लण्डनको टावरमा हेलिकोप्टर ठोक्कियो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

लण्डनको टावरमा हेलिकोप्टर ठोक्कियो

३ माघ, काठमाडौं । लण्डनको मध्य शहरमा रहेको अग्लो टावरमा हेटिकोप्टर ठोक्किएर दुर्घटना भएको छ । अगष्टा १०९ नाम गरेको उक्त हेलिकोप्टर ट्राफिक चाप भएको समयमा टावरमा ठोक्एिको हो ।

दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् । उनीहरूमध्ये एकको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

पूर्वी लण्डनका लागि उडेको हेलिकोप्टर नवनिर्मित सेन्ट जर्ज टावरमा जडान गरिएको क्रेनको टावरमा ठोक्किएको अधिकारीहरुले बताएका छन् । दुर्घटनामा दुई वटा कारमा समेत क्षति पुगेको छ बीबीसीले जनाएको छ । 

अधिकारीहरुका अनुसार विमानमा एक जना चालक मात्र थिए । निकै तलबाट उडेका कारण दुर्घटना हुन पुगेको बताइएको छ । 

3 Comments on “लण्डनको टावरमा हेलिकोप्टर ठोक्कियो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु