३ माघ, पोखरा । कास्कीका विभिन्न चार ठाउँमा किसानले पालेका कुखुरामा पनि बर्ड फ्लु रोग देखापरेको छ ।
पोखरा उपमहानगरपालिका-१६ बाटुलेचौरका कृषक गोविन्द श्रेष्ठ, पोखरा उपमहानगरपालिका-१ सिम्पानीका कृषक दिलबहादुर गुरुङ, पोखरा-१७ को काउछेघारीस्थित शुभलक्ष्मी सहकारी संस्था र सराङ्कोट गाविस-६ सेतीबगरका कृषक सोमबहादुर विकले पालेको ब्रोइलर कुखुरामा बर्ड फ्लु देखिएको क्षेत्रीय पशुरोग निर्देशक डा वंशी शर्माले बताउनुभयो । “किसानले पालेका कुखुरा भकाभक मर्न थालेपछि पशु सेवा विभागको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लु भेटिएको छ”-निर्देशक डा शर्माले भन्नुभयो ।
रोग देखापरेपछि श्रेष्ठको खोरका १ सय १०, गुरुङको १ सय ५, शुभलक्ष्मी सहकारीको ८ सय २५ र विकको खोरका करिब एक हजार एक सय कुखुरा नष्ट गरिएको छ । बर्ड फ्लुबाट सङ्क्रमि कुखुरा नष्ट गर्न क्षेत्रीय पशुसेवा कार्यालयले १९ प्राविधिक सम्मिलित चार टोली खटाएको छ । टोलीमा छ पशु चिकित्सक पनि छन् ।
अहिले ब्रोइलर कुखुरामा लागेको रोग एचएएच९ भएकाले डराइहाल्नुपर्ने अवस्था नभएको भन्दै निर्देशक डा. शर्माले सङ्क्रमित नभएका कुखुराको मासु निर्धक्क भएर खान आग्रह गर्नुभएको छ । जिल्लाका चार ठाउँका कखुरामा बर्ड फ्लु देखापरेपछि उक्त ठाउँलाई पशु सेवा कार्यालयले जोखिमयुक्त क्षेत्र घोषणा गरेको छ । रोग लागेका कुखुराको बजारमा बिक्रीवितरण रोक्न कार्यालयले ती किसानका खोरमा सिलबन्दीसमेत गरेको छ ।
कार्यालयले रोग लागेर मरेका कुखुराको राहतस्वरुप किसानलाई चार हप्तामुनिकालाई प्रतिगोटा ५० र माथिकालाई प्रतिगोटा १ सय २० तथा दाना प्रतिकिलोलाई १० रुपैयाँ दिने भएको छ । कार्यालयले शङ्कास्पद ३५ कुखुरा परीक्षणका लागि पठाएकामा चार वटामा बर्डˆलु भेटिएको थियो । रासस
sabdhan to eat meat
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
danger to eat meat
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]