३ माघ, काठमाण्डौ । राष्ट्रिय प्रसारण नियमावली छैटौं संसोधनको बिरोधमा आन्दोलनमा उत्रिएको केवुल टेलिभिजन महासंघले आन्दोलन स्थगित गरेको छ ।
बुधबार संचार मन्त्रालयसँग भएको छलफलमा मन्त्री राजकिशोर यादवले आन्दोलनरत ब्यबसायीका माग सम्बोधन गर्न प्रतिबद्धता जनाएपछि ब्यबसायीले माघ १२ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका हुन् ।
केवुल टेलिभिजन संर्घष समितिका संयोजक सुधिर पुराजुलीले अनलाइनखबरसँग भन्नुभयो-’मन्त्री २-४ दिन काठमाण्डौ बाहिर रहनुपर्ने भएकाले त्यतिन्जेलका लागि आन्दोलन रोक्न आग्रह गर्नुभयो, उहाँको आग्रहअनुसार आन्दोलन स्थगित गरेका छौं ।’ मन्त्री यादवले काठमाण्डौं फर्किएपछि यसबारे अध्ययन गर्ने र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको पराजुलीले बताउनुभयो ।
आन्दोलन स्थगित भएसँगै दुई सरकारी च्यानल नेपाल टेलिभिजन र एनटीभी प्लस केवुल टेलिभिजन संचालकहरुले खुला गरिदिएका छन् । यी च्यानल मंगलबारदेखि बन्द गरिएका थिए । दुई दिनदेखि बन्द रहेको इमेज टेलिभिजनको प्रसारण भने ब्यबसायीले खोलेका छैनन् ।
‘हामीले उहाँलाई वार्तामा बोलाएका थियौं तर इमेजका अध्यक्ष नेपाल बाहिर भएको र वार्ताको अख्तियार लिएर आउन सक्ने अबस्था नरहेको भनेपछि वार्ता हुन सकेन’ पराजुलीले भन्नुभयो- ‘वार्तापछि उहाँहरुको च्यानल पनि खुला गरिनेछ ।’
सरकारले राष्ट्रिय प्रसारण नियमावलीको छैटौ संसोधन गरि केवुल टेलिभिजनहरुलाई डिजिटल प्रबिधिमा लैजाने ब्यबस्था गरेको थियो । सो प्रयोजनका लागि ‘मल्टिपल सर्भिस अपरेटर’को ब्यबस्था गर्दै केवुल टीभीहरु ती कम्पनीमार्फत् डिजिटल प्रबिधिमा जानुपर्ने ब्यबस्था गरिएको थियो ।
तर केवुल टीभीहरु भने डिजिटलमा जाँदा मल्टिपल सर्भिस अपरेटर-एमएसओ)हरुलाई प्रति च्यानल बाषिर्क १ लाख २५ हजार रोयल्टी बुझाउनुपर्ने प्राबधानको बिरोध गर्दै एमएसओको लाइसेन्स सिमिति मिडिया टाइकुनमा सिमित नगर्न माग गरेका थिए ।
संसोधनसँगै इमेज टेलिभिजन र कान्तिपुर पब्लिकेसन्स मिलेर किड्स डिजिटलका नाममा लाइसेन्स लिएका थिए । यस्तै डिजिटल सिष्टम नेपालका नाममा पनि केवुल ब्यबसायीहरुले एमएसओको लाइसेन्स लिएका छन् ।
पत्रिका बेचेर अर्बपती हुने उपाये साना पत्रिका ब्यबसायी लाई पनि भन्दिनु पर्यो
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]