माओवादीमा विप्लब फितलो, गुरुङ चर्चित :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

माओवादीमा विप्लब फितलो, गुरुङ चर्चित

बादल पनि कमजोर, गजुरेलको चर्को आलोचना

काठमाडौ । नेकपा-माओवादीको पुस २५ देखि माघ २ सम्म चलेको महाधिवेशनमा सचिव नेत्रविक्रम चन्दलाई पछि पार्दै अर्का अर्का सचिव नेता देव गुरुङले चर्चा कमाएका छन् । पार्टीमा असाध्यै चर्चित र होनहार युवा पुस्ताका नेता मानिएका विप्लव महाधिवेशको हलमा भने निकै फिक्का देखिएका छन् । उपाध्यक्ष सीपी गजुरेलचाँहि सबैभन्दा बढ्ता आलोचना खेप्ने नेतामा परेका छन् । ‘बन्दशत्रभित्र विप्लव पूर्वअपेक्षा गरिएभन्दा कमजोर देखिए, तर सबै नेताले भन्दा बढी समर्थन चाहिँ देव गुरुङ्गले पाए । महासचिव बादललाई पनि यसपटक गुरुङ्गले उछिन्नुभयो ।’-महाधिवेशनमा सहभागी एक प्रतिनिधिको विश्लेषण छ ।

 पार्टी विभाजन नहुँदैको एकीकृत माओवादीभित्र पनि विप्लवको चर्चा अधीक थियो । प्रचण्ड, बाबुराम र किरणले समेत पत्याएका नेता हुन् विप्लव । जनमुक्ति सेनाभित्र त विप्लवलाई आदर्शको पात्र नै मान्ने गरिएको थियो । पार्टी विभाजनपछि वैद्यको नेतृत्वमा पुनर्गठित पार्टीमा विप्लवलाई वैद्यकै समानान्तरमा राखेर हेर्ने गरिएको थियो । उहाँलाई पार्टीको भावी नेताका रुपमा सबैले हेर्दै आएका थिए । वैद्यले क्रान्ति नगरे विप्लवले पार्टी हाँक्ने भेरैको अनुमान थियो । तर, माओवादीको सातौं महाधिवेशनमा विप्लवले आफूलाई त्यो सम्भावना भएको नेताका रुपमा प्रस्तुत गर्न नसक्दा यसको सोझो फाइदा गुरुङ्गले उठाए ।

विप्लब कमजोर देखिनुको कारण

‘विप्लव जीको प्रस्तुती कमजोर हुनुको कारण, उहाँ महाधिवेशनको व्यवस्थापन र आर्थिक जिम्मेवारीको चापमा हुनहुन्थ्यो, यसले गर्दा उहाँले हलमा तयारीका साथ कोल्न सक्नुभएन । साथै संसदीय मोर्चामा उहाँको अनुभव थिएन, तर, गुरुङ्गको अनुभव पार्टी र संसद दुइवटै मोर्चामा उत्तिकै थियो ।’-महाधिवेशनमा विप्लवको कमजोर उपस्थितिबारे स्रोतले भन्यो,- विप्लव शुरुमै बोल्नुभयो, पछाडि बोलेको हुनाले गुरुङ्गले कार्यकर्ताका प्रश्नहरुलाई सम्बोधन गर्न सजिलो भयो ।’

‘कम्युनिष्ट पार्टीको बन्दशत्रमा नेताले गर्ने भाषण रत्नपार्कको जस्तो हुनहुँदैन । यस्ता आन्तरिक बैठकमा नेताहरुले कार्यकर्तामा उठेका प्रश्न र आफ्नो राजनीतिक दिशाबारे स्पष्ट पार्न सक्नुपर्छ ।’ स्रोत भन्छ, ‘विप्लवको भाषणमा अब अगाडि बढ्नुपर्छ र बढ्न सकिन्छ, अब मुलुकको जिम्मा हामीले लिनुपर्छ भन्ने भावनात्मक कुराहरु आए पनि अबको बाटो के हो भन्नेबारे उहाँबाट स्पष्ट खाका आएन । उता गुरुङ्गले राण्नीतिक विषयमा मात्रै बोलेर जनवादी क्रान्तिका अगाडि बढ्नुपर्छ भन्दै कार्यनीतिको विषयमा एकशब्द नबोलेपछि कार्यकर्तालाई गुरुङ्ग अरु नेताहरुभन्दा बढी क्रान्तिकारी भएको छाप पर्यो ।’

कार्यनीतिक प्रश्नमा अब कसरी बढ्ने भन्ने विषयमा पनि गुरुङ्ग प्रवेश गरेको भए उहाँ एक्स्पोज हुने सहभागीको विश्लेषण छ । स्रोत भन्छ, ‘रणनीतिबारे बोल्दाबोल्दै गुरुङ्गले ‘ए मैले त विधानबारे पो बोल्नुपर्ने त’ भन्दै आफूलाई जोगाएका थिए । साथै नवऔपनिवेशवाद के हो भन्ने कार्यकर्ताको प्रश्नलाईसमेत गुरुङ्गले हल गर्ने प्रयास गरेका थिए, जुन विषयमा अरुले बोलेनन् । गुरुङ्गले प्रचण्ड र बाबुरामलाई १ नम्बरको दलाल भन्नुपर्छ भनेका कारण हलले उनलाई विप्लवलाई भन्दा क्रान्तिकारी देख्यो ।

 बादलले पनि भ्रममात्रै पारे

 महाधिवेशनको बन्दशत्रमा महासचिव वादलको प्रस्तुती समेत फितलो देखिएको सहभागीहरुको विश्लेषण छ ।

‘बादलजीले तल र माथि दुबैतिरबाट हस्तक्षेपको कुरा गर्नुभयो, जुन बाबुरामको लाइन भएकाले कार्यकर्ताले बादलबाट जुन कुराको जवाफ खोजेका थिए, त्यो पाएनन् ।’-स्रोतले अनलाइनखबरसँग भन्यो ।

 गजुरेलमाथि बढी गाली

 महाभिवेशनमा पार्टी उपाध्यक्ष सीपी गजुरेलले भने अरुभन्दा बढी आलोचना खेप्नुपरेको छ । बन्दशत्रमै उनले ५/७ महिनामा सबैलाई गलाएर वार्ताको टेबलमा ल्याउने बताउँदा जनयुद्धलाई फेरि बार्गेनिङ्गको विषय बनाउन लागेको आरोप लगाउँदै हलले आलोचना गरेको थियो । गजुरेल बढी बोल्ने गरेको र पार्टीको लाइन एकातिर हुँदाहुँदै फरक मत बाहिर लाने गरेको भन्दै उनलाई सन्तुलित भएर बोल्न कार्यकर्ताले सल्लाह दिएका थिए ।

12 Comments on “माओवादीमा विप्लब फितलो, गुरुङ चर्चित”
  • शुक्र कुलुङ, सोलुखुम्वु wrote on 16 January, 2013, 7:44

    सिदान्तलाई केवल मार्गदर्शन मान्दै नेपाली मौलिकतामा ढाल्न नसक्ने हो भने भावनामा वग्न त सजिलो होला तर व्यबहारमा ल्याउन गा-हो भयो भने त्यो साहित्यमा त सफल होला तर राजनीति र परिवर्तनको लागि सार्थक नहुन पनि सक्छ ।

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • padam wrote on 16 January, 2013, 8:28

    sorry Com. Biplav was Hiro for only news & journalist since beginning.

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Kumar Rana ( kaski ) wrote on 16 January, 2013, 8:33

    Sabai kurchi ka lagi Laddai chhan

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • deepak wrote on 16 January, 2013, 8:49

    aaflai ta sabai neta fataha lag6

    Like or Dislike: Thumb up 9 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • लाजाराम wrote on 16 January, 2013, 9:34

    नया पार्टी को कुरा नया नै हुन्छ

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane,arughat wrote on 16 January, 2013, 10:23

    Timi haru baburam sarkar sanga milera deslai nikas dinu nai jantako lagi thulo mahanta hune6.

    Like or Dislike: Thumb up 12 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Olate Magar wrote on 16 January, 2013, 11:36

    एमाले भित्र को के पी र माओबादी भित्र को सी पी उस्तै उस्तै हुन् / इनीहरु आलोचना मात्र गर्न माहिर छन् /

    Like or Dislike: Thumb up 18 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • bikram wrote on 16 January, 2013, 14:25

    सिदान्तलाई केवल मार्गदर्शन मान्दै नेपाली मौलिकतामा ढाल्न नसक्ने हो भने भावनामा वग्न त सजिलो होला तर व्यबहारमा ल्याउन गा-हो भयो भने त्यो साहित्यमा त सफल होला तर राजनीति र परिवर्तनको लागि सार्थक नहुन पनि सक्छ ।

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • कमल wrote on 16 January, 2013, 16:59

    नेताहरु आ-आफ्ना ठाउँमा बसेर काम गर्ने हो, भाषण ठूलो गर्ने त पुराना पार्टीहरु छन्, कामले को ठुलो हुने कुरा चाँही प्रमुख कुरा हुन् ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shreepramod wrote on 16 January, 2013, 21:14

    aphnai jatha bhitra kohi baliyo kohi phetalo bhaera ke garnu tyaha arumanishthaina kunai halat ma aune hoinan,tyai puranai sugurko patha haru ta honi ek dui ta pathi haaru rahechhan,din dinai sakidai jane party ke garnu, antama 5 jana matrai rahane jasto po bujhe ta, baidhye, rame debe, netre,pamphi. ru ta nari chhamdai bahira/

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim wrote on 16 January, 2013, 22:46

    Gurung Ji Aba Banduk Uthaune hoina ! Baru Jantalai biswas dilaunus . Ramro kam ma sabailai support garnus ani naramro kam garne lai nango jhar hune gari publish garnus karbahi garnus . Aauta sachcha desbhakta ko rup ma aaphulai ubyaunus .

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rameshbista wrote on 19 January, 2013, 2:03

    Vannele je pani vanchhan hami aafai mahadhibeshanka sakshi hau . Aba sato jadaichha hamra birodhiharuko tesaile barbaraudai chhan behosima. Arko dhakkale masanghatai puryauchha jasto chha.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु