ग्वार्डिओला अब बार्यन म्युनिखको प्रशिक्षक :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

ग्वार्डिओला अब बार्यन म्युनिखको प्रशिक्षक

४ माघ, काठमाडौं । बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले जर्मन साइड बार्यन म्युनिखको प्रशिक्षक बन्ने भएका छन् । ग्वार्डिओलालाई क्लबमा भित्र्याउन इङ्ग्लिस क्लब चेल्सी, म्यानचेष्टर सिटीसहितका क्लबहरुले चाहेपनि बार्यन म्युनिखले बाजी मारेको हो ।

४१ वर्षीय ग्वार्डिओलाले आगामी सिजन जप हेन्किसको स्थान लिने बार्यन म्युनिखले घोषणा गरेको हो । हेन्किसले क्रिसमस अघि नै आगामी सिजनबाट क्लब छाड्ने घोषणा गरिसकेका छन् ।

ग्वार्डिओला विश्वकै एक सफल प्रशक्षक भएको भन्दै बार्यन म्युनिखले उनको आगमनले क्लब मात्र नभई जर्मन फुटबल नै अगाडी बढ्ने बताएको छ । जर्मन लिग ब्रुण्डेसलिगमा लिग लिडर बार्यन म्युनिख ९ अंकले अघि छ र च्याम्पियन्स लिग फुटबलको १६ औं चरणमा आर्सनलसँग भिड्ैछ ।

सफल प्रशिक्षक स्पेनिस ग्वार्डिओलाले ४ सिजनमा बार्सिलोनाका लागि १४ उपाधी दिलाएका थिए । जसमा २ च्याम्पियन्स लिग, ३ ला लिगा, २ फिफा क्लब बल्र्ड कप समेत छन् । गत गत सिजन बार्सिलोनाले ला लिगा गुमाउने पक्का भएपछि उनले क्लब छाड्ने घोषणा गरेका थिए ।

2 Comments on “ग्वार्डिओला अब बार्यन म्युनिखको प्रशिक्षक”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु