बोस्टनमा पनि मनाइयो माघे संक्रान्ति :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बोस्टनमा पनि मनाइयो माघे संक्रान्ति

 बोस्टन । बोस्टन मगर समाजले माघे संक्रान्तिको उपलक्ष्यमा बोस्टनमा ‘शिक्षाका निम्ति रात्रिभोज कार्यक्रम’ को आयोजना गरी मनाएको छ । कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरुको स्वागत गर्दै संस्थाका अध्यक्ष चन्द्र पुनले कार्यक्रममा संकलन भएको रकमबाट सबै खर्च कटाई बोस्टन शहरमा निकट भविष्यमा बन्ने नेपाली संस्कृतिक केन्द्र (प्रस्तावित नाम “पशुपतिनाथ बौद्ध फाउन्डेशन’ )का निम्ति ५० प्रतिशत अनुदान सहयोग गर्ने र बाँकी रकम नेपालमा महिला शिक्षाका निम्ति अनुदान सहयोग स्वरूप पठाउने भन्ने निर्णय संस्थाले गरेको कुरा उल्लेख गर्नु भयो । कार्यक्रम बेल्मण्टस्थित थापा निवासमा भएको थियो ।

 सो कार्यक्रममा ‘स्लाइड’ प्रश्तुत गर्दै बोस्टन मगर समाजकी सल्लाहकार सरिना मगरले गत साल यसैगरी आयोजित कार्यक्रमबाट उठेको रकम एक लाख रुपैयाँ तनहुँ जिल्लाको दुर्गंम कोटा गाबिसमा महिला सहकारीतामा आधारित दीर्घकालीन आय आर्जन कार्यक्रमद्वारा महिला शिक्षा तथा क्षमता विकास कार्यक्रम संचालनका निम्ति कछार क्षेत्र सामुदायिक केन्द्रलाई समाजले अनुदान सहयोग गरिसकेको र उक्त गा. बि. स. जस्तो अत्यन्त दुर्गम स्थानमा सानै भए पनि त्यस प्रकारको सहयोग गर्न पाएकोमा आफुलाई हर्ष लागेको कुरा व्यक्त गर्नु भयो ।

 समाजका डाइरेक्टर सूर्य थापाले आफ्नो स्थापना कालदेखि नै बोस्टन मगर समाजले नेपालमा शिक्षा विकासका निम्ति आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको र भविष्यमा पनि यो क्रम जारी रहनेछ भन्नु भयो । उहाँले बोस्टनमा बन्ने नेपाली सांस्कृतिक केन्द्र भवनको निर्माणका निम्ति यसरी सहयोगको थालनी गर्न पाएकामा आफुलाई अत्यन्त हर्ष लागेको कुरा बताउनु भयो ।

 नेपाली सांस्कृतिक केन्द्र भवन निर्माण तदर्थ समितिका संयोजक विष्णुमणि आचार्यले बोस्टन मगर समाजको उदारमना सहयोगका निम्ति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा समाजका निम्ति कुनै पनि किसिमको सहयोग आफु पनि तयार रहेको कुरा उल्लेख गर्नु भयो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु