राष्ट्रपतिको ‘ब्याक गियर’ले विपक्षीलाई आन्दोलनमा हुत्यायो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

राष्ट्रपतिको ‘ब्याक गियर’ले विपक्षीलाई आन्दोलनमा हुत्यायो

सुशीलका कारण आन्दोलनमा ९ दलमात्रै

समाचार टिप्पणी । सरकार गठनका लागि गत मंसिर ८ देखि म्याद तोक्दै आएका राष्ट्रपति डा. रामवरण यादवले मंगलबार म्यादै नतोकी ‘यथाशिघ्र सहमति गर्न’ आग्रह गर्दै ‘ब्याक गियर’ लगाएकै दिन शीतलनिवासको आशमा आन्दोलन स्थगन गरेर बसेका विपक्षी दलहरु फेरि आन्दोलनतर्फ हुत्तिएका छन् । गाडीमा ‘ब्रेक’ लागेपछि त्यसमा बसेका यात्रुहरु अगाडि हुत्तिनु अस्वाभाविक होइन ।

मंगलबार बिहान शीतलनिवासको सर्वदलीय बैठकमै राष्ट्रपतिले आफू पछि हट्ने सन्देश दलहरुलाई दिइसक्नुभएको थियो । शीतलनिवासमा बैठक सकिएलगत्तै एमाले कार्यालय बल्खुमा बसेको विपक्षी ९ दलको बैठकले माघ ६ देखि २६ सम्म आन्दोलनका कार्यक्रम घोषणा गर्‍यो । प्रधानमन्त्रीलाई राष्ट्रपतिले हटाउनुपर्छ भन्ने आग्रह गर्दै आएका विपक्षी दलहरु शीतलनिवासको पछि हटाइबाट सन्तुष्ट हुने ठाउँ रहेन ।

सुशीलका कारण आन्दोलनमा ९ दलमात्रै

आन्दोलनरत् विपक्षी दलहरुले राष्ट्रपतिले बैठकमा छानेका १९ मध्ये १३ दललाई आन्दोलनमा तान्ने भगिरथ प्रयत्न गरेका थिए । तीन दिनअघि नयाँबानेश्वरमा आयोजित बैठकमा विपक्षीहरुले उपेन्द्र यादव, शरतसिंह भण्डारी र नारायणमान बिजुक्छे नेतृत्वका तीनवटा पार्टीलाई पनि सहभागी गराएर १२ दल पुर्‍याएका थिए । त्यसैगरी आन्दोलनमा मोहन वैद्यको नेकपा-माओवादीलाई समेत ल्याउने प्रयास गरेका थिए ।

तर, आन्दोलनमा १३ दल बनाउने विपक्षीले लक्ष लिएको भए पनि मंगलबार आन्दोलन घोषणा गर्दा भण्डारी, यादव र बिजुक्छे सहभागी भएनन् । संयुक्त आन्दोलनमा वैद्यपक्षीय माओवादी सहभागी नहुने भएपछि विपक्षी गठबन्धन ९ दलमा सीमित भएको हो ।

स्रोतका अनुसार उपेन्द्र यादव, शरतसिंह भण्डारी र नारायणमान विजुक्छे पनि सरकारको विरोधमै भए पनि सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने नारामा यी दलहरु सहमत नभएपछि संयुक्त गठबन्धन बन्न नसकेको हो । माधव नेपाल नेपाल लगायतका केही नेताले सुशील कोइरालाको विकल्प खोज्ने प्रयास गरे पनि केपी ओली पक्षधरहरु यसमा सहमत नभएपछि १२ दलको साटो ९ दलीय गठबन्धन बनेको हो ।

आन्दोलन घोषणा गरेका नौ दलमा कांग्रेस, एमाले र राष्ट्रिय जनमोर्चा बाहेक अन्यको खासै जनाधार छैन । अन्य दलमा नेकपा माले, नेकपा संयुक्त, नेपाल सद्भावना पार्टी -आनन्दीदेवी), चुरेभावर, राप्रपा र सूर्यहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टी छन् ।

शीतलनिवास किन पछि हट्यो ?

सरकार गठनको पहलकदमी आफ्नो हातमा लिएर विवादमा तानिएका राष्ट्रपति अन्ततः छिटो सहमति गर भन्ने वक्तव्य निकालेर पछाडि फर्किनुले गत मंसिर ८ मा देखिएको शीतलनिवास र सिंहदरबारवीचको द्वन्द्वका राष्ट्रपतिले हारेको र प्रधानमन्त्रीले जितेको जस्तो देखिएको छ ।

विगतमा सेनापति कट्वाल प्रकरणमा जसरी राष्ट्रपतिले एक्सन लिएको रात ने भारतले शीतल निवासलाई समर्थन गरेन । यसवीचमा नेपाल आएका करन सिंहदेखि भारतमै राष्ट्रपतिले भेट गरेका प्रधानमन्त्री मनमोहन सिंहसम्मले ‘अघि बढ रामवरण साथ दिन तयार छौं’ भन्नुको साटो प्रधानमनत्री र राष्ट्रपतिमध्ये कसैलाई ‘लाइक’ वा कसैलाई ‘डिसलाइक’ नगर्ने बताएर राष्ट्रपतिको कदममा चिसो पानी खन्याउनेबाहेक अर्थाेक कुनै मद्दत गरेनन् ।

भारतको आड नभए पनि स्वदेशकै सेनाले कट्वालले जसरी शीतल निवासलाई आँखा चिम्लेर नेपाली सेनाले समर्थन गरेन । छत्रमानसिंह गुरुङका पालादेखि विवादरहित भूमिकामा रहेको नेपाली सेनाको व्यवसायिक परम्परालाई वर्तमान सेनापति गौरबसमशेरले पनि अहिलेसम्म धानेका कारण राष्ट्रपतिलाई थप कदम चाल्न कतैबाट उपाय लागेन र शीतलनिवास मंगलबारदेखि सम्मानजनक ढंगबाट संवैधानिक राष्ट्रपतिको खोपीमा फिर्ता भयो ।

चुनाव टार्ने मेलो

बाह्रबुँदे सम्झौता र गणतन्त्र विरोधीहरुको प्रभावमा तानिँदै गएको कांग्रेस एमालेको नेतृत्वले बाबुराम सरकारलाई ढाल्ने सजिलो उपाय छाडेर सरकारको आयु लम्याउने र आगामी बैसाखको चुनाव टार्ने बाटो रोजेको छ । सुसील कोइरालाको विकल्प खोजेर स्वतन्त्र व्यक्ति वा अन्य दलको नेतालाई सरकारको नेतृत्व दिने कुरामा सहमति गरेको भए बाबुराम सरकारको बहिर्गमन तत्कालै सम्भव थियो । तर, सुसील कोइरालाको विकल्प खोज्न भन्दा विपक्षी दलहरुले आन्दोलनमा जान उपयुक्त ठानेपछि अब बाबुराम सरकारको आयु लम्बिनुका साथै आगामी बैसाख-जेठमा चुनाव हुने सम्भावना पछाडि धकेलिएको छ ।

सत्तारुढले पनि ‘जनपरिचालन’ गर्ने

राष्ट्रपति पछि हटेको र विपक्षी दलहरुले आन्दोलनमा जाने निर्णय गरेकै दिन बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकले पनि जनपरिचालन गर्ने निर्णय गरेको छ । शुक्रबारको बैठकबाट कार्यक्रम तय गरिने सत्तारुढ दलले जनाएका छन् । सत्तारुढ दलहरुले संविधानसभा पुनस्थापनाको नयाँ पासा समेत फालेका छन् । तर, राष्ट्रपतिले सहमति नभई कुनै अध्यादेश स्वीकृत गर्दिँन भनेका कारण सरकारको पहल कदमीबाट संविधानसभा पुनःस्थापना पनि सहज छैन ।

32 Comments on “राष्ट्रपतिको ‘ब्याक गियर’ले विपक्षीलाई आन्दोलनमा हुत्यायो”
  • kangress wrote on 15 January, 2013, 12:02

    ल हेर्नुस बाबुराम भट्टराई चेपुवा मा परेको / आज नै बैध्य मावबादिले अधिबेसन सके र जनविद्रोह को राजनीदस्तावेज पारित गर्दै सान्ति भंग गरे अर्को तिर कांग्रेस यमाले सत्ता को निम्ति आन्दोलन घोसना अजै गरे संबिधान नाबनौना को लागि किनकि यदि कांग्रेसले सत्ता पायको खण्डमा संबिधान सभा को निर्बाचन हुदैन संसद को निर्बाचन गराउछ यो बहस धेरै पहिले (लिक ) थाहा भैसकेको हो र भासन पनि गर्दै हिडेको हो यमाले कांग्रेस को नेताले तेसैले बाबुराम भट्टराई को सान्ति र संबिधान अलपत्र पर्ने इस्थितिमा छ ————नेपालीलाई सान्ति र संबिधान नै चाहिय को हो

    Like or Dislike: Thumb up 20 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

    KAJI Reply:

    ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ भनेको यहि हो । भट्टराईका दिन बिग्रिएर कुबेलामा भारतको बुई चढेर प्रधानमन्त्री भएका । ईज्जत जति सकियो । सत्ता, भालुको खप्पर भयो नत समातेर बस्ने नत छाड्न सकिने ।
    सम्मानजनक बहिर्गमनको बाटो रोक्ने कोशिस हुदैछ । सु गर्न नजानेपछि सोहर्नु पर्छ भनेको यहि हो ।

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • suman wrote on 15 January, 2013, 12:11

    ल हेर्नुस बाबुराम भट्टराई चेपुवा मा परेको / आज नै बैध्य मावबादिले अधिबेसन सके र जनविद्रोह को राजनीदस्तावेज पारित गर्दै सान्ति भंग गरे अर्को तिर कांग्रेस यमाले सत्ता को निम्ति आन्दोलन घोसना अजै गरे संबिधान नाबनौना को लागि किनकि यदि कांग्रेसले सत्ता पायको खण्डमा संबिधान सभा को निर्बाचन हुदैन संसद को निर्बाचन गराउछ यो बहस धेरै पहिले (लिक ) थाहा भैसकेको हो र भासन पनि गर्दै हिडेको हो यमाले कांग्रेस को नेताले तेसैले बाबुराम भट्टराई को सान्ति र संबिधान अलपत्र पर्ने इस्थितिमा छ ————नेपालीलाई सान्ति र संबिधान नै चाहिय को हो

    Like or Dislike: Thumb up 15 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • samar wrote on 15 January, 2013, 14:55

    पहिले काग्रेशलाइ प्रधानमन्त्रीको उमेद्वार घोषणा गर भन्ने पछि स्वतन्त्र चाहियो भन्ने , अनि माओबादिलाई चाही कसरि विस्वाश गर्ने नि , यो समाचार विस्लेषण मलाइ चाही मनपरेन

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 19 Thumb down 52

    [जवाफ फर्काउनुहोस्]

    nepali Reply:

    kaangreslai pradhanmantriko umedbar dhosana gar vaneko ta chhalfal ko lagi ho..maobadi pradhan mantri banaune udhog ho r susil lai bhanne bitikai pardhan mantri banaunalai…?? chhalfalko lagi udhaeko thiyo chhalfal gardai jada kura milen..ani pradhanmantri khana khojne le chunabko gyarenti dina saknu parthyo,ahile samma vayaka upalabdhi khera jadain vanne gyarenti garna saknu parthyo khai ta gareko??

    Like or Dislike: Thumb up 7 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    rabilal Reply:

    samar jiu tapai ko kuro malai man parena

    Like or Dislike: Thumb up 7 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • जङ्गे रमेश wrote on 15 January, 2013, 15:09

    सर्वसत्ता(बाद) = सर्व + सत्ता
    अर्थात्, सबैतिर सत्ता
    अर्थात्, शासन जङ्गल र सडकको सत्ता एकैसाथ
    अर्थात्, वर्तमान सरकारको सत्ता ।
    ढाल यो सर्वसत्तावादी सरकारलाई र मुक्त पार । चुँडाल जन्निरहरु र तानाशाहका बन्धनहरु ।

    Like or Dislike: Thumb up 6 Thumb down 32

    [जवाफ फर्काउनुहोस्]

  • nepalimaanche wrote on 15 January, 2013, 15:32

    संबैधानिक राष्ट्पति भएर धेरै चुमचुम गर्नु राम्रो होइन है यादव बाजे भनेर भन्दा भन्दा बल्ल बुद्धि आएछ। लू अब फटाफट् रोकेका जति अध्यादेश पास गरेर बाबुरामलाई सघाउ। नेपाली जनताको बल्ल इज्जत पाउछौ।

    Well-loved. Like or Dislike: Thumb up 54 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane,arughat wrote on 15 January, 2013, 15:36

    Adi Rastrapati nepali jantako ho vane sabai adhyades haru swiekrit garera sarkar lai kam garna dinu par6. Natra janta le badalaa line din au6.

    Like or Dislike: Thumb up 18 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • pitar shrestha wrote on 15 January, 2013, 15:56

    यो काङ्रेस एमाले ले जतिसुकै आन्दोलन गाह्रोस सरकारलाई केही लछार्पातो लगाउन सक्दैनन। तहरुको सबै कुरा प्रस्त भोइसक्यो। तहरुको उद्देस्य केबल सत्तामा पुग्ने मात्र हो, राजनीति गर्नेले त राष्ट्रको हित पहिले हेरेर अनी मात्र दललाई हेर्नुपर्ने हो।
    हैन यो कङ्रेस एमाले हरुको पारा चै k हो क्या? नचाहिदो अदान राखेर मेरो गोरुको १२ तका भनेजस्तो गर्ने हो? खाली कुर्सिमा मात्र दृष्‍टि लगाउने? k प्रधानमन्त्रिको कुर्सी वा सता त कङ्रेस एमालेहरुको बाउको सम्पत्ति हो र? एदी तहरुलाई देशको साच्चिकै चिन्ता भएको भये त प्रधानमन्त्रिलाई वा सरकारलाई रचानात्मक रुपले सहयोग गर्थिस होला नि, ‘ वास्तवमा बाबुराम काम गर्न सक्ने अनी केही गर्छु भन्ने भाबना भएको सछेम ब्यक्ती हुनुहुन्छ। कङ्रेस एमाले जस्ता खुट्टा तान्ने अनी आफु पनि नगरने र अरुलाई पनि गर्न नदिने बाँदर प्रबिक्ती भएको स्वार्थी दल का बेइमान नेताको कारणले नै बाबुरामले सोचेजस्तो काम गर्न नसकेको हो ।’
    तसर्थ,म सम्पूर्ण नेपाली नागरिकलाई अनुरोध गर्न चाहन्छु कि तपाईंहरु कोइ पनि यि बेइमान नेताको पछाडि लागेर आन्दोलनमा नहिंड्नुस्, किनकी जस्ले आन्दोलन गरे पनि आखिर देसले केही राम्रो पाउने हैन, उल्तो दु:ख पाउने त तपाईंहामी जस्ता सोझासझा नागरिकले नै त हो नि। अनी फेरी देस त झन खादलमा फस्छ नि। ((मनपरे like गर्नुस् चित्त नबुझे dislike गर्नुस्, तपाईंको b4 । तर सच्चा देसभक्तलाई एस्तो कुर पक्का मनपर्छ। ))

    Well-loved. Like or Dislike: Thumb up 65 Thumb down 16

    [जवाफ फर्काउनुहोस्]

    ishor Reply:

    Shresta ji ko bhani bastabma 100% shahi ho aba sabai jantale shacha imandaari netalai chinu parcha ani matra desko bhalo huncha.Euta shacha imandari desbhakta neta bhaneko Baburam ji nai hunuhuncha uha ma vision cha desko maya cha janta parti maya cha tesaile Gaau gaau ma gayera jantako dhuka marka bhujhishincha uha jasto desbhakti bhayeko aru netama maile payina shathai uhama jaagar josh bahaduri pani cha tesaile uhako palama katra katra bhrastachari mai hu bhannelai pani thik parnu bhayeko cha yo ta ispastai charlangai dhekhinca hey jantaharu aakha kholnu hos ra bhujne prayas garnuhos yehi sunaulo mauka ho hamile jati tariph gare pani uhako tariph garera shadhe chaina tesaile garda hamra maha nayak jasto sharoj khanal ji le pani uhako tariph garnu bhaiyo. tesaile hami sab janta ek bhayera Baburam ji lai kaam garne euta sunaulo bato nirmaan garau.He is shepherd , we are sheep bhanne bhawana liyera agi badhau yehi ho sabaiko kalyan. Bhagwanle hami sabailai rakcha saat budi diun, God bless nepal and nepali all people.

    Like or Dislike: Thumb up 10 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    basu kc Reply:

    shrestha bhai, tapai chai mayosit ho k ke ta???

    Like or Dislike: Thumb up 1 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

    Bikash suwal Reply:

    यदि राम्रो कुरा र विचार राखेकै भरमा तपाइले अरुलाई माओबादी भनुहुञ्छ भने त्यो स्वीकार्न म पनि तयार छु.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • eejan wrote on 15 January, 2013, 16:43

    Kam ta keipani garne haina nepali aama ka
    xora haru Feri neta haru ko murga bandaixa .
    Tesaile khabardar nepali xora ho neta bahek
    Yo aandolan ma dubai pakxe bata nara baji
    nagarou ta? K ra kasari neta le garxa aandolan
    Tai 30/40jana neta matra hune ho venw ani
    Thaha pauxa k garnu pardo rahexa vanera
    Sale neta haru nepali ko xora lai ladaidai maja
    Line chor haru khabardar koipani najau aandolanma .

    Like or Dislike: Thumb up 12 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    kumar Reply:

    Congresh ko agenda chaina maobadiko cha vhane pasi maobadi lai sahayog garnai paro ni des bikas ko lagi congresh ta lutera matra khane vhancha ani kasri huncha ta

    Like or Dislike: Thumb up 9 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • ichiro wrote on 16 January, 2013, 3:06

    Congress ra UML ko bahun haru ko andolan vanda farak pardaina. hahahahahah

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Tina wrote on 16 January, 2013, 4:30

    माओबादी भित्र यो बाबुराम चाई अलिक बुद्धि भएको नेता होकी जस्तो लग्थियो यो त झनै सडेको रहेछ/ एसको भएको अलि अलि पपुलारिटी पनि स्वाहा भयो र यो प्रमाणित भयोकि माओबादी पार्टी गुन्डा, हत्यारा, लुटाहा, डाकाहरुको समूह हो/ यो पार्टी मा राम्रा, औलामा गन्ने मान्छे कोहि पनि छैनन्/ यिनीहरुको पतन नहुन्जेल नेपालमा कहिलै पनि सान्ति हुदैन/ यिनीहरुले भारतको अनुकुल काम गर्ने भनेर sign गरिसकेका छन् र यो अहिलेको दण्डहीनताको अवस्था पनि येसैको परिणाम हो/ यो कुनै नेपाली पार्टी नै होइन तेसैले सम्पूर्ण नेपालीहरु मिलेर अब यिनीहरुलाई लखेत्नै पर्छ/

    Like or Dislike: Thumb up 9 Thumb down 18

    [जवाफ फर्काउनुहोस्]

    Suman Reply:

    2047 ko sambhidhan pa6i congress le nai ta dherai barsha samma sasan gareko kura ta tina ji lai thahai hola. hoina vane history padhnu hos ani aafai mulyankan garnu hos. ti barsha haru ma congress le gareka bikas nirman ani corruption. congress vaneko chorera khane party ho.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • purna lama wrote on 16 January, 2013, 4:49

    संबैधानिक राष्ट्पति भएर धेरै चुमचुम basnu राम्रो होइन है यादव बाजे भनेर भन्दा भन्दा बल्ल बुद्धि आएछ। लू अब फटाफट् रोकेका जति अध्यादेश पास गरेर बाबुरामलाई सघाउ। नेपाली जनताको बल्ल इज्जत पाउछौ।

    Like or Dislike: Thumb up 11 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • devendra wrote on 16 January, 2013, 6:04

    अब बाबुराम कि पत्नी हिसिलाले झन अकुत सम्पत्ति कमाउने मौका पाउने भई।

    Like or Dislike: Thumb up 6 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • devendra wrote on 16 January, 2013, 6:07

    जब सम्म भारत ले चाहन्छ तब सम्म बाबुराम र मधेसी हरुले देसलाई लुटिरहन्छन चुसिरहन्छन।

    Like or Dislike: Thumb up 8 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • नविन पुन wrote on 17 January, 2013, 1:15

    ईईईईईईई खा काङ्गेस एमालेहरु र माओवादी बिरोधिहरु बल्ल सवात गजबको चाखे जस्तो छ कस्तो लाग्यो? बोल्न पाए भन्दैमा जे पनि बोल्ने? बुद्दी भ्रष्ट भएकाहरु??? अरु केही उपाय नलागेर डेकेन्द्रको मुद्दा उचालिरहेका छन कठैबरा बिचराराराराराराहरु आन्दोलन पनि हुदैन यिनिहरुको खै के गरि खालान

    Like or Dislike: Thumb up 12 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Aasdhaya wrote on 17 January, 2013, 5:43

    Yo aru kahi pani hoina bus baisak ma chunab tarne chal matra ho ra asko kahi had samma ko jimmaar Rambaran Yadav nai ho

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sundar wrote on 17 January, 2013, 5:51

    Jaba samma bharat la chayannna taba samma nepal ma kahi hudiana bharat la chayo bhane bharkhar huncha ra sabai neta bhanauda chor haru sabai manchan…

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • deepak wrote on 17 January, 2013, 7:42

    aba nepali lendup dorje ko hune ho ta ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Lok prakash wrote on 17 January, 2013, 9:46

    Janatalai aaphnai garikhana dhau dhau xa, Uml n nc haru vusya kukur jasto eklai bhuke vo ni sadakma,…..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • r sharma wrote on 18 January, 2013, 3:57

    sata ma basne aandho hun6 kin ki ushle bahirako kura sochnai paudaina ani bhan6 aaba jiban bhar kurchi mero tara bahira ko fact aarkai hun6 , satta -,anti+ yo nepali netural sattya ho. satta ma gayo ki giryo,party phutyo,aalochit bhayo. pheri aaja ko nepali janta ko leading kasaile pani ramro saga garna sakena yo sattya le bholi ko kaha puga6? time aau6 waite garnu par6.bislesak le aafno view bata bislesan garlan tara sattya kura janta royaka 6n, niras 6n, yesko mullya charko par6 nepali leader lai, ani ek patak pheri 3rd aandolan uthnu par6 ani nepal lai sahai leading garne leader janmanu par6 dhilo chado to hune wala 6 kina ki 10 year tesai bityo 50 year des back bhayo . aaja yo des ka neta 6i 6i 6i 6i 6i timi haru lai kahile laj laga6 aaba timi haru janta ka leader rahenau .banda gara timra sabai natak haru janta timi haru bhanda dherai aagadai 6n, nirankusta biruddha laddna janeka 6n……………………!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • susil wrote on 19 January, 2013, 5:06

    sala goru neta

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 28 January, 2013, 5:11

    We should suport to right party

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 28 January, 2013, 5:13

    Right

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 28 January, 2013, 5:15

    Thik

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 28 January, 2013, 5:18

    Ek dam sahi bhannu bho i with u

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु