अध्यक्ष, राष्ट्रिय जनमोर्चा
० शनिबार नयाँ बानेश्वरमा विपक्षी दलहरुको बैठक बसेको थियो, त्यहाँ के छलफल भयो ?
मंसिर ८ देखि राष्ट्रपतिबाट सहमतिको सरकार गठनको आह्वान भए पनि सहमतिको सरकार गठन हुनै सकेन । यसैक्रममा शनिबार नयाँ बानेश्वरमा विपक्षी १०/१२ दलको बैठक बसेको थियो । खास गरेर शनिबारको बैठकमा माओवादीले चुनाव पनि गराउँदैन, सहमति पनि गर्दैन । यति गरिसकेपछि अब संघर्षको विकल्प छैन । एमाओवादीले नयाँ-नयाँ पासो फाल्छ र त्यसो पासो र षड्यन्त्रमा अरु पार्टीहरु पनि जान अञ्जानमा फस्दै गएका छन् । अब एमाओवादीलाई संघर्षविना सत्ताबाट झार्न सकिँदैन भन्ने कुरा कांग्रेस, एमालेले महशुस नगर्नु आश्चर्यको कुरा हो भन्ने हामीले बैठकमा राख्यौं ।
० भनेपछि अब आन्दोलन नगरी हुँदैन भन्ने तपाईहरुको निश्कर्ष हो ?
हो । एमाओवादीले जे बाहनाबाजी गरे पनि मुख्यरुपमा राजनीतिक पार्टीहरुलाई अल्मल्याएर, खेलाएर, फुटाएर र गलाएर आफ्नो सत्ता लम्ब्याउन चाहन्छ । त्यसैले कुनै प्रकारले माओवादीले फालेका जालमा पर्नु निरर्थक र यसले देशलाई बर्बाद पार्छ भन्नेमा प्रायः सबै सहमत भएका छन् ।
० प्रधानमन्त्री फेर्न राष्ट्रपतिलाई दलहरुले लेखेर दिनुपर्छ भन्नेबारे बानेश्वर बैठकमा एमाले नेता माधव नेपालले प्रस्ताव गर्नुभएको हो ?
यसबारेमा पनि छलफल भयो ।
० विपक्षी दलहरुले अझैसम्म पनि आन्दोलनमा जानुको साटो राष्ट्रपतिबाटै आश गरिरहेका हुन् ?
राष्ट्रपतिसँग आश गर्नुभन्दा पनि माओवादीले जेजे नयाँ एजेन्डा फाल्छ, त्यही एजेन्डा बोकेर हिँड्छन्, कांग्रेस र एमालेका साथीहरु । एउटा एजेन्डा फाल्दियो माओवादीले भने त्यसैलाई पत्याएर एमाले पनि हिँड्छ, कांग्रेस पनि हिँड्ने गरेको छ । यस्तो भ्रम पालेर किन हिँड्ने ?
० शीतलनिवासमा भएको पछिल्लो सर्वदलीय बैठकमा राष्ट्रपतिको भनाइ खासमा के थियो ?
राष्ट्रपतिले नयाँ महत्वपूर्ण कुरा के भन्नुभएको छ भने तपाईहरु सत्तापक्ष र प्रतिपक्ष सहमति गरेर आउनुहुन्न भने मबाट अध्यादेश स्वीकृत गराएर मबाट तपाईहरुले अब शासन गर्न पाउनुहुन्न । तपाईहरुलाई शासन चलाउन जुनजुन अध्यादेशको खाँचोपर्छ त्यो जारी गरिरहने काम अब मबाट हुँदैन भन्नुभएको छ राष्ट्रपतिले । तपाईहरुले सहमति गरेर लु यो अध्यादेश जारी गरेर मुलुकलाई निकास दिनुपर्यो भन्नुहुन्छ भने मैले जारी गर्नैपर्छ, होइनभने सरकारलाई जुन कुराको खाँचो पर्छ, त्यही चाँहि स्वीकृत गर्नुपर्यो भन्दैमा मबाट हुँदैन भन्नुभयो ।
० आन्दोलनमा जाने त भन्नुभयो, आन्दोलनको कार्यक्रम कहिले बनाउँछन् त विपक्षीले ?
सोमबार बस्ने बैठकले आन्दोलनको कार्यक्रम ल्याउनेबारे छलफल भइरहेको छ । आइतबार नै बस्ने भनेको तर, ड्यास माओवादीलाई पनि पर्खनुपर्ने भएकाले सोमबार बैठक गर्ने भनिएको हो । ड्यास माओवादी पनि आन्दोलनमा जानका लागि तयार छ । आन्दोलनमा उसलाई पनि सामेल गर्नुपर्छ । किनभने शक्ति त चाहियो नि । ड्यास माओवादी, कांग्रेस र एमालेसमेत मिलेर आन्दोलनमा जानुपर्छ ।
० उपेन्द्र यादवहरु पनि तपाईहरुको मोर्चामा आएका हुन् ?
उपेन्द्र यादव, शरतसिंह भण्डारी, रोहित पनि बैठकमा आए । विस्तारै अब धु्रबीकरण हुँदैछ । नेताहरुको घैँटामा घाम लाग्न थालेको छ ।
० दैलेख घटनाबारे राष्ट्रिय जनमोर्चाको धारणा के हो ?
हामीले त यसबारेमा विरोध प्रदर्शन नै गरेका छौं । हत्यारालाई कारवाही नचलाउन प्रधानमन्त्री बोलेकै दिन हामीले सबैभन्दा पहिले राष्ट्रव्यापीरुपमा विरोध गरेका हौं । मैले नै नयाँ बानेश्वरमा भाषण गरें । हामीले दोषीलाई तुरुन्त कारबाही हुनुपर्छ, प्रधानमन्त्रीबाट गैरजिम्मेवार कुरा गर्न पाइँदैन भनेका छौं । अहिले पनि दैलेखमा भैरहेको आन्दोलनमा राष्ट्रिय जनमोर्चा अगाडि नै छ ।
० तर, द्वन्द्वकालमा मारिएका सबैको मुद्दा खोतल्न हुँदैन भन्दैछन् नि माओवादीहरु ?
चोरको खुट्टो झिक् भन्दा आफ्नो पर्ने भएर उनीहरु आत्तिएका हुन् । यही भएर त उनीहरुले ६ वर्षसम्म सत्य निरुपण आयोग बनाएनन् । जसको कथित जनयुद्धसँग सारेका थिएन, तिनीहरु चन्दा नदिएका कारणले काटिएका छन् । खान बस्न नदिएका कारणले अपहरणमा परेका छन् । राज्यपक्षले त झन् माओवादीले भन्दा हजारौं गुणा अपराध गरेको छ । त्यही बेलामा सुरक्षा निकायका मान्छेहरुले अकूत सम्पत्ति पनि कमाएका छन् । नेपाली जनताको ज्यान लिनेमा माओवादीलाई राज्यपक्षले १ सय ८० डिग्री उछिनेको छ । त्यसैले सत्य निरुपण आयोग नबनाउन कांग्रेस, एमाले र एमाओवादी तीनैथरिको अघोषत सहकार्य छ । साच्चै छानविन गर्ने हो भने त्यतिबेलाका सत्ताधारी कांग्रेस, एमाले, ज्ञानेन्द्र र विद्रोही माओवादीसमेत सबै तानिन्छन् । त्यसैले यिनीहरु भरसक सत्य निरुपण आयोग बनाएर सत्यतथ्य बाहिर ल्याउन चाहन्नन् ।
० भनेपछि दोषीलाई कारवाही हुन नदिनेमा एमाओवादीमात्रै नभएर कांग्रेस, एमाले पनि पर्छन् ?
हो । यी तीनवटैको अघोषित सहकार्य छ । मैले त चारवर्षसम्म संविधानसभामा यिनीहरुको नाटक प्रत्यक्ष देखेको छु । त्यसैले ०५२ देखि ०६३ सम्मका शासकहरु को-को थिए भन्ने इतिहासमा रेकर्ड छँदैछ । त्यसैले अहिले माओवादीको पालो भए पनि अन्ततः यिनीहरु सबै तानिन्छन्, पूर्वराजा पनि तानिन्छन् ।
० उसोभए कांग्रेस-एमाले र माओवादी जो सत्तामा भए पनि द्वन्द्वकालका पीडितले न्याय नपाउने रहेछन् हैन ?
यिनीहरुले नगरे पनि नेपाली जनताले यसको हिसाब किताब लिएरै छाड्छन् । यिनीहरुमात्रै सधैं सत्तामा रहिरन्छन् भन्ने छैन ।
० लण्डनमा कर्णेल कुमार लामा पक्राउ परेकोमा जनमोर्चाले स्वागत गरेको हो ?
हो । मानवताविरोधी अपराध गर्ने, यद्ध अपराध गर्नेहरुलाई कारवाही कहीँ पनि गर्न सकिन्छ, गर्नुपर्छ । घरघरबाट निकाले जनतालाई सुरक्षा निकायले निर्मम हत्या गरेको छ । कथित जनयुद्धको विरुद्ध अभियान चनाउने जनमोर्चाका कार्यकर्ता पनि मारिएका छन् । सुरक्षा निकायले जनताका घरमा आगो लगाएका छन्, बलात्कार गरेका छन् । नागरिकलाई बेपत्ता पारेका छन् । यिनको हिसाब-किताब आज एमाओवादी वा कांग्रेस, एमाले सत्तामा भएका बेला नभए पनि ढीलो चाँडो नेपाली जनताले खोज्छन् र खोज्नुपर्छ ।
Good Analysis By Mr. KC. Jay Nepal Jay Rastriya Jana Morcha
Well-loved. Like or Dislike:
70
14
[जवाफ फर्काउनुहोस्]
प्रकाश आचार्य Reply: January 13th, 2013 at 3:08 pm
हो हाम्रो देश का नेता हरु देश को लागि होइन आफ्नो स्वार्थ मा मात्र डुबीसकेकाछन् ईनी हरु लाईठिक पार्न पर्छ तेसै ले चित्रबहादुरजी लाई साथ दियर अगाडी बढ्नु नही उचित ठानदछु म
Well-loved. Like or Dislike:
42
7
[जवाफ फर्काउनुहोस्]
bk palpali Reply: January 16th, 2013 at 8:35 am
auta le satta ma kasari pugne bhancha ra arko le satta ma kasari lamo samaya tikne bhancha, KC jee le bhane ko kura 80% thik 6 aru 20% chahi sujab sahit samarthan garchhu
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
ghanashytam adhikari Reply: February 17th, 2013 at 12:46 pm
hamro desama chitra bdr kc jasto neta chahine ho tara k garnu yaha yesto netalai anya rajnitik dal harule nai kuro sundainan ani pakha lagai dinchhan.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Badai chha KC andolan gardai janu ani Kurchi paye pachhi janata ko pir marka lai birsanu sura sundari sanga chirripa parnu…. Aaan sachhai Kangress, UML, Maoubadi pruba Raja, panchhe sanchhe sabai lai jail ma halnu parchha… aba rahyo KC ko party lai pani Janatale patta saap pari diye halchha…. Ye Neta haru le desh dubaye… Kun Neta le k gareko chha ra yo desh ma ahile samma…. uhi Desh lai lutne ta ho ni…..
Like or Dislike:
13
18
[जवाफ फर्काउनुहोस्]
Comred KC is right
Well-loved. Like or Dislike:
27
4
[जवाफ फर्काउनुहोस्]
ठीक हो राज्य पक्षबाट माओबादी होस् वा सामान्य नागरिक जो कसैलाई पनि पक्राउ गरेपछि वा अन्य प्रकारले मार्नु हुदैन्थ्यो। राज्य पक्षबाट यस्ता गम्भीर अपराध भएका छन्। हत्या शृंखला कुनै पाटोबाट पनि सम्बिधान प्रदत्त कुरा थिएन र खासै अनुसन्धान थालनी गरेर कार्बाहि चलाउने हो भने धेरै मानिसहरु अभियुक्त ठहरिने छन्। बार्ह बुंदे सम्झौताले आम माफीको कुरा गरेता पनि निश्चित घटनाहरु अक्षम्य प्रकृतिका छन् र कार्बाहीको दायरामा ल्याउनु अपरिहार्य छ। सोही मध्यको एक हो डेकेन्द्र थापाको केस् । ढिलो चांडो कार्बाही गरिएन भने ड्यास माओबादीले फेरी हतियार उठाउने कुरा गरिसकेको छ र अन्य समूह पनि सहजै हिंशातर्फ उद्धत हुनेछन्।
Well-loved. Like or Dislike:
29
3
[जवाफ फर्काउनुहोस्]
त्यसैले ०५२ देखि ०६३ सम्मका शासकहरु को-को थिए भन्ने इतिहासमा रेकर्ड छँदैछ । त्यसैले अहिले माओवादीको पालो भए पनि अन्ततः यिनीहरु सबै तानिन्छन्, पूर्वराजा पनि तानिन्छन् ।
Well-loved. Like or Dislike:
45
3
[जवाफ फर्काउनुहोस्]
Kc jiu le right kura vannu vo. Dhilo chado matra ho. Doshi lai karbai hun6 hun6.Hami pani kc ko pa6ema 6au
Well-loved. Like or Dislike:
25
3
[जवाफ फर्काउनुहोस्]
खाँटी साँचो कुरा ब्यक्त गर्नु भएको छ के सी जीले।
Well-loved. Like or Dislike:
32
2
[जवाफ फर्काउनुहोस्]
really Kc ji ko kura right ho you hal laie
Like or Dislike:
14
2
[जवाफ फर्काउनुहोस्]
Kc boli matra ta honi nata galkot ma kehi garna skyo nata afno partilai kehi garyo kukur bhuke jastai bhukcha budo
Like or Dislike:
10
3
[जवाफ फर्काउनुहोस्]
Kc le j payo tehi bol6. Yestako k kura sunnu.jantako kurako birodh gardai hidera hun6.?sahamati ko nam ma ulto birodh ?
Like or Dislike:
7
16
[जवाफ फर्काउनुहोस्]
Raj Reply: January 13th, 2013 at 6:12 pm
sale baburam ko dalal..tero kura chahi sunne….gorkha bat hu vandaimaa taile baburam le j gare ni ramro vanne…kun din tero aafni man6e mar6 ani baburam le tyaslaai karwahi gardain ani thaha paulas…sale…..!!!!!!!!!
Like or Dislike:
11
4
[जवाफ फर्काउनुहोस्]
नेपाली कम्यूनिष्ट आन्दोलनका विचित्र नेता चित्र बहादुर के सी | संघियता चाहिन्न भन्नु हुन्छ तर आफूलाई संघियताको कट्टर हिमायती भन्न मन पराउने काँग्रेसेमाले ( अब काँग्रेस र एमालेलाई भिन्ना भिन्नै लेखिरहनु पर्छ जस्तो लाग्दैन र यसैगरि लेख्दा नै दुवै दलका नेताहरू प्रफुल्ल हुनेछन )संग भने तीनका भातृसंगठनको भन्दा गाढा सम्बन्ध छ |
अर्को विचित्रता – २०४८ साल ताका वहाँ ले एमालेलाई अहिले माओवादीलाई गरे भन्दा बढ्ता गाली गर्नु हुन्थ्यो किन भन्दा एमाले ले धेरै सीट ल्यायो वहाँको दल त्यै दुई तीन सीट |अहिले एमाले को ठाउँ माओवादीले लियो त्यसैले वहाँले आफ्नो धर्म निर्वाह गरिरहनु भएको छ !
अर्को विचित्रता – वहाँ नेपालका कम्यूनिष्टहरूको क्षुद्रभाषी आलोचक हुनुहुन्छ शायद त्यसैले दक्षिण पन्थीहरूको प्रिय पात्र ! मतलब दक्षिणपन्थी र प्रतिगामीका मनपर्ने नेता हुनुहुन्छ | यधपी यो विचित्रता क. रोहीत र ओली -माधवमा पनि छ |
चर्को मतभेद । तपाईलाई के लाग्छ?
18
33
[जवाफ फर्काउनुहोस्]
hari Reply: January 16th, 2013 at 6:10 am
शैलेश जी !!
मा ने क पा , माओबादि भन्छु तपाइँ जिन्दाबाद भन्नुस है ..
कुनै पार्टीको कार्यकर्ता हुनुभन्दा पहिला नेपालि हुन सिकौ सैलेश जी
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
हो । यी तीनवटैको अघोषित सहकार्य छ । मैले त चारवर्षसम्म संविधानसभामा यिनीहरुको नाटक प्रत्यक्ष देखेको छु । त्यसैले ०५२ देखि ०६३ सम्मका शासकहरु को-को थिए भन्ने इतिहासमा रेकर्ड छँदैछ । त्यसैले अहिले माओवादीको पालो भए पनि अन्ततः यिनीहरु सबै तानिन्छन्, पूर्वराजा पनि तानिन्छन् ।
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
जुन-जुन मित्रहरूले केसीको अन्तरवार्ता प्रति टिकाटिप्पणी गर्नुभएको छ, त्यसमा कैयौंले सोझै समर्थन त कैयौंले सोझै विरोध यदाकदा विचैलिया कुरा गर्नुभएको छ यो आफैमा भएको द्वन्द्वभाष हो । तर यति वेलाको समय हामीले को नेताले के गÚयो भन्ने भन्दा पनि कुन् नेता सम्पूर्णमा देशप्रति सकारात्मक छ भन्ने कुरा आँखामा पट्टि लगाएर हैन दूरदृष्टिले मुल्यांकन गर्नु नै उचित हुन्छ । गालि गलौज गर्दैमा हामी आफुलाई निकै ठालु मान्छौं तर वास्तविकता त्यो हैन, वास्तवमा गालि गलौजले तपाई आफ्नो ढाकिएको चरित्रको पर्दा खोल्दीनुभएको तत्थ्य सावित हुन्छ । आलोचना सुधारको लागि मत्वपूर्ण हुन्छ ।
Like or Dislike:
12
2
[जवाफ फर्काउनुहोस्]
Sattya Reply: January 14th, 2013 at 8:03 am
You are right DB Jee,
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
kura ta thik ho ..byabhar ma farak hunchha ..sabai neta haru,
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
विचित्र बहादुरको लाईन विचित्र नै छ. आफुलाई वामपंथी भन्ने तर लाईन चाहीं घोर दक्षिणपंथी.
Like or Dislike:
7
12
[जवाफ फर्काउनुहोस्]
bahun Reply: January 15th, 2013 at 3:46 am
बामपन्थीको अर्थ र मर्म नै नबुझेकाले दष्ँिणपन्थी उत्तरपन्थी। पूर्वपन्थी भनेको मन परेन
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
DB Magar Reply: January 16th, 2013 at 3:28 am
सुन र पितल, चांदी र सिल्पट बीचको भिन्नता छुट्टाउन नसक्नेहरुले चित्रबहादुर केसीलाई दक्षिणपंथी देख्नु स्वभाविकै हो ।
Like or Dislike:
11
0
[जवाफ फर्काउनुहोस्]
” जसको कथित जनयुद्धसँग सारेका थिएन, तिनीहरु चन्दा नदिएका कारणले काटिएका छन् । खान बस्न नदिएका कारणले अपहरणमा परेका छन् ” should be corrected to ” जसको कथित जनयुद्धसँग सरोकार थिएन, तिनीहरु चन्दा नदिएका कारणले काटिएका छन् । खान बस्न नदिएका कारणले अपहरणमा परेका छन् “
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Ali kata nepal ka neta haru ma sacho kura garne KC matra chan ,tara bichara yin ko kura sunne kasle sano dal ka manche pare yi….tara satya bolchan hai buda je bhayeni .
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
chitra badur ko eelaka baglung chetra no 3 ma kasari chunab ladnu bhaya ko theyo bhanne pani maile partakchaya dekhe ko kura ho ra mathi mitra haru le bhannu bho sun ra pital na chinne le k ko chitra badur bhanera ani feri ma bhanna chanchhu aafno aang ko bhaisi tipera falau ani aaru ko aang ko jumra tarfa dhan dau la
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Tyeso ho bhane aba ko sarkhar khane palo ashok rai ko palo ho?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aandolan ko bikalpa chhain
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
म मसाल भन्ने पार्टी मा हुँदा को कुरा हो / मोहन बिक्रम ले आफु भन्दा उमेरले धेरै कान्छी, आफ्नै कार्यकर्तालाई बिबाह गरेको ४ दिन अघिसम्म के सी कमरेड ले भन्दै थिय- मोहन जी ले चै कोरली केटि बिबाह गरेर गल्ति गर्नु भो, मैले त् चै बिरोध गर्यो छु / त्यसको लगभग ७ दिन पछि फेरि भन्दै थिय – मोहन जी ले चैने जे गर्नु भो त्यो पार्टी को लागि चने ठिक गर्नु भो / तस्कारण कमरेड के सी ले जे भन्नु भो फेरि पनि चैने ठिक भन्नु भो / कि कसो ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Please note one thing: The history of Armenia is soon going to be repeated in Nepal. A decade back in Armenia, speaker, prime minister and around 6 ministers were killed in the parliament during the session.
I don support violence. But violence is necessary to teach lessons to the dogs and animals. All political parties are the bastion of corruption and most of the so-called leaders are bastards. Form a group and killed 5 most corrupted leaders from each parties and dissolve the group for sometimes. Some change will occur. Otherwise, we all are stupid to expect anything from the stupid leaders. Hell to the so-called political leaders in Nepal.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो चित्रबहादुर केसी पनि मान्छे मुर्ख रहेछ किन भने यसले कहिले पनि ठुला पार्टी लाई सहयोग गरेर देश लाई अगाडी बढाउन चै न चाहदो रहेछ खाली बिरोध मात्र गर्न जाने को रहेछ किन भने स्वछ भावना भाको देश लाई बिकाश गर्नु पर्छ भन्ने नेता बाबुराम प्रधान मन्त्रि लाई किन सहयोग गर्न चाहदैनन् नेता हरु के नेपालि जनता हरुको दुख र आशु मात्र हेर्न जानेको छ साला चोर नेता हो तिमि हरु भुक्दै हिढ़ एक दिन जनता ले तिमीहरुलाई नेपाल कटाको दिन थाहा पाउछस खाली राजनीति गफ गरेर हिडो अब तिमि हरुको राजनीति भाषा जनता ले बुजी सकेका छन् चेतना भय सबै नेता लाई
Like or Dislike:
1
5
[जवाफ फर्काउनुहोस्]
sssss Reply: January 18th, 2013 at 5:59 am
bishnu babu aajhai bacha chhau gali garera lekh daima budiman hudaina fct is dat how u understand,ho timi kunai party ko ho so timilai ris uthe ko hoa before dat hami sabai nepali ho desh dube ko kasaile herna sakdaina
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ANIL Reply: January 18th, 2013 at 12:08 pm
baburam le des ko lagi k nahi gare ko chha ra MR./Mrs. Durga
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
हाहाहाहाहाहा स्वछ भावना भाको देश लाई बिकाश गर्नु पर्छ भन्ने नेता बाबुराम हाहाहाहाहाहाहाहाहा
पत्याउने लाटो कोइ छ हाहाहाहाहाहाहा
नामै त दुर्गा
महिला हो कि पुरुष
हाहाहाहा
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
I completely agreed with bigyasha. HA ha ha ha ha ha haa haaa haaaaaaaaa
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
party kihiyera siyo jatro bhaisakyo, rassi jal gai aithan nahi gaya.okhe budhaka k kura sunnu, garne bhaneko tato na bhutlo ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
जसको सोच राम्रो हुन्छ जसले यो देशलाई राम्रो बनोस भन्छ जसले निश्वार्थ सधैभरी देश र जनताको पक्षमा लडिरहेको हुन्छ उसैलाई नराम्रो भन्नु यो आफैमा मुर्खता हो जसले चित्रबहादुर केसीलाई नराम्रो भन्छ त्यो मान्छेलाई कखकोपनी ज्ञान नभएको ठान्दछु ।ईतिहासका पानाहरु पल्टाएर हेर्नुपर्छ ल।
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
He is Hanuman of Mohan Bikram. His brain is completely washed way by MB. They are nowhere, remaining only in the history of communist movement in Nepal. Now another person named Mohan Baidhya is following their path. If these two groups want change in Nepal they should come together with Baburam and Prachanda. They can do anything they like now. Why can’t they work together? You can’t expect UML, they are out of context, Oli already said “Goat Lurka” but other smaller communist parties should join forces if they want to change the country!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Kura sunnu Budhako, Aago tapnu Mudhako.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]