स्टक एफ ए कप फुटबलको चौथो चरणमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

स्टक एफ ए कप फुटबलको चौथो चरणमा

३ माघ, काठमाडौं । स्टक एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई ४–१ गोल अन्तरले पराजित गर्दै स्टकले म्यानचेष्टर सिटीसंगको भेट पक्का गरेको हो ।

स्टकको जितमा अतिरिक्त समयमा जोन वाल्टर्सले निर्णायक दुई गोल गरे भने जेरोमीले १ गोल थपे । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो ।

यस्तै सण्डरल्याण्डलाई २–० दे पराजित गर्दै बोल्टनले इर्भटनसंगको भेट पक्का गरेको छ । सेफवुडलाई २–० ले पराजित गरेको एमके डन र वेष्टह्यामलाई १–० ले पराजित गरेको क्यूपीआर चौथो चरणमा भिड्ने भएका छन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु