साउदीकरणले दिएको एउटा निकास :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

साउदीकरणले दिएको एउटा निकास

धरम के.सी.

दमाम । हालैका दिनमा साउदी अरबमा साउदीकरण (निताकत)को नकारात्मक असर र प्रभाव नेपाली कामदारहरूमा पनि बढ्दो छ । रेडमा परेको रियादस्थित साउदी फ्युल कम्पनीका कामदारहरू रूंदै कराउंदै रिसाउँदै बल्ल बल्ल नेपाल पुगेर म्यानपावरको अफिस तोडफोड समेत गरेको खबर सेलाउन नपाउंदै दमामस्थित AARTCO कम्पनीमा पनि त्यस्तै स्थिती देखिएको छ । AARTCO ले नेपाली दूतावासलाई दिएको बचन पूरा भएन ।  कामदारहरू चरम निरासाको अनुभूतिमा ८-९ महिनाकै तलब छोडेर आंफैले ऋण सापटी गरी टिकट काटेर स्वदेश फर्किन बाद्य बनेका छन, त्यसो नगर्दा उनिहरूको बैधता नै सकिने र झनै ठूलो समस्यामा पर्ने जोखिम थियो, छ कतिका लागि ।

 एनआरएनए साउदी अरबले यस समस्याको उजागर गरिदिएको हो, समाधानका लागि जिम्मेवार निकायमा पठाएको हो । एउटा स्वयमसेवी सामाजिक संस्थाले साउदी अरब जस्तो मुलुकमा यो भन्दा बढी गर्न सक्दैन, कसैले अपेक्षा राख्नुपनि हुंदैन । यस कम्पनीका अधिकांश कामदारहरू पठाउने म्यानपावर कम्पनीका स्थानिय नेपाली एजेन्ट दमाममै छन तर उनीहरू आफ्नो कुनै पनि दायित्व, जिम्मेवारी, भूमिका नरहेको, हुननसक्ने भनी तरक्क तर्किएका छन । हाल दूतावासका एकजना तलबी कर्मचारी पनि दमाममै हुनुहुन्छ । यी पीडित कामदारहरूलाई उनीहरूको पक्षमा सकारात्मक निकास (नतिजा) दिने जिम्मेवारी, अधिकार र कर्तब्य दूतावासकै हुनआउंछ । साउदी फ्युलको केशमा दूतावास रियादका गभर्नरसम्म पुगेको हो – समस्या समाधानका लागि ।

 यसैबिच साउदीकरण भित्रै पनि एउटा निकास देखिएको छ । निताकत (साउदीकरण) कार्यक्रम अन्तरगत नै हाल एउटा वेभसाइट सञ्चालनमा छः  redyellow.com.sa यो वेभ साइटको नामले नै भन्छ कि यो रेड र एल्लो कम्पनीका पीडित कामदारहरूका लागि नै हो । यसमा बैकल्पिक रोजगार खोज्न सक्छन रेडएल्लोका पीडित कामदारहरूले । यो वेभसाइटभित्र आफ्नो बायोडाटा, इमेल आइडी र मोबाइल नम्बर सहित दर्ता गरेपछि वेभ साइट भित्रको जब मार्केटमा पहुंच पुग्दछ र नयां (बैकल्पिक) काम खोज्न र पाउन पनि सकिन्छ । प्रबिधी, पहुंच, योग्यता र सुविधाका दृष्टीले यो अधिकांश नेपाली कामदारहरूका लागि त्यति उपयोगी नहुनसक्छ तर पनि सक्नेजतिका लागि यो एउटा राम्रै निकास पनि हुनसक्दछ । निताकतले रेडएल्लोका कुनै पनि कामदारहरू ग्रीन र ब्लु कम्पनीहरूमा सजिलै ट्रान्सफर हुनसक्ने ब्यवस्था (नियम) बनाइदिएको छ । योग्यता, शीप र अनुभव हुने कामदारहरूका लागि राम्रो तलब सुविधा उपलब्ध हुन्छन ।

उदाहरणका लागि एउटा मेशनको तलब १,८०० साउदी रियाल देखियो । कम्प्युटरको ज्ञान र पहुंच नहुने नेपाली दाजुभाइहरूले जान्नेको सहयोग (मदत) लिनसक्नुहुनेछ । दर्ता भैसकेपछि एसएमएसबाट पनि जब अफरहरू आउंछन र यो एसएमएस सेवाका लागि प्रतिहप्ता ५ रियाल शुल्क पनि काट्ने गर्दछ सेवा प्रदायकले ।

One Comment on “साउदीकरणले दिएको एउटा निकास”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु