हङकङमा एक नेपालीको ज्यान गयो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

हङकङमा एक नेपालीको ज्यान गयो

१ माघ, हङकङ । हङकङमा एक नेपालीको ज्यान गएको छ । म्याग्दी रत्नेचोर घर भई हाल हङकङमा बसोबास गर्दै आएका ३५ वर्षीय लोकेश बोगटीको आइतवार विहान निधन भएको हो । बेलुकी खाना खाएर सुतेका बोगटी विहान मृत अवस्थामा फेला परेको बोगटीका सहकर्मी प्रमोद गिरीले बताउनुभयो । बोगटी मोना हङकङका सचिव समेत थिए ।

मृत्युको कारण पहिचान नभएपनि सुत्ने बेलामा घाँटी खसखस भएको भन्दै औषधी सेवन गरेको पारिवारीक स्रोतले बताएको छ।बोगटीकी एक श्रीमती हुनुहुन्छ । परिवारका कान्छा छोरा बोगटीका दाजु मलेसियामा हुनुहुन्छ । मृतक बोगटी आफ्ना स्वर्गीय बुवा ओमबहादुर बोगटीको सम्झनामा पहिलो गीति सङ्ग्रह बजारमा ल्याउने तयारीमा थिए । बोगटीको अन्तिम संस्कार म्याग्दैमै गरिने पारिवारिक स्रोतले जनाएको छ ।

बोगटीको शब शुक्रवार नेपाललाई ल्याइने मृतकका दाजु दिपक बोगटीले जानकारी दिनुभयो । यसैवीच मोना हङकङले एक शोक विज्ञप्ति जारी गरी म्याग्दीले एक सक्रिय समाजसेवी युवा गुमाएको वताएको छ । बोगटीको निधनवाट मोना हङकङ स्तब्ध भएको र शोक सन्तब्ध परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

3 Comments on “हङकङमा एक नेपालीको ज्यान गयो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु