखमा लिइन् । वीरबहादुर त्यहिँ निदाउन थाल्यो ।
” वीरेकी आमा, यो घरलाई भोलि नै प्लास्टिक ल्याएर छाउनु पर्छ । “
तर सीता भने केहि वोलिनन् । तिनी आफै कतै अन्तै डुवेकी थिइन् ।
” वीरेका बा, अव छोरालाई स्कुलमा हालिदिनु पर्छ है ? “
वखतबहादुरले सीताको अनुहार नियाल्यो । उदास भए पनि तिनी धिपिक्क बलेकी थिइन् । कँाखमा छोरा निदाइरहेको थियो । बखतबहादुर सीताका दुवै हात आˆनो हातमा लियो । तिनी आˆनो टाउको लोग्नेको काँधमा अड्याइन् । दुवै गफ गरिरहेका थिए । दुवैले एक अर्कालाई आˆनो सपनामा सुनकाउन थाले ।
सीताले वखतबहादुरको च्यातिएको पाइन्ट सर्ट देखिन् । अव नयाँ किन्नु पर्ने वताइन् । वखतबहादुरले सीताको च्यातिएको साडी देख्यो । त्यो पनि नयाँ किन्ने कुरा गर्यो । त्यस पछि दुवै छोरा तर्फ मोडिए । स्कुलमा भर्ना गर्ने कुरा भइसकेको थियो । अव नया लुगा किनी दिने कुरा गरे । फेरी तिनीहरु घर तर्फ फर्के । यसरी तिनीहरुले सारा रात अनिदो नै काटे ।
भोलि विहानै वखतबहादुर छोरालाई लिएर शहर हिड्यो । त्यहाँ उसले घर छाउन प्लास्टिक किन्यो । आफु , सीता र छोराका निम्ती नयाँ लुगाहरु किन्यो । छोराका लागि चाहिने रङ्गीन कितावहरु किन्यो ।
साँझ फर्किदा गाँउमा भएको हल्ला उसलाई उसलाई रत्तिभर पनि थाह थिएन । सीता निकै नै आत्तिएकी थिइन् ।
” थाह पाउनु भो हिजो राती कसैले कप्तान बाको घरबाट ताल्चा फोडेर पैसा चोर्यो रे ? “
वखतबहादुर पनि आत्तियो । फेरि आफूलाई सम्हाल्यो । सीताले त्यो पैसा भेटेकी थिइन् । चोरेकी थिइनन् । फे पिनिर उसले सोध्यो,
” हिजो किन थाहा पाइनौ त ? ’
” कसरी थाहा पाउनु ? हजुर निस्के लगतै म पनि दाउ।रा लिन जङ्गल हिडेँ । तपाई जसरी म पनि बेलुकी मात्र फर्के । आज पो मुखिया बाकोमा भाँडा मस्काउन जाँदा थाहा पाएकी ।’
तिनी साह्रै आत्तिएकी थिइन् । त्यो पैसा कप्तान बाको हुन पनि सक्थ्यो, नहुन पनि सक्थ्यो । तर पनि तिनीहरु आत्तिए ।
” म त भन्छु जस्ताको त्यस्तै पुर्याइदिउ ।…..कप्तान बाको छोरा खुकुरी लिएर खाज्दैछन् रे ।’
सीता धेरै डराएकी पनि थिइन् । तिनको आवाज रुन्चे थियो । सायद रुन पनि थालेकी थिइन् । डराउन त वखतबहादुर पनि डराएको थियो । तर ऊ रुन सक्थेन ।
” तिमीहरु वस्दै गर । म थाहा पाएर आउँछु । “
वखतबहादुर निस्क्यो । अंध्यारो हुन लागेको थियो । ऊ एक तमास भएर ओरालो झर्दै थियो । एक किसिमको आँधी चलिरहेको थियो ऊ भित्र । के त्यो पैसा कप्तान बा कै होलान् त ? भए पनि दराज फोडेर लगेको पैसा सडकमा कसरी पुग्यो ?
अव उसले त्यो पैसा सडकमा भेट्यो भने पनि कसले पत्याउने ? पैसा त उसले चलाई सकेको थियो । त्यो पनि कसरी पुर्याउने ? फेरि उसले कप्तान बाको छोरा सम्भ्यो । ठूलो ज्यान भएको ऊ खुकुरी लिएर चोर खोज्दैछन् रे ?
” ओई वखते कता हिँडेको यो अध्ँयारोमा ? “
एक क्षण त ऊ तस्र्यो र पनि फक्र्यो । ऊ सँगैको साथी रहेछ ।
” यसो तल्तिर हिँडेको । “
ऊ नरोकिकन भन्यो । तर विस्तारै हिड्न थाल्यो ।
” अनि र्फकनु पनि त पर्ला नि ? राती हुन लाग्यो । समय सकाल राम्रो छैन है । “
ऊ बखतबहादुर नजिक पुगिसकेको थियो । विस्तारै बखतबहादुरको कानमा साउती गर्दै भन्यो,
” कप्तान बाको दराज फोडेर पैसा चोरेको थाहा पायौ ? “
बखतबहादुरको मुटु ढुकढुक गर्न थाल्यो । र पनि विस्तारै सोध्यो ,
” सुन्न त सुनेको थिएँ । साँच्चै कति पो पैसा थियो हँ ?”
” खै,पचास हजार थियो भन्छन् ।”
बखतबहादुरको शरिरमा चट्याङ परे जस्तै भयो । सीताले भेटेको पैसा पनि पचास हजार नै थियो ।
” मलाई त यो काम चोरको लाग्दैन वखते ।…त्यहाँ त पैसा बाहेक गहनाहरु पनि थिए । खै लगेन त ? अरु वेला त बुढा कै छोरा पैसा चोर हिँड्थ्यो । फरक यत्ति हो । ऊ यस पटक यहीँ छ । अझ उसैले चोर खोज्दै हिँडिरहेछ छ पनि सुनेको छु ।”
बखतबहादुरको आँखामा कप्तान बाको छोराको जण्ड अनुहार नाच्न थाल्यो । खुकुरी लिएका वडेमानको शरिर । वलियो हातमा नाङ्गो खुकुरी । ऊ अगाडी हिड्न सकेन ।
” ढिलो हेाला जस्तो छ । म यहिँवाट फर्किन्छु । “
बखतबहादुर फक्र्यो । चोरी गरेका थिएनन् उनीहरुले । फेरी पनि चोर हुँदै थिए ।
बखतबहादुर केही सोच्न सकेन । उसको आँखामा केवल कप्तानको जेठा छोरा थिए । जो नाङ्गो खुकुरी बोकेर उसैलाई झम्टन आइरहेको जस्तो थियो ।
बखतबहादुर पिँढीमा गएर थुचुक्क वस्यो । सीता उसको नजिक आइन् ।
” वीरेकी आमा त्यो त कप्तान बाकै पैसा रहेछ । “
बखतबहादुरका आवाजमा निराशा व्याप्त थियो ।
‘खै कसले हो ? कप्तान बाको पैसा चोरेको रहेछ । सायद उसले हराएपछि तिमीले भेटेको हुनु पर्छ।’
रात चकमन्न थियो । तर ताराहरु अझै देखिसकेका थिएन । तिनीहरु एकअर्का तर्फ नै फर्केका थिए । तर तिनका अनुहार भने देखिएका थिएनन् ।
” के गर्ने त वीरेका बा ? बरु सवै पैसा लगेर बुझाइदिउ। “
” कसरी बुझाउने ? पैसा त हामीले चलाइसक्यौँ । पाँचहजार जति त खर्च पनि भइसक्यो । फेरी हामीले चोरेका होइनौ भनेर कसले पत्याउने ?’
बखतबहादुर आफूलाई सवै भन्दा लाचार पायो । उसको आाखामा अझै पनि खुकुरी नचाउँदै गरेको कप्तानको छोराको तस्वीर नाचिरहेको थियो ।
” के गर्ने त वीरेका बा ? “
सीता पनि निराश देखिइन् ।
” वीरेकी आमा , यो कुरा बाहिर कसैले थाहा नपाओस । कसैले यसवारे भूलेर पनि कुरा नगर्नु । अहिले यो पैसा नचलाई लुकाएर राखिदिउँ पछि कुरा सामसुम भए पछि चलाउँला । “
तिनी केही वोल्न सकिनन् । तिनले वोलेर के नै हुन्थ्यो र ? खिन्न अनुहार लिएर तिनी भित्र पसिन् । टुकीको मधुरो उज्यालोमा छोरा अझै बाबासँग लागेर आएको रङ्गीन कितावको चित्र हेर्दै थियो ।
तिनी छोराको अनुहार नियालिन् । कसै गरि यो कुरा बाहिर थाह भयो भने तिनीहरु चोर सावित हुन्थ्यो । तिनका छोरा पनि चोरका छोरा हुन्थ्यो । त्यो निदर्।मेष अनुहार, जो टुकीको मधुरो उजयालोमा टुलुटुलु आफ्नो भविष्य खोज्दै थियो । उसको निधारमा पनि चोरका मोहर लाग्ने छ । तिनको मुटु ठूलो बोझले थिचे जस्तो भयो । तिनी त्यहाँ उभिरहन सकिनन् ।
राती तिनीहरुले बाकी पैसा प्लास्टिकमा बेरेर अगेनो छेउमा गाडे ।
विहान सदा झै बखतबहादुर काम गर्न शहर हिडेँ । घरमा सीता र छोरा बीरबहादुर मात्र भए । खाना खाए पछि वीरवहादुर पनि खेल्न भनि तल गाँउमा झरे । घरमा एक्लो सीता मात्र भइन् ।
साँझ पर्नु अगावै सीता भान्साको तयारी गर्न थालेकी थिइन् । लोग्ने र छोरा अझै फर्किसकेको थिएन । तिनले मानिसहरु हिडेको सुने पछि वाहिर निस्किन् । कप्तान बाका छोरा सहित अरु पाँच जना मानिसहरु थिए । एक क्षण त तिनको होसहवास उड्यो । तिनी डरले कालोनिलो भइन् ।
” बखतबहादुर खोई ?
एक जना कड्किदै सोधयो ।
” आउनु भएको छैन । भरै अवेर फर्किनुहुन्छ । “
” ऐ भोलि विहान कतै जानु पदैन । खुरुकक मेरो घर पठाइदिनु ।”
यस पटक कप्तान बाको छोरा आफै कड्किए । सीता केही वोल्न सकिनन् । डरले तिनको हृदयको गति बढिरहेको थियो । मुटु फुट्ला जस्तै भयो । तिन्ले पिँढीको खाम्वो समातेर त्यहिँ थुचुक्क वसिन् ।
छोरा फक्र्यो । तिनी त्यहिँ वसि रहिन् । जति वोलाउँदा पनि नवोले पछि ऊ आफै लुसुक्क घर भित्र छिर्यो । राती हुन लाग्यो । अन्धकारसँगै बखतबहादुर पनि फक्र्यो । सीता त्यसरी बसेको देखेर उसको मनमा पनि चिसो पस्यो । ऊ सीताको निधार सुमसुम्यायो । सीता डाँको छोडेर रुन थालिन् ।
“वीरेका बा तिनीहरुले सवै थाहा पाए । “
बखतबहादुर जड भएर उभिरह्यो । आमा रेाएको सुनेर छोरो पनि नजिक आयो ।
” कसरी थाहा पाए तिनीहरुले ? तिमीले कहाँ भनेकी थियौ । “
निकै वेर पछि बखतबहादुरको बोली फुट्यो । ऊ कामिरहेको थियो ।
” कहा भन्नु मैले घरबाट कहिँ निस्केको त छैन । “
तिनी रुदैँ भनिन् ।
” कसले भन्यो त्यसो भए ? “
बखतबहादुर रिसले काम्दै करायो । दुवै छोरा तर्फ फर्के । वीरबहादुर डरले रातो भएको थियो । दिउँसो वीरबहादुर मुखिया बाका नातीसँग खेल्दा उसले भेटेको पैसावारे भनेको थियो । किनकी उसले वीरबहादुरलाई उसको हजुर बासँग धेरै पैसा भएको धाक लगाएको थियो । उसले पनि उसको बुबाले पैसा भेटेको सुनाएको थियो ।
बखतबहादुर रिसको झोँकमा छोराको गालामा एक चड्कन हान्यो । ऊ रुन थाल्यो । तर उसको रिस भने अझै मरेको थिएन् । उसले अर्को पटक पनि हात उठाउदा सीता अगाडि आइन् ।
” उसलाई किन कुट्नुहुन्छ ? पैसा त मैले ल्याएकी थिएँ । “
छोरालाई अङ्गालोमा लिएर तिनी रुन थालिन् । रातको निस्तब्धतामा तिनीहरुको रुवाई झन् चर्को सुनिन्थ्यो । जुन उसको लागि झन् असहृय थियो । आˆनो दुबै हात टाउकोमा राखेर ऊ थुचुक्क बस्यो ।
” गल्ती त मेरै हो ।… “
उसको आवाज रुन्चे थियो । उसका आँखाबाट आँसु खसिरहेको थियो । आँसु पुछ्दै उसले फेरि भन्यो,
” ….. तिमीले त पैसा पुर्याइदिन भनेकै थियौ नि ,…मै ले लोभी भएको । “
ऊ आफैसँग बर्बराई रहेको थियो । निकै बेर सम्म उनीहरु तेसै केहि नगरि वसिरहे ।
“वीरेका बा , ” .
सीता सुस्तरी वोलिन । तिनको काँखमा वीरबहादुर अझै हिक्क हिक्क गर्दै रोइरहेको थियो ।
” …. भोली के गर्ने ? विहानै तपाइलाई आउनु भनेका छन् ।.. ” .
तिनी एक क्षण चुप लागिन् । लोग्ने तिर हेरिन् ऊ एक तमास भएर कहिँ नियालिरहेको थियो । ऊ केही नवोले पछि फेरि तिनी नै बोलिन् ,
” … जे जति छ सवै दिएर साँचो कुरा भनि दिउँ । “
बखतबहादुर अझै केहि वोलेन । सीताको काँखमा छोरा रुँदा रुँदै निदाई सकेको थियो ।
‘कसले पत्याउँछ हामीलाई ?’ बखतबहादुर निकै वेर पछि बोल्यो । त्यति बेला ऊ डराएको जस्तो थिएन । निकै कठोर देखिन्थ्यो ऊ ।
” कसले पत्याउँछ कि त्यो पैसा हामीले भेटेका हो, चोरेका होइनौ ? हामी सवै थोक बुझाएपछि पनि त्यो बुझाएको होइन, समातिएको हुनेछ । हामी त चोर भइसकेका छौँ सीता । “
सायद पहिलो पटक बखतबहादुरले तिनलाई सीता भनेर सम्वोधन गरेको थियो ।
” यो गाउँमा चोर भएर वस्न भन्दा नवस्नु वेस । “
उसले निर्णय गरिसकेको थियो । त्यति बेला अनुहार एकदमै सपाट थियो उसको । त्याहाँ हरु कुनै भाव थिएन ।
” जे जे चाहिन्छ, सवै बाँधिहाल । विहान भाले बास्नु अगावै हामी निस्कने छौँ । विहानै वजारमा सदरमुकामबाट तरकारी लिन गाडीहरु आउँछ । हामी त्यहि सँगै निस्कनुपर्ला । “
सीता पनि केही वोलिनन् । छोरालाई तिनले ओछ्यानमा सुताइन् र तिनीहरुलाई चाहिने सामान थुपार्न थालिन् । चारैतिर हेरिन् तिनले । के नै थियो र त्यहाँबाट लानका निम्ति ? अलिकति लुगा, केही भाँडाकुडा । एक्कासी तिनको ध्यान गाडिएको पैसातिर गयो ।
” वीरेका बा , त्यो पैसा चाहि के गर्ने ?”
” जस्तो छ ,त्यस्तै छोडिदेउ । त्यहिँ कुहेर बसोस् । त्यसैको कारणले यत्रो दुःख पाइँदै छ । जहाँ लगे त्यहिँ दुःख पर्छ । “
त्यस पछि तिनीहरु रातभर बोलेन । तिनीहरु सारा रात अनिदो नै काटे । भाले बास्नु अगावै बखतबहादुरले आकास नियाल्यो । तराजु तारा पुर्वतिर ढल्किन लागेको थियो । तिनीहरुको निस्कने बेला भइसकेको थियो । उसले छोरालाई पिठ्युमा बोक्यो । सीताले जम्मा पारेको पोको बोकिन् । त्यसपछि तिनीहरु घरवाट निस्के ।
रात चकमन्न थियो । आकाशमा ताराहरु पिलपिल गर्दै तिनीहरुका मुकदर्शक भएका थिए । एक्लो जून आज मलिन र उदास देखिन्थ्यो । तिनीहरु हिँडदा वाटामा एक दुई पटक कुकुरहरु पनि भुके । केहि क्षण पछि अलि माथि पुगेर तिनीहरु पछाडि फर्के । जुनेली रातको मधुरो उज्यालोमा गाँउ प्रष्ट देखिन्थ्यो । त्यसमा भन्दा अलि माथि सुनसान ठाँउमा उनीहरुको घर थियो । जुन त्यहाँवाट जुनेली रातको उज्यालोमा तिनीहरुको वियोग रोइरहेको जस्तो देखिन्थ्यो । दुवैका आँखाबाट एकैपटक आँशुका केही थोपाहरु खसे । दु्वैले एक अर्कातर्फ हेरे । आफ्रना आँखाहरु पुछे । र सरासर आफ्नो बाटोतिर लागे ।
विहानै सदरमुकामवाट तरकारी लिन आएको गाडीमा तिनीहरु चढे । हिजो दिनभर भारी बोकेर कमाएको पैसा बखतबहादुरले आˆनो सर्टको अगाडीको खल्तीमा राख्यो ।
गाडी घ्यार घ्यार गर्दै अगाडि हिड्न थाल्यो । गाडीभरि मानिसहरुको भिड थियो । गाडीको आवाज र मानिसको हल्लाले वीरबहादुर ब्युँझियो । उसलाई गाडीको त्यो वातावरण अत्यन्तै विरानो लाग्यो । अचानक उसले बुबाले थप्पड हानेको सम्भ्ःयो । त्यसपछि ऊ बुबाको काँखबाट आमाको काँखमा गएर बस्यो ।
” आमा हामी कहाँ हिडेको ? हाम्रो घर खोई ? “
बखतबहादुरको अनुहार रुन्चे भयो । सीताले उनको अनुहार नियालिन् । उसको आँखा पिलपिल गर्दै थियो । स्रीता पनि आफूलाई थाम्न सकिनन् । तिन्का आँखा पनि भरिए ।
” बाबु हामीले घर छोड्यौँ । अव हामी शहर जाने । “
तिनी अगाडी बोल्न सकिनन् । छोराको अनुहार पनि रुन्चे भयो । तिनी आफ्नो अनुहार भ्ःयालतिर फर्काइन् । चिसो हावाले तिनीहरुको मुहारमा स्पर्श गर्न थाल्यो । तिनका आँखाका आँशु पनि त्यहिँ सुक्न थाल्यो ।
तिनीहरु सदरमुकाम पुग्दा घाम लागिसकेको थियो । त्यहाँका निम्ती तिनीहरु नयाँ थिए । सवै थोक नौलो लागिरहेको थियो तिनीहरुलाई । रातीदेखि तिनीहरुले केहि पनि खाएका थिएनन् । त्यसैले भोक पनि जोडसँग लागिरहेको थियो । बखतबहादुरले नजिकैको किराना पसलबाट चिउरा किनेर ल्यायो । र छेउकै होटेलमा अलिकति नुन माग्यो । तिनीहरुले त्यहि चिउरा पानी र नुनसँग भिजाएर खाए ।
तिनीहरु त्यहाँ विल्कुल नौला थिए । के गर्ने कसैलाई थाहा थिएन । र पनि केहि त गर्नैपथ्र्यो ।
” वीरेकी आमा , तिमी छोरा लिएर यहिँ वस । होटेलकी साहुनी दयालु जस्ती छिन् । म काम खोज्न जान्छु । नआत्तिनु छोरालाई कतै जान नदिनु । म भरै साँझ तिर मात्र र्फकन्छु । “
यत्ति भनेर बखतबहादुर त्यहाँबाट हिड्यो । तिनी भने छोरालाई समातेर त्यहाँ उभिरहिन् । लोग्ने त काम खोज्न भनेर हिँडेको थियो र तिनलाई कतै नजान पनि भनेको थियो । तर तिनका अगाडि सारा दिन एउटा पाहाड वनेर तेर्सियो । त्यत्तिकै सारा दिन कसरी विताउन सक्थिन् र तिनले ?
तिनी होटेलको साहुनी कहाँ पुगिन् । खै के के कुरा गरिन् तिनले । एक क्षण पछि तिनी त्यहाँ वसेर होटेलको भाँडा मस्काउन थालिन् । छोरा भने तिनको नजिक बसिरह्यो ।
होटेल राम्ररी नै चल्थ्यो । तिनी दिनभर भाँडा मस्काइरहिन् । वीरबहादुर दिनभर आमासँगै बसिरह्यो । य एक दुई पटक होटेलकी साहुनी आफुतिर बोलायो । तर वीरबहादुर गएन ।
साँझ परिसक्दा पनि बखतबहादुर नआए पछि सीता आतिन् । दिनभर एकहोरो भाँडा माझेर होला होटेलकी साहुनी सहानुभूतिको स्वरमा भनिन् ,
” किन आत्तिन्छौ ? लोग्ने मानिस हो, कहिँ कतै भूलेको होला । नत्र कुनै काम अल्झेको होला । ढिलो चाँडो आइहाल्छ नि । आएन भने यहिँ वस । “
तर त्यसले सीतालाई सन्तोष पार्न सकेन । तिनी एकहोरो सडक तर्फ हेरिरहिन् । अन्धकारले छोपिसकेपछि बखतबहादुर फक्र्यो । वत्तीको उज्यालोमा ऊ पसिनाले भिजेको तिनले प्रष्टै देखिन् । भर्खरै काम सकेर आएको जस्तो थियो । उसको शरिर ईटाको धुलोले पुरै रातो देखिन्थ्यो ।
” पर एउटा घर बनिरहेको रहेछ । त्यहिँ इट्टा ओसार्ने काम पाएँ । पहिलो दिन भएर होला, राती सम्म आसार्न लगाए । “
एकै सासमा भन्यो उसले । अनि सीताको अनुहार हेरेर हाँस्न खोज्यो तर अहँ उसको अनुहारमा मुस्कान भने पटक्कै देखिएन । उसले छोरालाई हेरयो । उसको टाउको सुमसुम्यायो । तर छोरा भने उबाट पर सरेर आमासँग टाँसियो ।
उसले बुबाको थप्पड अझै विर्सेको रहेनछ । बखतबहादुरको मन नराम्ररी विभ्ःयो । खाना तिनीहरुले त्यहिँ खाए । सिताले दिनभर भाँडा मस्काएकी थिइन् । होटेलकी साहुनीले केहि पैसा तिनको हातमा राखि दिइन् ।
अब भने तिनीहरुलाई बासको समस्या आइ लाग्यो । तिनीहरु त्यति बेला सडकमा थिए । त्यो पनि सुनसान थियो । चारैतिर अन्धकार व्याप्त थियो ।
” हुनत हामीले काम गरेको घरमा जाँदा पनि हुन्थ्यो । तर त्यहाँ अरु काम गर्ने मानिसहरु पनि छन् । अलि पर पाटी जस्तो बस्ने ठाउँ छ । त्यहिँ जाउँ । “
तिनीहरु यात्रुहरुका लागि बनाइरहेको बस विसौनीमा पुगे । त्यो रात तिनीहरुले त्यहिँ विताउने भए । सीता आफुले ल्याएको पोको त्यहाँ विसाइन् । छोरा चाडै तिनको काँखमा सुत्यो । तिनीहरु पहिलोपटक घरबाट वाहिर रात विताउँदै थिए ।
छोरा सुतिसकेको थियो । सीता पनि निदाइसकेकी थिइन् । तर बखतबहादुर भने निदाउन सकेको थिएन । सायद ऊ तन्द्रामा थियो । गाँउका सम्झनाहरु उसको आाखा अगाडि आउँथे र जान्थे ।
प्रहरीको भ्यान तिनीहरुको अगाडि घ्याच्च रोकियो । एक्कासि परेको हेडलाइटको उज्यालोले तिनीहरुका आँखा तिरमिराए ।
” ऐ , के हो तिमीहरु ? “
एक क्षण सवै आत्तिए को हुन् तिनीहरु ? के भन्यो भने ती प्रहरीले तिनीहरुलाई चिन्लान् ? तिनीहरुका नामले ? अहँ , तिनीहरुसँग त्यस्तो कुनै परिचय नै थिएन ।
” हजुर हामी …. “
बखतबहादुरले त्यति मात्र बोल्न सक्यो । करिव १० जना जति प्रहरीहरुले उनीहरुलाई चारैतिरबाट घेरिसकेका थिए । छोरा पनि एक्कासि त्यति धेरै मानिस देखेपछि रुन थाल्यो ।
” यहाँ के गर्दै छस् ? “
” आजै गाँउबाट आएको हजुर । बस्ने कुनै ठाँउ भेटेन । “
” साला ! यत्रा लजहरु देखेनौ ? हेर्दै चोर जस्तो छ । ठोक ऐ यसलाई ।”
एकजना बोलेको के थियो, अर्कोले बखतबहादुरको कठालो जोडले समात्यो । लगत्तै उसको ढाडमा बुटले हान्न थाल्यो । अव सीता पनि रुन थालिन् ।
” चुप लाग !”
“राती यसरी बस्न कसले भन्यो ? खै कति रुपैया छ , सवै झिक ।”
अघि कै मान्छे बोल्यो । बखतबहादुर हतारहतार दिनभर कमाएको पैसा तिनीहरुको हातमा थमाइदियो ।
“साले, के हो यो ?”
उसले एक लात्ती बखतबहादुरको ढाडमा हान्यो । बखतबहादुर पर उछिट्टयिो ।
” हजुर यत्ति नै छ । “
ऊ पिडाले कराउँदै भन्यो । ऊ रुन पनि सकिरहेको थिएन ।
” अव भोलि फेरि यँहा भेटिस भने थानामा लगेर जाक दिन्छु । “
त्यति भनेर तिनीहरु हिडे । त्यसपछि तिनीहरु सुत्न सकेनन् । रातभर रोइरहे । छोरा बखतबहादुरको काँखमा बाबा भनेर टाँसियो । त्यस पछि बखतबहादुरको पनि भक्कानो छुट्यो । तिनीहरु सारा रात रुँदै काटे ।
” वीरेका बा , तपाई अव त्यहिँ वनिरहेको घरमा नै बस्नोस् । बरु म होटेलको दिदीलाई मनाउँला । “
विहान भएको थिएन । अँध्यारोमा एक्कासि सीताले बोलेकी थिइन् । छोरा रुँदारुँदै बखतबहादुरको काँखमा सुतिसकेको थियो । उसको आँखा र ढाड सुन्निएको थियो । छोराको गालाभरि आँशुको दाग थियो । उसले विस्तारै त्यसलाई पुछिदियो । तर ऊ केही वोलेन । त्यहि त एउटा विकल्प थियो तिनीहरुका लागि । त्यसपछिका केहि दिन तिनीहरुले त्यसरी नै विताए । सीता छोरालाई लिएर होटेलमा बस्न थालिन् । बखतबहादुर दिनभर काम गथ्र्यो । साँझ एकपटक होटल पुग्थ्यो । आँउदा उसको अनुहार उदास हुन्थ्यो । जाँदा प्रत्येक पटक रोएको हुन्थ्यो ऊ । भेट्दा सिता रुन्थिन् । यसरी आमाबुबा रोएको देखेर छेारा पनि रुन्थ्यो ।
त्यसदिन पनि बखतबहादुर इट्टा माथिल्लो तल्लामा ओसार्दै थियो । दिउँसोको वेला उसले एक भारी इट्टा माथि लग्यो । इट्टा विसाए पछि लामो साँस फेर्यो उसले । उसको शरिर भरि पसिना थियो । परबाट आएको एक झोका शितल बतासले उसलाई स्पर्श गर्यो । सारा थकान विर्सेर उसले परसम्म हेर्न थाल्यो । निकै पर एक हुल मानिसहरु आइरहेको देख्यो । सुरुमा उसले वास्ता गरेन । तर चिने जस्तो पनि लागयो उसलाई । तिनीहरु नजिकिँदै थिए । उसले नियालेर हेर्यो । दौरा सुरुवालमाथि कोट र टोपि लगाएका कप्तान बालाई उसले प्रष्टै चिन्यो । छेउमा गाँउका मुखिया पनि थिए । सँगसँगै गाँउका अरु मानिसहरु पनि थिए ।
आफुलाई गतिहिन महसुस गर्यो उसले । सारा संसार रोकिएको जस्तो अनुभव गर्यो । अव तिनीहरु आउनेछन् । चोरलाई समाते जसरी उसलाई समात्नेछन् । चोरलाई जसरी गाँउ लगनेछन् । सँगै सीता हुनेछिन् । साथ मै उसको छोरा हुनेछन् । त्यसको कल्पना मात्रले आतङ्कति भयो ऊ ।
चिसो वतासले ल्याएको सारा सितल्ता हरायो । उसको शरिर भरि पसीना आउन थाल्यो । ऊ भाग्न चाहयो । तर सकेन । अव कहाँ भागोस ? यहाँ पनि त ऊ भागेरै आएको थियो । ऊ निर्जीव खम्वा जस्तै जड्वत उभिरह्यो ।
तिनीहरु आए । उनकै नजिक आए । ऊ अझै त्यसरी नै उभिरहेको थियो, प्रतिक्रिया विहीन भएर । तर तिनीहरुले उसलाई समातेनन् । सवै उसको नजिक आएर उभिए ।
” कस्तो छ बखतबहादुर तिमीलाई ? तिम्रो जहान र छोरा खोई ? “
कप्तान बाको उदास आवाज गुञ्जियो । अलिकति पनि कठोर भावना थिएन उसको आवाजमा । त्यसको साटो त्याहाँ अपार सहानुभूति थियो । बखतबहादुरका नजर झुके । त्यो सहानुभूति उसको लागि अनपेक्षित थियो । ऊ भक्कानिएर रुन थाल्यो ।
” भयो बखत, नगरेको गल्तीको सजाय कति भोग्छौ । गल्ती त हाम्रो हो । चोर तिमी होइनौ । चोर त मेरै छोरा हो । तिमीले त केवल हराएको पैसा भेट्यौ । …. हिँड हामी त तिमीलाई लिन आएको । ‘
सवै मौन थिए । र सवैका आँखामा एउटै भाव थियो । तर बखतबहादुरको रुवाई भने अझै रोकिएन ।
” हामीले त पैसा बुझाउन खोज्यौँ ।… तर पहिल्यै चलाइसकेकोले डर लाग्यो ।…बाँकी पैसा बुझाउने साहस नै भएन ।…अनि सवै पैसा घरमा छोडेर हिड्यौँ । “
फेरि बखतबहादुरको रुवाई चर्को भयो ।
” भो बखत, फेरि त्यो पैसाको कुरा नगर । तिम्रा जहान र छोरा खोई ? “
वरपरका अरु काम गर्ने मानिसहरु पनि जम्मा भइ सकेका थिए । एउटा भिड जम्म्ाा भइसकेको थियो । त्यस पछि फेरि बखतबहादुरलाई त्याहाँ काम गर्नु परेन ।
तिनीहरु सवै होटेल गए । आफ्नो बाबालाई गाउँहरुलेसँग आएको सवैभन्दा पहिले वीरबहादुरले देख्यो । ऊ दौडेर आमा कहाँ पुग्यो । तिनी अझै भाँडा मस्काउँदै थिइन् । तिनले आफ्नो हात पनि चुठ्न पाइनन् । छोराले तिनलाई डोर्याउँदै वाहिर ल्यायो । सम्पूर्ण गाउँलेसँगै बखतबहादुरलाई त्यसरी देखेपछि तिनी पनि तर्सिन् । सायद तिनलाई पनि लाग्दो हो , तिनीहरु समातिए । बखतबहादुर आफै नजिक आयो ।
” वीरेकी आमा तिनीहरुले हामीलाई समात्न आएका होइनन् । लिन आएका हुन् । हिँड, अव हामी गाँउ जान्छौ । “
सीताको आाखा पनि भरियो । छोरालाई अङगालोमा लिदै तिनी रुन थालिन् । तिनी होटेल भित्र छिरिन् । होटेलकी साहुनीसँग भेटिन् । सारा कुरा थाहा पाएपछि तिनको आँखा पनि रसाए । तिनी वीरवहादुर तिर हेरिन् । यस पटक तिनले बोलाइनन । ऊ आफै तिनको नजिक आयो । तिनले उसको कपाल मुसारिन् । उसको हातमा केही पैसा राखिदिइन् । त्यति दिन काम गरेको पैसा तिनले सीताको हातमा राखिदिइन् ।
त्यसपछि सारा गाउँलेहरुसँग तिनीहरु घर फर्के । सवैथोक नौलो लागिरहेको थियो तिनीहरुलाई । छोरा त गाउलेहरुसँग खेल्दै र जिस्कँदै आए । तर बखतबहादुर र सीता भने बाटो भरि कतै हाँसेनन् । वाटोमा पनि पटक पटक आँशु पुछेका थिए । तर तिनीहरुलाई एउटा अपार शान्तिको बोध भने भएको थियो । तिनीहरु ढुक्क भएका थिए । तिनीहरु चोर होइनन् ।
so good so touchy..i was unable to stop my tears… great story…thanx Mr.Shah..really appreciating..
Well-loved. Like or Dislike:
25
1
[जवाफ फर्काउनुहोस्]
bina khatri Reply: January 20th, 2013 at 5:38 am
Wow ,Heart touching story.
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
tanka limbu Reply: February 10th, 2013 at 10:50 am
very heart touching story.bakhat bahadur and his family is realy great.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Touching. Ramro lagyo. Bajkhat bahadur ko character lai sahanubhuti.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Mr. shaha is a great story writer. I will always appreciate him. I knew him in RR campus and till that date I have been waiting his good story to come. ALl the best shyaam.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Truth is truth it never disappear, your story tocuh my heart keep it up …. and thanks online to add this kind of article.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
katha ati nai ramro chha katha paddha ta mero aakha nai rasayo
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
shah ji katha ati utkristha chha yasaree nai kalam chalaudi janus ……………..
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
एकदमै राम्रो, सम्पुर्ण सोझा नेपालीको प्रतिनिधित्व गर्ने कथा लेखेकोमा धन्यवाद ।
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
wah shayam sundar tero katha pahile pani utkrista rochak lekhthiyo ra hal samma jibanta evergreen lekhadai chhau very nice
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
woohh!!story lastai dami yar….yo story le ta aakha bata asu nai jharidiyo yar…!!! i never ever heart like this story before….u r doing good job man..keep cantinue…!! never stop ur hands to write like this awesome stories…!!
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
supop brother really heart touching keep it up . THANKYOU FROM CORE OF MY HEART .
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Mero aakha bata panin aashu aayo sarahai ramro katha lekhanu bhayako raicha hajur le dhandyabad cha hajur lai.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
good
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
साह्रै साह्रै राम्रो लाग्यो | कसरी यस्तो लेखिन्छ ?
मलाई त डर लगेको थ्यो तर सुखान्त रहेछ |सन्तोष लाग्यो .
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Bibid kanran bas katha yrkai jhatkama padna sakina man huda hudai pani. Katha kistama padhiyo tara manma lagatar jhatka hani raheko thiyo. Khathako bisaye bastu yekdam rochak xa . Katha padhai jada kautuhaltale nikai thau payo. Je hos kata samyoganta manai tuingiyo. Shyam jee badhai xa. Katha man xune khalko xa. Pargati gardai janus subhakaman ani salam.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
really nice
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
katha dherai ramro ho, malai pani man paryo, tara antya jasto hola bhanne thaneko thiye, tyo bhayena……….. kalpanako lepan badi vayo ki jasto lagyo…. yethartha vanda tadha ta gayena, mukya patra antimma gayera sachai nai chor ghosit hunu chahi ajako samajko yethartha ho jasto lagcha……..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
sabai thok sametiyako great story i like thanku
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sarai meetho katha Shyamji.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
katha ramro samajik chha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
greaat job shyam Sir…………… really impressed by your story. Felling proud that the writer was my colleague and still is a good friend
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Ramro Lagyo…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sarai ramro lagyo man chhuni story yesto real life ma kasai lai pani naparos lekhaka lai dherai badhai chha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कथा अति राम्रो लाग्यो।Heart touching story.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
so good so touchy..i was unable to stop my tears… great story…thanx Mr.Shah..really appreciating..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Katha dherai ramro cha. Kathakarlaai dherai dherai dhanyabaad.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aaha! shyam sundar ko sundar katha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
katha ramro lagyo.
Feri feri yestai ramra katha haru lekhdai garnuhola.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
dherai emotional vayo kya
ekdamai traditional
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]