४ माघ, काठमाडौं । कोपा डेल रे कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना मालागोसँग बराबरीमा रोकिएको छ ।
घरेलु मैदान नाउ क्याममा भएको खेलमा बार्सिलोना १० खेलाडीमा सिमित मालागोसँग २–२ को बराबरीमा रोकिएको हो । खेलको २४ औं मिनेटमा इटुराको गोलबाट अग्रता लिएको मालागोले त्यसलाई धेरै बेर जोगाउन सकेन ।
२९ औं मिनेटमा लिओनल मेस्सीले बराबरी गोल फर्काए भने त्यस लगतै कालोर्स पुयोलले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । खेलको अन्त्यमा मागालोका कामाचोले गोल गर्दै बार्सिलोनालाई बराबरीमा रोके ।