३ माघ, काठमाडौं । स्पेनिस जाइन्ट बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिआलोले इङ्ग्िलिस क्लब सम्हाल्ने इच्छा देखाएका छन् ।
चेल्सी र म्यानचेष्टर सिटीले सफल प्रशिक्षक मध्येका एक पेपलाई भित्र्याउने इच्छा देखाइहेका बेला बार्सिलोनाले पनि आफू इङ्ग्लिस क्लब सम्हाल्न तयार रहेकेा बताएका हुन् । गत सिजन बार्सिलोना छाडेपछि फुर्सदमा रहेका एफ ए को १ सय ५० औं वर्षगाँठको अबसरमा पठाएको भिडियो सन्देशमा ग्वार्डिआलोले भनेका छन्-’खेलाडीका रुपमा त्यहाँ खेल्ने मेरो सपना पुरा भएन । तर, भविश्यमा प्रशिक्षकका रुपमा चुनौती लिनसक्छु ।’
चार सिजनमा बार्सिलोनालाई १४ उपाधी दिलाएका उनी सफल प्रशिक्षक मध्येका एक हुन् । गत वर्ष बार्सिलोनाले ला लिगाको उपाधी गुमाएपछि ग्वार्डिआलोले आफू रित्तिएकाले ‘व्याट्री चार्ज गर्ने’ क्लब छाडेका थिए ।
उनलाई भित्र्याउन चेल्सी र म्यानचेष्टर सिटी, बायन म्युनिख, एसीमिलानसहितका दलहरु लालायित छन् । उसो त ग्वार्डिआलोलाई कडा चुनौति दिएका रियल मडि्रडका जोशे मउरिन्हो पनि इङ्गल्याण्ड र्फकन आतुर छन् ।