‘जनयुद्धमा लागेर जीवन बर्बाद भयो’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

‘जनयुद्धमा लागेर जीवन बर्बाद भयो’

बन्दूक बोकेर बिचल्ली भएकाहरुको व्यथा

गाउँठाउँका बेरोजगार र आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई सपना देखाउने गतिलो ठाउँ थियो विगतमा माओवादी जनयुद्ध । कलिलो दिमागमा नयाँ नेपाल र उज्वल भविष्यको सपना देखाएर माओवादीले नेताले धेरै युवाहरुलाई आफूतिर आकषिर्त गरे । राज्यले दमन गरेर आफ्ना मान्छे मारेका कारणले पनि कतिपय मानिसहरु बाध्य बनेर जंगल पसे । यसक्रममा धेरैले अल्पआयूमै ज्यान गुमाए । शान्ति प्रकृयामा आएपछि कतिपय नेताहरु राम्रो ठाउँमा पनि पुगेका छन् भने जनयुद्धमा लागेका धेरै युवा अहिले न यता, न उता अलपत्र अवस्थामा छन् । यीमध्ये केही युवालाई अनलाइनखबरले यस्तो अवस्थामा भेट्टायो :


अधिकार माग्दा दुबै खुट्टा भाँचियो

प्युठान नारीकोटकी २१ वर्षीय इच्छा जिसी यतिबेला हिँड्न नसक्ने गरी ओछ्यानमा थला पर्नुभएको छ । जनयुद्धको क्रममा सेना र प्रहरीसँग भिड्दा केही नभएकी जिसीले शान्ति प्रकृयामा आएपछि प्रहरीको लौरो खानुपर्यो । त्यो पनि अन्त होइन, आफ्नै पार्टी एकीकृत माओवादीको मुख्यालय बाहिर । ‘आफ्नो हक, अधिकार माग्दै धर्ना दिने क्रममा प्रहरीले हस्तक्षेप गरेर मेरो यो हालत भयो’ आफ्नो भाँचिएका दुईटा खुट्टा देखाउँदै उहाँले भन्नुभयो ।

अयोग्य घोषणा गरिएको बिरोधमा बहिगर्मित जनसेनाले आफ्नै नेताहरुको मुख्यालयमा धर्ना दिने क्रममा इच्छाको यो अवस्था भएको हो । ‘ऊबेला पार्टीले आक्रमणमा खटायो, बन्दूक बोकेर दुश्मनसिन लड्न पनि हिँडियो’ बिगत सम्झँदै इच्छाले भन्नुभयो-’ऊबेला योग्य, अहिले अयोग्य कसरी ?’ आफूलाई अयोग्य घोषणा गरिएकोमा उहाँलाई पटक्कै चित्त बुझेको छैन ।

काका खिमबहादुरलाई तत्कालीन शाही सेनाले हत्या गरेपछि इच्छा त्यसको बदला लिन जनयुद्धमा होमिनुभयो । ८ कक्षा पढ्दापढ्दै युद्धमा लागेकी उहाँले अहिले ११ कक्षा त पास गर्नुभयो । तर, आफ्नो जीवन बर्बाद भयो भनेर उहाँलाई बेलाबेला विगतले झस्काउने गरेको छ । ‘न जनयुद्धमा लागेर भनेजस्तो भयो, न राम्रोसँग पढ्न पाइयो’ उहाँले भन्नुभयो-’पार्टी नेताहरुले हामीजस्ता युवालाई ठूलो घात गरे ।’

जीन्दगी नै तहसनहस भयो

सल्यान हेमल्चाका २४ वर्षीय अर्जुन बुढाथोकीको पारिवारिक अवस्था दयनीय छ । आर्थिक अवस्था कमजोर भएका कारण राम्रोसँग पढ्न पनि पाउनुभएन । पारिवारिक अवस्थाले उहाँलाई सानै उमेरमा निराशा र अभाव महसुस हुँदै गयो । ‘कोही धनी, कोही गरीब किन ?’ कलिलो दिमागमा उहाँलाई यो प्रश्नले झक्झकायो । अन्याय, अत्याचार र समानताको लागि लड्नुपर्छ भन्ने भावनाले उहाँलाई माओवादी जनयुद्धमा डोर्‍यायो ।

तेह्र वर्षकै उमेरमा बन्दूक बोकेर हिँडेका अर्जुनले सेक्सन कमाण्डरको जिम्मेवारी सम्हालिसक्नुभएको छ । पाल्पा, सल्यान, दाङ लगायतका ठाउँमा भएका आक्रमणमा उहाँ अग्रमोर्चामा हुनुहुन्थ्यो । भिडन्तका क्रममा उहाँ घाइतेसमेत हुनुभयो । शरीरमा अहिले पनि छर्राहरु बाँकी छन् । ‘खुट्टामा अझै पनि गोली छ’-अर्जुनले खुट्टातिर हेर्दै भन्नुभयो- ‘पार्टीले आश्वास दियो, लडियो, अहिले अयोग्य रे ।’ आफूहरुलाई अयोग्य घोषणा गरेर पार्टी नेतृत्वले अलपत्र पारेको उहाँको गुनासो छ ।

जनयुद्धमै लागेका कारण पारिवारिक अवस्था र आफ्नो जिन्दगी तहस-नहस भयो भनेर उहाँलाई निकै पछुतो लागेको छ । ‘आफ्नो यही अवस्थाले श्रीमतीसँग पनि सम्बन्ध विच्छेद भयो’ अर्जुनले भन्नुभयो-’पार्टी नेतृत्वले हाम्रो जिन्दगीमाथि खेलबाड गरेको छ ।’

नेतालाई नचाहिएपछि अयोग्य भएँ

सिन्धुपाल्चोक टेकानपुरकी २० वर्षीया बिन्दा महतका साथीहरु कोही कलेज पढ्दैछन्, कोही काममा पनि लागिसके । उहाँ भने हक, अधिकार खोज्दै नेताहरुको दैलोदैलो चाहार्दै हुनुहुन्छ । ‘ऊबेला हक अधिकारका लागि भन्दै राज्यसँग लडियो, अहिले पार्टी नेतृत्वसँग लड्न परेको छ ।’

लाउँलाउँ र खाउँखाऊँकै उमेरमा बिन्दा जनयुद्धमा होमिनुभयो । बन्दूक बोकेर ‘दुश्मन’ खोज्दै आक्रमणमा लाग्नुभयो । ‘उबेला आक्रमणको मोर्चामा म योग्य थिएँ, नेताहरुलाई नचाहिएपछि अहिले अयोग्य भएँ’ आक्रोश पोख्दै उहाँले भन्नुभयो-’सानोबेला हामीलाई किन लगेर अहिले अलपत्र बनाएको ? यसको जवाफ नेतृत्वले दिनपर्छ ।’

जनयुद्धमा लागेर पढाइ-लेखाइ र परिवारको माया ममता नै बिर्सिन लागेको भन्दै उहाँ पछुतो मान्नुहुन्छ । ‘ऊबेला जनयुद्धमा लागेर गल्ती गरिएछ जस्तो लाग्छ’ महतले भन्नुभयो-’पार्टीले हामीलाई प्रयोग मात्रै गरेर छोड्यो ।’

पछुतो मात्रै लाग्छ

सँगैका साथीहरु कोही सेनाको तालिम लिइरहेका छन् । कोही पढाइ सकेर जागिरे भैसके । तर, दाङ शान्तिनगरका २३ वर्षीय ठाकुर बिक पार्टी मुख्यालय पेरिसडाँडामा भौंतारिएरै दिन कटाइरहनुभएको छ । ‘ऊबेला पार्टीले सपना र आश्वासन बाँड्यो’ बिकले भन्नुभयो-’अहिले त्यही पार्टीले आक्रोश र निराशाबाहेक केही दिएको छैन ।’

आफूलाई अयोग्य घोषणा गर्नुमा पनि पार्टी नेतृत्वको हात रहेको उहाँको गुनासो छ । ‘संकटको बेला पार्टीलाई हामी नभई भएन, अहिले उनीहरु ठाउँमा पुगेपछि बिर्सिए’ बिकले भन्नुभयो ।आठ कक्षा पढ्दै गरेको अवस्थामा ०६१ सालदेखि विक जनयुद्धमा होमिनुभएको हो । विद्यार्थी संगठनदेखि सेनाको सेक्सन कमाण्डरसम्मको जिम्मेवारी सम्हाल्नुभयो ।

‘पारिवारिक अवस्था पनि दयनीय छ, यता लागेर पढाइ पनि बिगि्रयो’ बिकले भन्नुभयो-’पार्टी नेतृत्वले हाम्रो भविश्यमाथि खेलवाड गर्यो, जीवन बर्बाद भयो, किन लागेछु भनेर अहिले पछुतो मात्रै लाग्छ ।’

 विकल्प खोज्दै

 माओवादी जनयुद्धको बेला आफ्ना निर्दोष बा आमालाई सेनाले समाएर लगेपछि १४ वर्षीय अन्तराम चौधरीलाई निकै बिझ्यो । भित्रैबाट बदलाको भावना जन्मियो । अनि पढाईलेखाई छोडेर चौधरी मुक्ति खोज्दै युद्धमा होमिनुभयो । ‘प्लाटुन सह-कमाण्डर भएर धेरै ठाउँको आक्रमणमा सहभागी भएँ, अहिले बेहाल भइयो’ बर्दिया मानपुर तपराहका चौधरीले भन्नुभयो-’१० वर्ष पार्टीमा लागेर गरेको योगदान नेताहरुले भुले ।’

सत्ता र स्वार्थमा लागेर नेताहरुले आफूजस्ता युवाहरुको भविष्य बिगारेको उहाँको आरोप छ । ‘जनयुद्धमा लागेर जीन्दगी बर्बाद भयो, पारिवारिक अवस्था पनि लथालिंग भयो’ चौधरीले भन्नुभयो-’पार्टीमा लागेर केही भएन, अब जीवन गुजाराको लागि बैकल्पिक काम खोज्दैछु ।’तर समयमा पढ्न पनि नपाएको र अरु काम पनि नजानेकोले के पो गर्ने हो भन्ने पिरलो उहाँलाई छ ।

त्योबेला पैसा र हतियार, अहिले केही न केही

 ०५४ सालतिरको कुरा हो, त्यतिबेला गाउँठाउँमा माओवादी जनयुद्धको जगजगी थियो । रामेछाप लखनपुरका टंक गौतम स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्नुहुन्थ्यो । पढाइसँगै उहाँ अखिल क्रान्तिकारीको स्कूल कमिटीमा काम गर्नुहुन्थ्यो । स्कूल कमिटीमा उहाँले देखाएको सकृयताले माओवादी जिल्ला नेतृत्वलाई प्रभावित बनायो । त्यसपछि उहाँलाई पढाइ छाडेर युद्धमा होमिने ‘अफर’ आयो ।

 ०५४ सालदेखि ०६३ साल बैशाखसम्मै उहाँले जिल्ला एरिया कमिटी सदस्य भएर काम गर्नुभयो । त्यतिबेला कामका लागि उहाँलाई खोजी हिँड्ने पार्टी नेताहरुले हिजोआज वास्ता गर्दैनन् । ‘जनयुद्धको बेला काँधभरि पैसाको बोरा र हतियार बोकेर हिँडियो, अहिले केही न केही’ गौतमले अनलाइनखबरसित भन्नुभयो । जनयुद्धमा लागेकै कारण गौतमको घरपरिवार लथालिंग र भताभुंग भयो । उहाँको घरमा कोही छैनन् । सँगै जिउने, सँगै मर्ने कसम खाएकी श्रीमतीले पनि छोडेर हिँडिन् । ‘जनयुद्धमा लागेपछि पढ्न सकिएन, कमाइ पनि भएन, मेरो यही आर्थिक अवस्था देखेर उनले पनि छोडेर हिँडिन्’ गौतमले भन्नुभयो ।

 गौतमकी श्रीमती सरिता छोरो सहित काठमाडौंमा छुट्टै बस्नुहुन्छ । गौतम चाहिँ रामेछापमा बसेर पत्रिका विक्री गर्ने र विज्ञापन उठाउने काम गर्नुहुन्छ । यसैबाट उहाँ विस्तारै पत्रकारितातिर तानिन थाल्नुभएको छ । ‘महिनामा हजार रुपैंया कमाइ हुन्छ, जेनतेन खान र कोठा भाडा तिर्न पुग्छ’ गौतमले भन्नुभयो-’गम्भीर बिरामी भएमा उपचार गर्ने खर्च छैन ।’ जनयुद्धमा लाग्दा छुटेको पढाइ पनि गौतम अहिले कलेजसम्म पुर्‍याउनुभएको छ ।  जनयुद्धमा लागेकै कारण आफ्नो यो हालत भए पनि रामेछापका टंक गौतमलाई भने कुनै पछुतो चाँहि छैन । ‘मैले बेइमानी गरेको भए धनी हुन्थें, तर इमान्दार भएर काम गर्दा हालत यो भयो’ गौतमले भन्नुभयो-’जनयुद्धमा लागेर यस्तो भयो भनेर मलाई कुनै दुःख छैन ।’

52 Comments on “‘जनयुद्धमा लागेर जीवन बर्बाद भयो’”
  • BALKUMARI BUDHA wrote on 16 January, 2013, 12:11

    KE GARNU TA BHANE JASTO KAHA HUDO RAHECHA RA

    Like or Dislike: Thumb up 18 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Nepali janta wrote on 16 January, 2013, 12:28

    हेर्नुहोस माओवादी फटाहा, हत्यारा, लुटेरा र चुसेराहरुले
    नेतृत्व गरेको पार्टी हो तपाईहरू तिनीहरूको जालमा पर्नुभो

    Well-loved. Like or Dislike: Thumb up 135 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

    chemjong Reply:

    Hello friend ! all nepali are same to each other!anyone has bathed in milk

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • मनिष यादव wrote on 16 January, 2013, 12:31

    तिमीहरुका जनयुद्दले केही दलालहरुलाई मात्रै फाईदा पुग्यो, केही माओवादी भित्रका दलाल जो अहिले राजनितिको केन्द्रमा छन, र केही अरु पार्टीका दलाल जसले असुरक्षाको कारण देखाउदै यूरोप अमेरिकातिर आसेपासेलाई पठाउन सफल भए, देश र जनतालाई १०० बर्ष पछाडि धकेल्यौ तिमीहरुले!!!!!!!

    Well-loved. Like or Dislike: Thumb up 112 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • sanu rai wrote on 16 January, 2013, 12:40

    banduk padkauda yastai ho sathi ho baru kunai business ra byabasaya gareko bhaya hune thiyo ni tyo bela / kati ta lahai lahai ma , dar dhamki ma , chetana nabhayara , kati ta ghamandale garda bharti bhaya / tyo bela banduk boke pa6i marin6, ghaite bhain6 bhanera sochiya na ki kya ho sathi ho? aghai banduk bokne rahar pugeko 6in bhane Baidhya Mawabadi tira janu hola sathi haru mero Advise sahi ho

    Well-loved. Like or Dislike: Thumb up 27 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Dr B Reply:

    Sahi Bhannu bho Sanu ji..

    Like or Dislike: Thumb up 12 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Diloj wrote on 16 January, 2013, 12:45

    bala khais mangala afnai dhanga ley!

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • kamal wrote on 16 January, 2013, 12:55

    tayase le mahinat garera agadi badnu parcha, kune party ko tika lagayera marnu hudena,Baru afno pasina ani mahinat le agadi badnu parcha ani satya bolne lai matra samarthan garnu parcha.Ani matre desh bikash huncha

    Like or Dislike: Thumb up 11 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • amit wrote on 16 January, 2013, 12:57

    dukha payau mangale aafnu dhangale vaneko ahi ho sathi ho,,,,, aab sab le khael garnu chor netaharu ko pa6i lagda kasto halat hun6 vanera ,,???????????
    sab le neta ko gulami garna 6odera aafnu aafnu kam gara asari barbad hunu pardaina .

    Like or Dislike: Thumb up 12 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • लाजाराम wrote on 16 January, 2013, 13:04

    पुरानो कुरा भुलेकै बेश

    Like or Dislike: Thumb up 2 Thumb down 30

    [जवाफ फर्काउनुहोस्]

  • raj wrote on 16 January, 2013, 13:23

    nepali janata lai parchanda baburamle j gare tesko lagi ma dhannebad dina chahanchhu kinaki arudeshma ramro kam gareka ani padhelekheka samaj sewa gareka manchhe lai agadi laginchha tara hamilenai baburam ani parchanda lai bokera mantri banayako ho teshaile hamile gareko kamko sajaya jindagibhari pachhitayara aaphno kamko result aaphai beheyurna parchha thanks dalal baburam @ parchanda

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • ram krishna baniya wrote on 16 January, 2013, 13:34

    pheri padhan pau

    Like or Dislike: Thumb up 0 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • binaya rana wrote on 16 January, 2013, 13:35

    dhanna ko nepali patrakarita!!!! rastrapati,PM lai timi bhaner lekheko paen6,tara des barbad sangai fafai barbad hune purba bahadura lai tapae lagayeko,daar 6 ki kya ho? mar6n bhaner? muso marae va ko dailekh ma thahai hola.!!!!!yesta vut lai tapae hajur lagaye hun6.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ma Nepali, Qatar wrote on 16 January, 2013, 14:06

    बुढापाकाले भन्ने गर्छन् कि आफ्नो बुद्दिले पुर्‍याउनु कि ठुलाबडाको सुन्नु। के गर्ने तेटिखेर सोचबिचार नै नगरि नेताहरुले बाडेको सपनाको पछी लाग्यो। यो समाचारको कमेन्टमा म त यति मात्र भन्छु अझ पनि कोही यस्तै सपना बाढेर युवाहरुको जिबन र भबिश्यसङग खेल्न खोज्दै छन। बैध र बादलको पछी लाग्णुभण्दा पहिला हजार चोटि सोच्नु आफ्नो सोचाइले नसके आफन्त ठुलाबडाको सुन्नु। आजको बैढ बादल भोलिको प्रचण्ड बाबुराम – यो पक्का हो। यहाँ कसैले केही गर्दैन। अहिलेसम्म देख्दै आयको सत्य पनि यही हो। गाउमा हलो जोट्नु, खाडीमा पसिणा बगाउनु तर नेताको सपनाको पछी नलाग्नु। अहिले जतिले यो हालत भोगीसके भोली अर्को नथपियोस।

    Well-loved. Like or Dislike: Thumb up 89 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • beenod wrote on 16 January, 2013, 14:22

    tapai haru ko balidan kher jadaina……marnu ta yo chor neta haru lai pani parcha ni ek din…….

    Like or Dislike: Thumb up 1 Thumb down 26

    [जवाफ फर्काउनुहोस्]

    Dr B Reply:

    Ghantako balidan beenod ji…

    Sab hatyara hun yee Maobadi haru..

    Like or Dislike: Thumb up 19 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    rajendra Reply:

    k a tyo balidan ko sadupayod hun6ra?
    uiharu mard

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    rajendra Reply:

    dhilai vayepani bhu pu janasena mitraharulai buddhi palayeko dekhera khusi lagyo tapai haru jastai aru sathiharulai pani sallaha ra sujhab dinuhola uttam hne 6

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kamal wrote on 16 January, 2013, 14:33

    तपाई हरु को यसको फाइदा उनै नेता हरु ले लियका छन् सारै दुख लग्यो मित्र धन्न म पनि बुध्दी बिग्रियर यिनीहरु को पछाडी नलागेछु आज यी मित्र हरु को कुरा सुन्दा खाडी मा नै भयानी खुसि छु

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • श्याम wrote on 16 January, 2013, 14:34

    छिटै माओबादी पत्ता साफ हुन्छ !!! यो माओबाद नामको खाओबाद हो !!! यस्ता सोजा साजा हजारौ युवा को जिबनै बरबाद गर्यो । यो खाओबादले !!!

    Well-loved. Like or Dislike: Thumb up 44 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • J Sharma wrote on 16 January, 2013, 14:50

    आर्थिक समानता, राष्ट्रियता र श्रमप्रतिको सम्मान कम्युनिष्टको आधारभूत चरित्र मानेर हेर्ने हो भने कुन कम्युनिष्ट नेताले आप्mनो व्यक्तिगत सम्पत्ति हुनेछैन र जे जती छ सो सबै पार्टीलाई दिन्छु भन्न सकेका छन् ? बरू सम्पत्ति कमाउन हुने नहुने काम पो गरिरहेका छन् । बैद्य कमरेडले नेतृत्व गरेको पार्टीको सम्पत्ति सम्बन्धी आन्तरिक नीति के हो ?

    Like or Dislike: Thumb up 15 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • deepak khadka wrote on 16 January, 2013, 14:51

    hatiyarko aadma kati cheliko sindur puchheu, kati nabalaklai tuhuro banaeu,ani kati bridhha aama bauko budheskalko sahara khoseu ani timiharulai tinka aansule ajha kati pol6 herirakha na.

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • जङ्गे रमेश wrote on 16 January, 2013, 14:52

    उतिबेला अरुका खुट्टा भाँच्न कति मजा आउँथ्यो तिमरुलाई ? मान्छेका घाँटी रेट्ने पनि त तिमीहरुनै हौ नि । मेरी बुढी आमालाई दुख दिई दिई भात घिचेका थियौ नि ,दिनभरी कोठामै दिसा पिसाब गरेर फोहोर फाल्न लाथ्यौ नि । तिमीहरुजस्तालाई त खुच्चिङ् । अहिले पछुताएर के गर्छौ ?

    Well-loved. Like or Dislike: Thumb up 52 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    ze Reply:

    कुरो सहि हो रमेस ब्रो झन्डै मज्जा आयो मैले पनि देखेकोछु तिनीहरुको ज्यादती गाउघर मा ,तिनिहरुलेनै त आज प्रचण्ड बाबुराम बैद्य बादल हरु बनाएको खै त तिनीहरुले आफ्नो अधिकार माग्न सकेको ,हिजो हातमा बन्दुक बोकेर गाउमा थर्काएर अत्याचार गरेजस्तो हुदो रैछा त …अझैँ पनि एस्ता भेडाहरु सकिएको छैना ,बेलैमा बुझ्ने होकी ….

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • hello wrote on 16 January, 2013, 15:43

    Khuchhing paryo !! barshau dekhi dekhdai aayeko chha yeha neta haru ko chalan ani kina pachi lai rako ? bannuk bokdai paisa lutna paincha bhanera daudeko haina aba paiss ni …

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Pratap Adhikari wrote on 16 January, 2013, 15:47

    Maobadika Chor fatahaharulai Lakhetna Tapaiharuko Jaruri chha.

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Dr B wrote on 16 January, 2013, 16:11

    Desh ko kurata kasaile garena.. Sab swarthi… Ladaku le pani aafnai kura gare, neta harule pani afnai…

    Banduk chalauna ta birseko chhainau hola… Deshko bhalo hune kaam garne ho bhane yata Neta harulai tapai haruko sip dekhaunu hoina bhane sadharan Nepali haru jastai bachnu afnai tarikale… Pahila manchhe mardai hidne ahile adhikarko kura garne?? tapai harule mareka janata haruko adhikar kata gaye??

    Sab swarthko lagi banduk bokeka haru..

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • chandra wrote on 16 January, 2013, 16:12

    Who are supporting to “MAOIST” all people’s life will be same as you so that what is wrong & what is right think before support because “MAOIST” party and leader are cheater, lier & fraud.

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • prakash wrote on 16 January, 2013, 16:19

    yastaai ho jaslae pane afu lai chiyako bela ma use garne pa6i wastaai na garne ye chor haru ko para

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • त्यतिबेला माओवादी को अत्याचारको सिमा रहेन । अहीले सरकार म रहेर पनि यिनै अत्याचार मचाइ रहेका छन ।
    हामी जनता कति पीडित छौ ।
    कुनै त्यस्तो पार्टी छैन, जस्माथि जनता लाई भरोसा छ ।
    यस्तै पाराले भोली हाम्रो देशको
    हालत कस्तो होला त?
    सोच्नु पर्ने बेला आएको छ ।

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nabin tamang wrote on 16 January, 2013, 17:11

    balla thaha bhayoni maobadi kasto raichha bhanera testo janatale kati dukha payo kati mare hola ganti nai chaina marne bhanndata dukha garnu khasai thulo hoina.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane,arughat wrote on 16 January, 2013, 17:32

    Mahan janamukti sena.. Tapai harule party lai dos nadinus.tapai harulai ayogya banayako ta yee rastraghati athasthiti badi nc,amale haru le ho. Tapai haruko yogdan khera jane 6aina.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Deepak wrote on 16 January, 2013, 17:40

    Choeta khaana gayeki budji jhol ma dubera mari bhaneko yehi ho ubela ta hamro party le pariwartan liyera aauchha,sabai manchhe samaan hunchhan,sabaile khaan pauchhan,hamile bhatkaeka bhautik sanrachana hamile banaauchhau bhanthyou,khub phurti lauthyou,arka ko bhar garera la ko phurti ke kaam lagthyo ra? Haamiharulai pani tarsayera hinthyou kahile pestol dekhayera ta kahile saket bom dekhayra,bhanthyou yeso garis ki marchhu uso garis ki marchhu tara khoi timiharule nai kehi payenau.Samaya mai dimag ko ghanti bajeko bhaye tyo bela ka pyara PRACHAND aaja kina sarspdai hidthyou.Ma ta bhanchhu timiharujastalai thikai bhairaachha………..Paap dhuri bata ek din abasya karauchha………..tyo bela diyeko dukh ko badala ta abasya linchha bhagwaanle.Katika chhora chori tuhura bhaka chhan taha chha? Tyo bela ta ghaati retna ra banduk padkauna sajilo thiyo ahile kaam garera khau na?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • biki wrote on 16 January, 2013, 17:59

    Sorry for you guys but i dont want to give even a simpathy to the guys who fought PRACHANDA UDDHA….I dont think that was jana youdhya…..mawobadi netaharu sirf dalal matra hun….we can not expect anything from them

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • vicky doner wrote on 16 January, 2013, 18:04

    hirale hira katchha so purba ladaku sathiharu tapaiharule ehh sab neta haruko thegana lagaunu parchha

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Keshav Jung thapa wrote on 16 January, 2013, 18:21

    Ekdam thik vayo timi harulai duniyali dukha diyeko vayera pap lageko. Abb lutera khaye vaigoni. Pahilla lutera hideko din Haru Ko yaad aaucha hola ni hai hahahhahah……

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bizaya wrote on 16 January, 2013, 20:02

    maobadi yuddha tira ta free ma masu bhat khan payako thyo ni…nepal banda, chhaka jam, ani aaru lai “safaya” garda ta aafu lai “mahan yodha” thanyo…bichhara….

    uta bhane prachanda 2 lakh ko khat ma sutchha ani 2 crore ko ghar ma baschha…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • dankc wrote on 16 January, 2013, 20:08

    age cheta cheta nahi pichhe cheta hota nahi baba aamale bhyai nabhyai afu bhoko basera pani school pathaune timi janayoddha banera gaun gaun gayera hahi yeti janalai bhat pakai natra khair 6aina bhanda maja ayo aja thik bhayo hahahahaha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shreepramod wrote on 16 January, 2013, 21:02

    najau thiyo gai gayau aba pachhito garera birodhi ko aant badaune kam garera ke garchhau? kunai halat le prachanda ra baburam haryo bhane timi haru jiudai marne chhau timi haru lai ghrina, bived pratisodh ko kheti mimiharu ma lagne chha ,je gareu tyesaima dhukka basa, tyesaima ghamanda gara je gareu thik gareu bhanera , timi le chahera wa nachahera pani prachanda ra baburam timro avibhawak hun uniharu le jati ramro timiharu lai aemale kangress lekahile garne chhaina, yad rahosh krantisakieko chhaina aro naya maoubadi haru lai hatotsahi hune avibyakti nadinu, maou badi haryo bhane timi haru lai kunai halat le bahnadine chhaina.

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • चैन्पुर बेसिको गणेश wrote on 16 January, 2013, 22:32

    मलाई हिजो जस्तो लाग्छ, एक जना लडाकुले मलाई माओबादी यस्तो र उस्तो भनेर पढाएको,,
    मलाई उनि सित बन्दुक बोक्न निकै उचाल्दै थिए । जनता को शासन आउछ रे! रोजगरी सबैलाई मिल्छ रे! कुरा सुन्दा त वाह्!!! क्या मज्जाको!!!!अहिले ति मित्रलाइ भेटे सोध्ने थिए, १०००० नेपालीको बली चडाएर आएको सत्ताको के यही
    आशा राखेका त नेपाली जनतले ? ? ? ?

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    ze Reply:

    गणेश ब्रो मैले पनि सुनेको थिए र त्यो सुन्नु बाध्यता थियो ,यदि त्यो मुर्ख हरुको जत्था हुन्थ्येना भने म धेरैलाई आजको यो अवस्था बुझाइ दिन्थे सायद आज धेरैले सम्झिंन्थे पनि होला मलाइ तर के गर्ने ती बहादुर साथीहरुले मौकै दिएनन् ,परिणाम आज उनीहरुकै सामु र उनीहरु माथि छन् ….

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Nepali yuba ! wrote on 17 January, 2013, 5:16

    यिं माओवादी नामधारी जुकाहरुले तपाईंहरुको मात्र हैन हजारौं नेपालीहरुको खुन खाएर नपुगी अहिले हामी जनताको र बिदेशमा खुन पसिना चुहाएर कमाएको पैसामा मोज गरिरहेका छन । आउने चुनावमा यिं चोर डाँका हरुलाई नेपाली जनताले ठेगान लगाउनै पर्छ ।

    Like or Dislike: Thumb up 12 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nepali wrote on 17 January, 2013, 11:37

    aba baidha ba feri ladne bhanyachhan,aba tetai laagda bhaigo ni

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Kebal wrote on 17 January, 2013, 12:09

    bhetis sala chor haru dukha gari kamayaka pais lyau maina wori bhanda kasto bhayako thiyo aruko paisama naya luga,thau thau dhamki ra tras dekhaudai kukhurako masu ahile tyo din samjhada khushi lagcha holani…………yastai hos timi haruko jindagi

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • dev wrote on 17 January, 2013, 13:20

    budhi palayeko cha bhane dubai mao badhi party chunab mabma bhote na diu vanera sabalai vanau.congress ra a-male chor hun bhane mao badhi party maha chor hun.babu ram nepal masabai vanda badhi padhe ko neta ko ta chor ra jyanmara jastoo budhi chha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shshank wrote on 17 January, 2013, 13:57

    तिमीहरुका दुख्ख संग मलाई केहि मतलब छैन / आफ्नै नेताहरुलाई सुनाउनु, हामीलाई होईन /

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • विजय शर्मा wrote on 18 January, 2013, 2:11

    Yo chalirahane prakriya ho yaslai dherai thulo bisaya nabanaudanai ramro

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Suraj Maharjan wrote on 18 January, 2013, 5:58

    Aru lai lutnu bho sathi paile…….aba aafai lutiyo …..”prithvi golo cha bhanthe ni ……..yehi ho…..”

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • THAMAN MAGAR wrote on 18 January, 2013, 6:30

    aba tapai harule janauddama lagera siknu vayako trening lai kina khera falnu hunchha pahila sarkarko biruddha ma ladeko aba maubadiko biruddha ma awaz uthaunu hos ani feri janjal pasnu hos

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Hira singh Chand wrote on 18 January, 2013, 12:37

    Dear friend you would have realised the time when Nepal Comunist Party(Mashal) had briefed u with the consequences u would face in future but you were in your dream world. Now there is no need to cry just do what you are able to do i.e., stand by what you think is right & fight for that. As now you know the game of Politics & this is what you can do because you are good in Politics & this is your asset. So be there, start afresh & go by the Party which have ethics & high principles to serve the nation best & sacrifice your rest of life for the nation & that Party.

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • gyan prakash paudel wrote on 18 January, 2013, 16:35

    कथित जनयुद्धको नाममा हिजो एउटै वर्गको जस्तो बनेर, एउटै वर्गीय स्वार्थका लागि भनेर लड्न सिकाए ! टाउकामा लाठी सहन सिकाए पाखुरामा गोली बोकेर हिँड्न सिकाए र तिघ्रामा छर्रा अड्किँदा पनि लड्न निर्देशन दिए तिनैले आज छेपाराले जस्तो रङ फेरेर वर्ग परिवर्तन गरेका छन् ! तिनै नेता भनाउँदाहरू अहिले राज्य सत्ताको बागडोर सम्हालेर ठूलाठूला कम्पनीका शेयर होल्डर बनेका छन् भने ठूलाठूला मलका मालिक बनेका छन् हिजो एउटै वर्गका जस्ता बनेर जनताको घरदैलोको आटो, ढिँडो खाएर ठूला निर्णय गर्नेहरू आज सानातिना गोष्ठीहरू पनि पाँचतारे होटलमा गर्ने भएका छन् जनताका छोरा पाखुरीमा गोली बोकेर हिँड्दा उपचार पाएका छैनन् माओबाद को मुकुन्डो धारी खाम्रेड हरुलाई लाल सलाम छ !

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • RAM wrote on 9 April, 2013, 17:15

    I SALUETE THEM… WHO WORKS FOR COUNTRY HAS FAITH… WHO WORKS FOR MONEY AND POWER TO SHOW SOCIETY ARE CRIMNAL… WHO DISSAPOINTED ON THE ACT FOR COUNTRY HAS NO MEDICINE.. THE PERSON WHO SPRAY SALT ON WOUND ARE SEASONAL VIRUS DO NOT TOUCH THEM… THE WISEDOM IS JUST CHANGE THE ACT.. FIND OUT THE WAY AND KILL THOSE PERSON NO EXCUSE ON THEM.. EITHER FOREIGNER OR BROTHER…. OR MOTHER…
    COUNTRY IS YOUR FIRST NAME… FAMILY IS YOUR SECOND AND YOUR NAME IS LAST… THEREFORE IF COUNTRY EXIST YOU EXIST…. I SALUTE YOU BUT NEVER GIVE UP… EVEN A SHORT LIFE DO SOMETHING BEST AT LEAST KILLING ONE MAIN CORRUPTION WILL HELP 100 PERSON

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु