क्वोटा बिस्फोटपछि बलूचिस्तानका मुख्यमन्त्री बर्खास्त :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

क्वोटा बिस्फोटपछि बलूचिस्तानका मुख्यमन्त्री बर्खास्त

१ माघ, काठमाण्डौं । एकसय भन्दाबढीको मृत्यु हुने गरी श्रृखलावद्ध विस्फोट भएपछि पाकिस्तानी सरकारले बलूचिस्तान प्रान्तका मुख्य मन्त्रीलाई बर्खास्त गरेको छ ।

प्रधानमन्त्री राजा परवेज अशरफले शिया मुसलमान नेताहरुसँगको छलफलपछि मुख्यमन्त्रीलाई हटाएको घोषणा गर्नु भएको हो । क्वोटा बिस्फोटपछि शिया समुदाय सडकमा उत्रिएको थियो भने मारिएकाहरुको शवको अन्त्यष्टि गर्न अस्वीकार गरेका थिए ।

पाकिस्तानमा अल्पसंख्यक शिया समुदायको सुरक्षाको चुनौती बढेको छ । पाकिस्तानमा बाहुल्य रहेको सुन्नी मुसलमान जनसंख्याको २० प्रतिशत शुन्नी समुदाय रहेका छन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु