२९ पुस, काठमाडौं । श्रीलंकाका पहिलो पहिला प्रधानन्यायाधीश शीरानी भण्डारानायके बर्खास्त हुनु भएको छ । राष्ट्रपति महिन्दा राजापाक्षेले भण्डारानायकेलाई संसदले लगाएको महाअधियोग अनुमोदन गर्नु भएको बीबीसीले जनाएको छ ।
भण्डारानायके निकटका कानुन व्यवसायीहरुले राष्ट्रपतिले महाअधियोग सिफारिस अनुमोदन गरेको सूचना पाएको बताएका छन् । श्रीलंकाली संसदले भ्रष्टाचारको आरोपमा भण्डारानायकेलाई बर्खास्त गर्न सिफारिस गरेको थियो ।
संसदको ११ सदस्यीय समितिले भण्डारानायकेले वित्तीय र प्रशासनिक अनियमिताको १४ आरोप लगाएको थियो ।
यद्यपी सर्वोच्च अदालतले महाअभियोग लगाउने प्रक्रियालाई असवैधानिक भनिसकेको छ । राष्ट्रपतिले चाहेजस्तो निर्णय नगरेकाले महाअभियोग लगाइएको भन्दै विपक्षी दलहरुले पनि विरोधी गरेका छन् ।