मञ्चमा नांगिने कलाकारलाई छातिमै टोकिन् युवतीले (फोटोफिचर सहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मञ्चमा नांगिने कलाकारलाई छातिमै टोकिन् युवतीले (फोटोफिचर सहित)

एक जना चिनिया कलाकारलाई हालै एक स्टेज कार्यक्रमका दौरान एक युवतीले सयौँ पटक टोकिन् भने उत्तिनै पटक ती कलाकारको नांगो छालामा चुम्बन गरिन् ।

झण्डै निर्वस्त्र भएर स्टेज कार्यक्रममा प्रस्तुत भएका ती कलाकारलाई ती युवतीले नांगो छाति, पेट र पाखुरामा सार्वजनिक रुपमै टोक्ने तथा चुम्बन गर्ने काम गरेकी हुन् ।

ग्वान्झाउमा भएको उक्त कार्यक्रमका बेला कलाकार कांग यी लगभग निर्वस्त्र भएरै मञ्चमा प्रस्तुत भएका थिए । कार्यक्रमका दौरान एक छात्राले ती कलाकारलाई झण्डै डेढ घण्टा सम्म कहिले टोक्ने त कहिले ओँठले चुम्बन गर्ने गरिन् । कार्यक्रमको अन्त्यमा ती कलाकारलाई पानी राखिएको भाँडोमा नांगै चोपलियो ।

विवादास्पद कला तथा प्रस्तुतीका लागि चर्चित कलाकार यी ले लुगाको नाममा सेतो बिकिनी जस्तै अन्डरवेयर मात्र लगाएका थिए । भने हातलाई डोरीले बाँधेर ताराको जस्तो आकृति पारेका थिए । उनले झण्डै आधा घण्टासम्म लाइभ प्रस्तुती प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम प्रत्यक्ष रुपमा हेर्न केही दर्जन मानिस हलमा उपस्थित थिए ।

8 Comments on “मञ्चमा नांगिने कलाकारलाई छातिमै टोकिन् युवतीले (फोटोफिचर सहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु