४ माघ, काठमाण्डौं । मन्त्रिपरिषदको आज साँझ बस्ने बैठकमा महिला हिंसा विरुद्धको कानुन संसोधन र केही अध्यादेशका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन प्रक्रियाका विषयमा राष्ट्रपतिलाई गर्ने आग्रहका विषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
आजको बैठकमा अहिले उठिरहेको महिला हिंसा र सत्यनिरुपण तथा मेलमिलाप आयोगका विषयमा छलफल तथा विभिन्न मन्त्रालयगत एजेण्डाका विषयमा पनि छलफल हुने सरकार प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो ।