फेसबुक मालिकलाई सन्देश पठाउन एक सय डलर :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

फेसबुक मालिकलाई सन्देश पठाउन एक सय डलर

फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई एक सय डलर खर्च गरेर सन्देश पठाउन चाहनुहुन्छ ? सुन्दैमा अचम्म लाग्नसक्छ । जुकरबर्गलाई मेसेन पठाउन किन यतिविधि पैसा तिर्नुपर्यो । फेसबुक मार्फत सित्तैमा पठाए भै गो नि ।

तर फेसबुकबाटै पठाउँदाको प्रसँग हो यो । सोसल नेटवर्किङ साइट फेसबुकले आजभोलि यस्तो प्रयोग गरिरहेको छ । फेसबुकको उद्देश्य फेसबुक प्रयोगकर्ताको मेसेज यस्ता व्यक्तिसामु पठाउनु रहेकेा छ जो फेसबुकमा प्रेषकको साथी छैनन् ।

प्रविधि सम्बन्धि एक ब्लगका अनुसार फेसबुक कम्पनीले आजकल जुकरबर्गलाई मेसेज पठाउन चाहने युजर्सहरुलाई यस्तो सन्देश पठाउने गरेको छ की यदि १ सय डलर खर्च गरेमा मात्र त्यो सन्देश जुकरबर्गको इनबक्समा पुग्नेछ ।

खासगरी अनावश्यक सन्देश अर्थात् स्माप मेल लाई रोक्ने काममा यो विधि कामयावी हुने विश्वास फेसबुकको रहेको छ । स्मरण रहोस् फेसबुकले एक डलर तिरेर मेसेज पठाउने सेवाको पनि अहिले परीक्षण गरिरहेको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु