नेपालका लागि बेलायती राजदूत फिर्ता :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नेपालका लागि बेलायती राजदूत फिर्ता

४ माघ, काठमाण्डौं । युद्ध अपराधीको अभियोगमा महासेनानी कुमार लामा बेलायतमा पक्राउ पर्नासाथै परराष्ट्र मन्त्रालयबाट स्पष्टीकरणका लागि बोलाइएका राजदूत जोन टक्नट आफ्नो तीन बर्षे कार्यकाल पूरा नगरी फिर्ता जाने भएका छन् ।

लामा पक्राउ घटनामा नेपाल सरकारले बुझाएको ‘प्रोटेस्ट लेटर’ बुझ्दै १० दिन अघि राजदूत टक्नटले बेलायतले आफ्नो कानुनको दायरामा रहेर महासेनानीलाई पक्राउ गरेको जानकारी परराष्ट्रलाई दिएका थिए ।

२०१० को सेप्टेम्बरमा नेपालमा राजदूत कार्यकाल सुरु गरेका टक्नट अब दुई मिहना मै लन्डन फिर्नेछन् । चार महिनापछि आफ्नो कार्यकाल सुरु गर्ने राजदूत एन्डि्रयु जेम्स स्पार्कस यसअघि कंगो र कोसोभोमा राजदूत थिए ।

बेलायतको विदेश मन्त्रालयले बुधबार अपरान्ह जारी गरेको विज्ञप्तिमा राजदूत स्पाकर्सको नेपालमा भएको नियुक्तिबारे खुलाइएको छ ।

3 Comments on “नेपालका लागि बेलायती राजदूत फिर्ता”
  • लाजाराम wrote on 17 January, 2013, 3:05

    राजदुत फेर्न मा कंही भारत कै हात त छैन

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • नारायण गोविन्द प्रधान wrote on 17 January, 2013, 5:29

    बेलायतले गल्ती गरेको अनुभव गरेको हुनाले नै आफ्नो राजदूत फिर्ती बोलाएको हुनु पर्छ. बेलायती शासकहरुमा अझै सम्पूर्ण विश्व माथी हाम्रो राज्य छ भन्ने मनःस्थिती कायम नै छ. नेपालले देखाएको कूटनीति प्रसंशनीय छ.

    Like or Dislike: Thumb up 9 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • Hello wrote on 17 January, 2013, 17:36

    sala uk ko sabailai ghokrethyak lagaunuparchha nepal bata!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु