फिनल्यान्डले तेह्र अर्बभन्दा बढी सहायता गर्ने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

फिनल्यान्डले तेह्र अर्बभन्दा बढी सहायता गर्ने

३ माघ, काठमाडौं । नेपालको सामाजिक आर्थिक विकासमा उल्लेख्य सहयोग गर्दै आएको फिनल्यान्डले नेपाल सरकारले अघिसारेको त्रिवर्षीय योजना कार्यान्वयन गर्न करिब १३ अर्ब दुई करोड प्रदान गर्ने सैद्धान्तिक सहमति जनाएको छ ।

बुधबारबाट सुरु भएको उच्चस्तरीय दोस्रो परामर्श बैठकमा उक्त मुलुकले सन् २०१३ देखि २०१७ सम्म मुलुकका विभिन्न भागमा विकास-निर्माणका परियोजना सञ्चालन गर्न त्यति रकम उपलब्ध गराउने आश्वासन दिएको हो । त्रिवषर्ीय योजनाले पहिलो प्राथमिकता दिएका योजना कार्यान्वयन गर्न फिनल्यान्डको देशीय रणनीति कार्यक्रमअनुसार करिब १५ करोड अमेरिकी डलर प्रदान गर्ने आशय बैठकमा व्यक्त भएको अर्थ मन्त्रालयका सहसचिव एवम् वैदेशिक सहयोग समन्वय शाखाका प्रमुख मधुकुमार मरासिनीले राससलाई बताउनुभयो ।

दुई वर्षपछि भएको अर्थसचिवस्तरीय बैठकमा द्विपक्षीय आर्थिक सहयोग विस्तारका साथै विकासका नयाँ परियोजनामा फिनिस लगानी बढाउनेबारे विचारविमर्श हुनुका साथै आपसी सहयोग अभिवृद्धि र दिगो विकासबारे छलफल भएको उहाँले जानकारी दिनुभयो । “शान्तिप्रक्रिया, मानवअधिकार, विधिको शासनलगायत विषयलाई केन्द्रमा राखेर फिनिस प्रतिनिधिमण्डलले आफ्ना धारणा प्रस्तुत गर्‍यो”, नेपालको सामाजिक-आर्थिक विकास प्रयासमा फिनल्यान्डबाट प्राप्त सहायताको समीक्षा र भावी योजनाबारे बैठकमा छलफल भएको स्पष्ट गर्दै उहाँले भन्नुभयो ।

बैठकका निष्कर्ष एवम् सहमतिलाई भोलि दुबै मुलुकका अधिकारीले हस्ताक्षर गरी आधिकारिकता प्रदान गर्नेछन् । नेपाल र फिनल्यान्डबीच औपचारिक सम्बन्ध सन् १९५५ अगस्ट ३० मा स्थापना भएपनि १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध कायम भएको हो । यसअघि सन् २०१० को नोभेम्बरमा पहिलो परामर्श बैठक हेलसिन्कीमा भएको थियो । रासस

One Comment on “फिनल्यान्डले तेह्र अर्बभन्दा बढी सहायता गर्ने”
  • uizui wrote on 17 January, 2013, 8:44

    Yo Sahayog roookna prrchha kinavne, yo jmaai Nepal pthaayeepchhi, chorrrchhann sabai. Tesaile, I will try to talk. Kina sahayog ? Ke greeyo ? Ke ko laagi ? Jmaai bahun r newar milera chorryo. Last time, Can you count ? Billion, Billion Sahyog aako thiyo Nepal. Dherai thaau bata.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु