आर्मी र फ्रेण्ड्स सुपर लिग प्रवेश सम्भावना बलियो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

आर्मी र फ्रेण्ड्स सुपर लिग प्रवेश सम्भावना बलियो

४ माघ, काठमाडौं । नेपाल आर्मी र फ्रेण्ड्सले ए डिभिजन लिग फुटबलको सुपर लिग प्रवेश सम्भावना बलियो बनाएको छ । आर्मीले बिहीबार भएको खेलमा बौद्धलाई २-० गोल अन्तरले पराजित गरेको छ भने फ्रेण्ड्सले बाँसबारीलाई २-० ले पाखा लगाएको छ ।

जितपछि १४ खेलबाट २५ अंक जोडेको आर्मी छैटो स्थानमा उक्लिएको छ भने २४ अंक जोडेको फ्रेण्ड्स सातौं स्थानमा छ । २३ अंक जोडेको सरस्वती २३ अंकका साथ आठौं स्थानमा छ । १३ खेलेको डिफेण्डिङ च्याम्पियन पुलिसको १९ अंक मात्र छ र सुपर लिगमा स्थान बनाउन अब उसले सबै खेल जितेर मात्र पुग्दैन आर्मी, फ्रेण्ड्स र सरस्वतीको खेलमा भर पर्नु पर्ने हुन्छ ।

आर्मी र सरस्वती भिड्ने छन् भने फ्रेण्ड्स एपीएफ आमने सामने हुनेछन् । पुलिसले जाउलाखेल र मनाङ मस्र्याङ्दीसँग खेल्न बाँकी छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भएको खेलमा बौद्धविरुद्ध आर्मीले १५ औं मिनेटमा राजु तामाङको गोलबाट अग्रता लियो । ८० औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीको अग्रता दोब्बर पारे । ८९ औं मिनेटमा भरत खबास पेनाल्टमिा गोल गर्न चुके र आर्मी २-० ले विजयी भयो ।

अर्को खेलमा फ्रेण्ड्सले बाँसबारीलाई २-० ले हराउँदै दुबै गोल विदेशी खेलाडीले गरे । डोडोजले ५६ औं मिनेटमा गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाए भने उमुरले ७४ औं मिनेटमा अग्रता दोब्बर पारे ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु