एप्पल कम्पनीले पछिल्लो स्मार्टफोन आइफोन ५ को माग ह्वात्तै घटेको छ । आइफोनको माग घटेसँगै एप्पलले आइफोनमा प्रयोग हुने एलसिडी प्यानल उत्पादक विदेशी कम्पनीहरुलाई दिने अर्डर पनि झण्डै आधाले घटाएको छ ।
आइफोनका लागि एलसीडी डिस्प्ले उत्पादन गरी निर्यात गर्दै आएका जापानी कम्पनी जापान डिस्प्ले, सार्प तथा दक्षिण कोरियाली कम्पनी एल जी डिस्प्लेलाई एप्पल कम्पनीले यसअघिको अर्डर बमोजिम प्यानलको उत्पादन नगर्न र उत्पादनमा कटौती गर्न आग्रह गरेको छ । पछिल्लो त्रैमासिकमा साढे ६ करोड एलसीडी प्यानल बनाउन विदेशी कम्पनीलाई एप्ललले अर्डर दिएको थियो ।
एप्पलको आग्रहपछि जापानी कम्पनी जापान डिस्प्लेले एलसीडी प्यानलको उत्पादन ७० देखि ८० प्रतिशत सम्मले घटाउने तयारी गरेको छ । यस्तै सार्प कम्पनीले समेत डिसेम्बर र अक्टोबरमा भन्दा जनवरी र फेब्रुअरीमा एलसीडी प्यानलको उत्पादनमा ४० प्रतिशतले कटौती गर्दैछ ।
यद्यपि एप्पलले भने आइफोन ५ को मागमा कमी आएको र सोही कारण आइफोनका पार्टस् बनाउने कम्पनीलाई उत्पादन कटौतीलाई लागि आग्रह गरिएको भन्ने कुरा आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।
daami news haru paincha yo website bata..thanks alot to all
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Sabin Reply: January 15th, 2013 at 11:14 pm
i take this as a sarcasm
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
price ghataunu paryo ni ta ati mahango bhaye pachi ke ko kinnu ta?
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
samsung galaxy le bazzar liye pachhi i-phone ko halat kharab vayeko ho.
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
no google maps no youtube no bluetooth…iphone5 ko drawbacks ta kati ho kati abi ghatdainata maag??
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
samsung galaxy ko tulana ma yesma k yesto feature cha ra jun manche haru dherai paisa kharcha garera yo iphone kincha.bujhne le ta samsung athawa aru kunai ramro company ko android bhayeko phone nai kincha jun yo bhanda dherai nai sansto huncha.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]