राजनीतिक विश्लेषण । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको सातौं महाधिवेशनले ‘जनयुद्धको जगमा जनविद्रोहमा जाने’ कार्यदिशा पारित गरेको छ । लेनिनले भनेको वस्तुगत परिस्थितिका विशेषता नेपालमा देखापरेको र आत्मगत परिस्थिति पनि बनाउन सकिने उसले भनेको छ । वैद्यको निश्कर्ष छ, नेपाली क्रान्तिको मोडेल रुस वा चीनको जस्तो चाँहि हुँदैन ।
माओवादी पार्टीको यस्तो निश्कर्षले अब उसले नेपाली राजनीतिमा कस्तो बाटो समाउँछ भन्ने जिज्ञासा उत्पन्न गराएको छ । कतिपयबाट अब वैद्य पक्षले तत्कालै जनसेना, जनसरकार र जनअदालत ब्युँताउने विश्लेषण गर्नु अस्वाभाविक पनि छैन । तर, महाधिवेशनले ‘जनयुद्धको जगमा जनविद्रोह’ भनिसकेपछि उसले विगत १० वर्षमा अभ्यास गरेको क्रान्तिको मोडेललाई अब अबलम्बन नगर्ने चाँहि प्रष्ट भएको छ ।
रुसी र चिनियाँ मोडेल
वैद्यले नेपालको क्रान्ति रुस वा चीनको जसरी हुँदैन भनेपछि माओवादीको अबको बाटो बुझ्न क्रान्तिको चिनियाँ मोडेल र रुसी मोडेल के थियो भन्नेतर्फ र्फकनैपर्ने हुन्छ । रुसमा लेनिनले सन् १९१७ मा क्रान्ति गर्दा चीनमा माओले गरेजसरी गाउँमा जनसेना र आधार इलाका बनाउनेतिर नलागी शहरमा केही दिन शसस्त्र विद्रोह गरेरै सत्ता कब्जा गरेका थिए । लेनिनले पहिले राजधानी कब्जा गरेपछि विस्तारै गाउँतिर क्रान्ति फैलिएको थियो । रुसको क्रान्ति दीर्घकालीन नभएर अल्पकालीन थियो । तर, चीनमा माओले सन् १९२७ देखि गाउँमा लालसेना बनाएर सन् १९४९ मा बल्ल केन्द्रीय सत्ता कब्जा गरेका थिए । नेकपा माओवादीले नेपालमा १० वर्ष गरेको सशस्त्र संघर्ष चिनियाँ मोडेलको फोटोकपीबाहेक केही थिएन । तर, अब माओको तरिकाले गाउँ कब्जा गर्दै पृथ्वीनारायणले राज्य विस्तार गरेजसरी केन्द्रीय सत्ता कब्जा गर्न सकिन्न भन्ने निश्कर्ष माओवादी महाधिवेशनले प्रष्टरुपमा निकालेको देखिन्छ ।
नेपालमा लेनिनले जस्तै मजदुर संगठन बनाउने अनि शहरमा कार्यकर्तालाई बन्दूक बाँडेर केही दिनमै सत्ता कब्जा गर्ने ‘केआइ सिंह मोडेल’को क्रान्ति पनि वैद्यपक्षीय माओवादीले असम्भव रहेको निश्कर्ष निकालेको छ ।
क्वाँटी मोडेल
वैद्य पक्षको निश्कर्ष चीन र रुसको विशेषतालाई मिसाएर क्रान्ति गर्ने भन्ने हो । यसको अर्थ के हो भने गाउँमा लुकीचोरी जनसेना बनाउँदै जाने, स्थानीय सत्ताको अभ्यास पनि गर्दै जाने तर, विगतमा जसरी प्रहरी चौकीमाथि आक्रमण गर्दै, आधार इलाका विस्तार गर्नेतिर लाग्नुभन्दा राजधानीमा एकैचोटि झ्याप्पै हानेर केन्द्रीय सत्ता कब्जा गर्ने गोप्य तयारीलाई केन्द्रविन्दुमा राख्ने । ‘जनयुद्धको जगमा जनविद्रोह’ भनेको यही हो । ‘चिनियाँ मोडेल र रुसी मोडेलको समिश्रण’ भनेको पनि यही हो । र, यसलाई चीन र रुसको ‘क्वाँटी मोडेल’ भने पनि हुन्छ ।
के अब माओवादीले गाउँमा जनसेना, जनसत्ता र जनसरकार ब्युँताउला त ? यो कुराचाहिँ सम्भवतः सरकारले लिने नीतिमा बढी भर पर्ने छ । कार्यकर्तालाई ०५१ सालतिर गिरिजा सरकारले रोल्ापा-रुकुममा मुद्दा लगाएजसरी मुद्दा लाग्दै गयो र उनीहरु जेल पर्ने स्थिति उत्पन्न्न भई भूमिगत हुन बाध्य हुनुपर्यो भने निश्चय नै उनीहरुले हतियार उठाउने देखिन्छ । अन्यथा उनीहरु राज्यलाई छलेर फौजी तालिम-सालिम गर्ने तर, शहरमा शान्तिपूर्ण आन्दोलन गर्नेतिरै बढी लाग्नेछन् । नयाँ कार्यदिशा अनुसार उनीहरु भूमिगत भएर जंगल जानेछैनन्, बरु चुनावमा र सरकारमा पनि भाग लिनतर्फ लाग्नेछन् । उनीहरु खुल्ला र बैधानिक काममै लाग्नेछन् तर, भित्रभित्रै आफूलाई देश कब्जा गर्ने शक्ति सञ्चयतर्फ लाग्ने छन् । महाधिवेशनले पारित गरेको ‘जनयुद्धको जगमा जनविद्रोह’ भन्ने लाइनको निहितार्थ यही हो ।
लेनिनको परिस्थिति र नेपाल
महाधिवेशनमा वैद्यले लेनिनले भनेको वस्तुगत परिस्थिति नेपालमा तयार छ भनेका छन् । लेनिनले क्रान्तिका लागि ३ वटा परिस्थिति तयार हुनुपर्छ भनेका थिए । पहिलो, शासकहरु यथास्थितिमा टिक्ने नसक्ने गरी संकटमा फसेको अवस्था, दोस्रो यही परिस्थिति रहिरहे जनतामा बाँच्नै नसकिने चरम संकट र शासकप्रति चरम वितृष्णा । र, तेस्रो, यी दुबै परिस्थितिलाई काबुमा लिन सक्ने क्षमताको विद्रोही शक्तिको विकास । वैद्यको दाबी के हो भने नेपालमा अघिल्ला दुई अवस्था सिर्जना भएका छन्, तेस्रो आत्मगत परिस्थितिचाँहि बनाउन बाँकी छ, तर चाँडै त्यो पनि बनाउन सकिन्छ ।
अब मुलुकको जिम्मा कसले लिने ?
महाधिवेशनको उद्घाटनमै वैद्यले भनेका थिए- ‘अब देशको जिम्मा हामी लिन्छौं ।’ तर, आत्मगत स्थिति नबनी वैद्यले देश जिम्मा लिन सक्ने अवस्था छैन । मुलुकको संकट यस्तै रहिरहे देश कसै न कसैले जिम्मा लिन अवस्था नलाउला भन्न सक्ने अवस्था छैन । तर, कसले ? लोकतन्त्रवादीले, माओवादीले, राष्ट्रपतिले, राजावादीले, सेनाले वा विदेशीले ? मुलुक भयंकर जटिलतातर्फ उन्मुख हुँदै गइरहेको छ । के वैद्यले खुल्ला मञ्चबाट घोषणा गरेजस्तै सिंगो मुलुकको जिम्मा लिन सक्लान् ? समयले विश्लेषण गर्दै जाला ।
Baidhya ba ? Tapai baburam,prachanda sanga ekta garera hidnus ani matra tapaiko jana bidroha ko line safal hun6.natra asamvab.
Like or Dislike:
31
17
[जवाफ फर्काउनुहोस्]
arun Reply: January 14th, 2013 at 3:00 pm
phataha sanga milera phataha lai thik lagaune kaam badhi jojhim hun6 ni ?
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Prachanda - Reply: January 14th, 2013 at 4:23 pm
Yo Baburam ko jhole Bhim KAti NAhudo Matra kura garchha?????????????????????????????????????????
Like or Dislike:
4
6
[जवाफ फर्काउनुहोस्]
good. kranti hunipar6.
Like or Dislike:
11
5
[जवाफ फर्काउनुहोस्]
rajendra Reply: January 15th, 2013 at 1:46 pm
ma ek gair communist vayepani prachandababuram & company bhanda baidhya ji nai khatti rastrabadi communist ho jasto lag6 kianaki prachandbaburam&company ko najik hunuhune sathi haru tapaika dui hasti neta harule “rajnaitik satta ko janma banduk ko nal bata hun6 bhanera tapailai janayudhama marna pathayeka hainan? ani aaja dekhnu vako 6 ki 6aina nepal ko chabi nepal bahira antai 6 vanera baburam ji le vanko aba pani tyahi bato ma hdne ho? tyahi chabi use garera baburam ahile sattama vitti vako malai ta laa lagyo tapai ke vannu hun6?
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
nepalisamajko mansapatalle paribartanko awasyakta bujheko 6 yaslai bujhe partile thulo balio hun6 bhanne lag6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
baidh le pm napaaera hola
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
good
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]