पाकिस्तानी प्रधानमन्त्रीलाई गिरफ्तार गर्न आदेश :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

पाकिस्तानी प्रधानमन्त्रीलाई गिरफ्तार गर्न आदेश

२ माघ, काठमाण्डौ । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री राजा परवेज अशरफलाई गिरफ्तार गर्न आदेश दिएको छ ।  उर्जामन्त्री रहँदा भ्रष्टाचार गरेको आरोपमा पाकिस्तानी अदालतले अशरफसहित अन्य १६ जनालार्इ गिरफ्तार गर्न यस्तो आदेश दिएको हो ।

सन् २०११ को फेब्रुअरीमा भ्रष्टाचारको आरोप लागेपछि उर्जामन्त्रीवाट राजीनामा दिएका अशरफ केही समयपछि नै सूचना र विज्ञान मन्त्री बनेका थिए ।

प्रधानमन्त्री अशरफ उर्जामन्त्री भएका बेलाको घटनालार्इ लिएर यस्तो आदेश सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीले राजीनामा दिएको तीन दिनपछि अशरफ नयाँ प्रधानमन्त्री चुनिएका थिए ।

अदालतको आदेशमा त्यहाँको सेनाले पनि समर्थन जनाएका छन् । प्रधानमन्त्रीको राजीनामाको माग गर्दै इस्लामावादमा हजारौको संख्यामा उपस्थित विपक्षीहरुले  प्रदर्शन गरिरहेका छन् ।

19 Comments on “पाकिस्तानी प्रधानमन्त्रीलाई गिरफ्तार गर्न आदेश”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु