४ माघ, काठमाण्डौं । प्रभातफेरी (मर्निङवाक) स्वस्थ र तन्दुरुस्त शरीर एवं स्फूत मनका लागि अचुक विधि हो तर धेरै चिसो याममा यही ज्यानका लागि खतरनाक सावित हुनसक्छ ।
चिसोका कारण धुलोका कण र विषाक्त पदार्थ जमिनको सतहबाट धेरै माथिसम्म जान सक्दैन् । मानव उचाईकै हाराहारी रहेको विषाक्त हावाले श्वासप्रश्वासमार्फत अनेक समस्या निम्त्याउने चिकित्सक बताउँछन् ।
वातावरणविद भुषण तुलाधरका अनुसार वायुमण्डलमा प्रदुषण खासगरी सवारीसाधनको धुवाँ फाल्ने साइलेन्सर रहेको सतहबाटै सुरु हुन्छ जुन भूसतहभन्दा एक फिटमात्र माथि हुन्छ ।
उपत्यकाको बनावटका कारण प्रदुर्षणको नकारात्मक अझ बढी देखिन्छ । ‘उपत्यकामा हिँड्दा जमिनभन्दा एक फिटमाथि प्रदूषित वायु छ भनेर सजग भएर हिड्नु नै बुद्धिमानी हुन्छ,’ उनले भने । विगतको बायु प्रदूषणको तथ्यांक हेर्दा जनवरी महिलना सर्वाधिक वायु प्रदूषण हुने महिना रहेको खबर नागरिक दैनिकले छापेको छ ।
oho yo kura ta maile birse sakeko thee thanks..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]