३ माघ, काठमाडौं । महिला हिंसाको छानबिन र अनुगमन गर्न गठित समितिले वैदेशिक रोजगारबाट आएकी सीता राईमाथि भएको बलात्कार र लुटपाटमा अध्यागमनका तत्कालीन महानिर्देशक र निर्देशकलाई कारबाही गर्न सिफारिस गरेको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव राजुमान सिंह मल्लको संयोजकत्वमा गठित आठ सदस्यीय समितिले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुझाएको प्रतिवेदनमा घटनामा अध्यागमनका तत्कालीन महानिर्देशक सुरेश अधिकारी र निर्देशक लेखनाथ पोखरेलको जवाफदेहीता रहेको देखिएकाले प्रचलित कानुन बमोजिम कारबाही गर्न सुझाव दिइएको छ । अध्यागमनका अनुसन्धान अधिकृत रामप्रसाद कोइराला र टीकाराज पोखरेललाई तत्काल नियन्त्रणमा लिई छानबिन गर्नुपर्नेमा लापरबाही भएको उल्लेख छ ।
अध्यागमन कार्यालय विमानस्थलमा खटिने कर्मचारीलाई मोबाइल सेट प्रयोग गर्न तत्काल रोक्न र त्यहाँको गतिविधिलाई पारदर्शी गर्न सिसिटिभी राखी तीन महिनासम्म रेकर्ड गर्ने व्यवस्था हुनुपर्ने सुझाव समितिले दिएको छ । बिन्दु ठाकुरको हत्या सम्बन्धमा प्रहरीले अनुसन्धानको लागि विभिन्न व्यक्तिको वयान, घटनामा शङ्कास्पद देखिएका मृतकका बाबुलाई गिरफ्तार गरी बयान लिने कार्य गरेको भएता पनि अन्य शङ्कास्पद देखिएका व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याई अनुसन्धान कार्यलाई वैज्ञानिक र फराकिलो पार्नुपर्ने सुझाव दिइएको छ । शिवा हासमीको हत्या सम्बन्धमा व्यक्तिको पहिचान तत्काल हुनसक्ने अवस्था हँुदाहँुदै पनि प्रहरीको अनुसन्धान फितलो हँुदा वास्तविक अपराधी उम्कन सक्ने स्थिति रहेकाले यसरी अनुसन्धानलाई फितलोरुपमा लिने अधिकारीमाथि अविलम्ब कारबाही गर्न सुझाव दिइएको छ ।
छोरीमैयाँ बेपत्ता भएको घटनाको सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान हुनुपर्ने र समितिको निर्देशनअनुरुप हाल केन्द्रीय अनुसन्धान ब्युरो -सिबिआई) बाट अनुसन्धान सुरु गरिएको उल्लेख गरिएको छ । त्यसैगरी सरस्वती सुवेदीको मृत्युको सम्बन्धमा मृतकको शव परीक्षणबाट झुन्डिएर नै मरेको प्रतिवेदन आएको र आरोपी कृष्ण प्रसाईंसँग सरस्वतीको शारीरिक सम्बन्ध भएको जाहेरीमा कुनै कुरा खुलाउन नसकेको उल्लेख गरिएको छ ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री डा भट्टराईले सामन्ती र पितृ सत्तात्मक सोचले समाजमा गम्भीर प्रकृतिका महिला हिंसा बढ्दै गएकाले यसको न्यूनीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सरकारी कर्मचारीबाट नै भएको यस्तो अपराधिक कार्य अझ गम्भीर रहेकाले समितिको प्रतिवेदनलाई तदारुकताका साथ कार्यान्वयन गरी सुधारका कार्य थालिने र दोषीलाई हदैसम्मको कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
Dukhad kura ho.pm le 6ittai yo kam garnu par6.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
नेपाली यरपोर्ट अध्यागमनमा अहिले श्रम को कुनै भ्यालु छैन । यही माघ १,२,३ गते अफ्गानिस्तान पठाउने काम भयको छ ८५००० तिरे पछी के पहिले १०देखी १५ हजार मात्र दिय आउन पाउथ्यो त अहिले ८५ हजार सम्म पुग्यो है के हेरेर बसेको छ यो अन्धो सरकार यदी त्यो पैसा तिरेको मान्छेको नाम सम्म हामी दिन सक्छौ । र धुस लिने ब्यक्तिको नाम ठेगाना पनि दिन सकिन्छ यसरी आफ्नै नेपाली काम दारहरु दलाली र यरपोर्ट अध्यागमनका माफिय देखी लुटको खेल कहिले बन्ध हुन्छ होला ?? जस्ले दियको छैन त्यहा लिस्ट हेर्छन अनी दियका लाई पठाउने काम गर्छन् त जस्ले पैसा दियको लिस्टमा नाम नै छैन त त्यही देखी पुलिसको जिम्मा लगाउछन यो कुन हरकत हो बुझ्न गाह्रो भयो यि सवाल सकार मा रहेर जन्ताका पसिना चुस्ने खेपा हरुले दिनै पर्छ । यसरी आफ्नै यरपोर्टमा हामी लुटिन्छौ भने बाहिर गयर कसरी काम गरेर फिर्ने म् जस्तै हजारौ नेपालीको पसिनालाई चुस्ने दिन कहिले अन्त्ये हुन्छ होला भन्ने मलाई लागि रहेको छ ?
हाल : अफ्गानिस्तान निस्टुरी पुन
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
Bishwontar Sukubhatt Reply: January 17th, 2013 at 8:58 am
निष्ठुरीजी धन्यवाद । यस्तो कामलाई नै एअरपोर्टमा सेटिङ भन्दारैछन् । अफगानिस्तान मात्र हैन सबै देशमा यस्तै प्रक्रिया हुने रहेछ नत्र बढी नै दुःख दिनेरैछ । देश अनुसार रकम दररेट भने फरक फरक रैछ । यसमा दलाल र कर्मचारीको बढी हात हुन्छ । यो सेटीङ सम्बन्धमा माथिल्ला कर्मचारी, नेता, मन्त्रीहरु सबैलाई थाहैछ । त्यै भएर नेता तथा मन्त्रीहरुले आफ्ना मान्छेलाई एअरपोर्टमा सरुवा गर्नेगर्दछन् । क्यैगरि घुस लिएको थाहा पाएपनि सामान्य कारवाही गरेको देखाएर ठूलो कारवाही हुंदैन । हालैको चेलि लुटिएको घटनामा पनि ठूला कर्मचारी कसैलाई कारवाही हुंदैन । हेर्दै जानुस् । यस्ता घटना त एअरपोर्टमा कति कति भयो होला कल्पना नगरौं । एअरपोर्टको यस्ता सेटिङ् पूरै हटाउन पाए विदेश जाने आउने नेपाली गरीब जनताले राहत पाउंथ्यो कि । सरकारी बदनाममा केही कमी आउंथ्यो नि । अब सबैले सोच्नैपर्ने बेला भैसकेको छ ।
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Krishna acharya Reply: January 17th, 2013 at 9:10 am
Ma pani 100% sahamat chhu Mr. Nisthuri Magar ko Mat ma .Bastab mai yo current airport ko condition ta lagmardo nai chha .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Babulal Tamang Reply: January 17th, 2013 at 9:38 am
निस्ठुरी यार, नाम देउन नाम ! यी हिंश्रक ब्वाँसाहरु संग कहिले सम्म डराउने ? यिनीहरुलाई ननंग्याए सम्म विदेशमा दुख कष्टका साथ् केहि पैसा कमाई गरेर फर्किने कुनै पनि नेपाली श्रमिक सुरक्षित हुने छैनन् !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
good job baburam ji i salute from my heart yesari nai tapai agadi badhema jantale tapailai awase shath dinechan.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
aba kei hun6 jasto 6
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Janatako pasinabata talab khayera SOJHA SIDHA CHELI BETI laai lutne ra BALAATKAR garne jaghanya aparaadhma doshi IMMIGRATION DEPARTMENT ka sana thula sablaai TURUNTA hadai sammako KARWAAHI garnu parchha. Yasta BADMAS harulaai mrityudandako sajaya pani kam hunchha!!!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
chora fata harulai sidai gholi thoknu parne bo.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
वैदेशिक रोजगारमा जाँदा आउँदा नेपाली श्रमिकहरुको खुन पसिना चुस्न पल्केका यी सडेका लासहरुलाई हदै सम्मको कारवाही हुनु पर्छ ! सिता राई जस्ती धेरैलाई यिनीहरुले धेरै अगाडी देखि शिकार बनाउंदै आएको हुनु पर्छ ! धन्न, सिता राईकी आफन्तले हिम्मत गरेर बाहिर ल्याएकोले मात्र यो घटनाले यति चर्चा पाएको हो, अन्यथा यो केस पनि दबिएर जान्थ्यो !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]