थापा हत्यामा संलग्नलाई कारबाही गर्न जनसम्पर्क समिति जापानको माग :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

थापा हत्यामा संलग्नलाई कारबाही गर्न जनसम्पर्क समिति जापानको माग

टोक्यो । नेपाल जनसम्पर्क समिति जापानले दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्याका आरोपीहरुलाई कारबाही गर्न सरकारसंग माग गरेको छ । समितिले पत्रकार हत्याका आरोपीलाई अन्मुक्ति दिन प्रधामन्त्री नै लागेको भन्दै आपत्ति जनाएको छ ।

समितिका महामन्त्री आनन्द बहादुर क्षेत्रीले एक विज्ञप्ति जारी गरी जापानले प्रधानमन्त्री र महान्यायाधिवक्ता मुक्ति प्रधानले दोषीमाथि कारबाही प्रक्रिया अघि नवढाउन दिएको निर्देशनको घोर भत्सना समेत गरेको छ । अन्तर्राष्ट्रिय मानवअधिकारको मानवअधिकार सम्बन्धि सिदान्त, नेपालको फौजदारी कानुनी प्रक्रिया तथा अन्तर्राष्ट्रिय फौजदारी कानुनको सिदान्त, यातना तथा क्षेतिपूर्ति ऐन नियम अनुसार पत्रकार डेकेन्द्र थापाको हत्यारालाई यथाशिर्घ तत्काल न्यायको कठघरामा उभ्याई कानुनी प्रक्रिया अघि बढाउन र निष्पक्ष न्याय दिन दिलाउन समितिले सरकारसंग आग्रह गरेको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु