पार्टीको विधान संसोधनका विषयमा एमालेमा छलफल :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पार्टीको विधान संसोधनका विषयमा एमालेमा छलफल

४ माघ, काठमाण्डौं । नेकपा एमालेको जारी स्थायी कमिटी बैठकमा पार्टीको विधान संसोधन र जनदवावका कार्यक्रमका विषयमा छलफल भइरहेको छ । काठमाण्डुको गोकर्ण रिसोर्टमा बुधबारदेखि जारी बैठकमा महासचिव ईश्वर पोखरेलले पेस गरेको विधान संसोधन मस्यौदामा छलफल गरि अन्तिम रुप दिने तयारीका साथ बैठकमा जुटेको एमालेले जनाएको छ ।

आज विधान संसोधनका बाँकी विषयमा छलफल गरि त्यसमा एकमत बनाउने, रिक्त रहेका सदस्यमा नियुक्ति लगायतका विषयमा छलफल केन्दि्रत एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । विधान संसोधनको मस्यौदामा स्थायी समितिमा एकमत भएपछि यो महिनाको अन्तिममा बस्ने प्रतिनीधि परिषदको बैठकमा पेस गरिनेछ ।

बैठकले गाउँ तहसम्म सञ्चालन गर्ने जागरण अभियानका विषयमा पनि छलफल गर्नेछ । एमालेले सरकार विरुद्ध जनतालाई सचेत गराउन र एकीकृत माओवादीविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्न जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

One Comment on “पार्टीको विधान संसोधनका विषयमा एमालेमा छलफल”
  • Mahen wrote on 17 January, 2013, 6:35

    ‘कांग्रेसका पालामा– खाना छैन थालमा’ भन्दै चर्का चर्का नारा घन्काउँदै गाउँमा रित्तो थाल ठटाउँदै ¥याली, जुलुस निकाली हिँडेको हिजो जस्तै लाग्छ । सर्वहारा श्रमजीवी जनताको आशाको केन्द्र अनि आमूल परिवर्तनको संवाहक ठानिएको त्यही पार्टी आज आफ्ना विधान लेख्ने र के–के गर्ने बहानामा ठूला पाँचतारे होटेल र रिसोर्टमा भेला, बैठक, सम्मेलन गर्ने हैसियत बनाएछ । हिजो जनताका घरदैलोमा पुगी जनताले स्वच्छाले दिएको मकै, सातु र निस्तो चिउरा खाएर या नखाई संगठन बनाउँदै हिड्ने एमालेमा यो कत्रो परिवर्तन ! २० –२५ बर्ष अगाडि मैले बुझेको एमाले र अहिलेको एमालेमा आकाश जमिन अन्तर पाउँछु । विचार, सिद्धान्त र व्यवहारका हिसाबले हिजोको धारिलो र फुर्तिलो एमाले आज कामै नलाग्ने भुत्ते खकुरी सावित भै–सकेको छ । हिजो जनजनको मनमा बस्न सफल एमाले आज उनीहरुबाट दिन दिन टाढिदै छ। कारण जनअपेक्षा अनूरूप, समयअनुकूल आँफूलाई हिडाउन नसक्नु नै हो यसको नेतृत्व पंक्तिले । स्मरणरहोस् पार्टि कुनै एनजिओ–आइएनजियो होइन, त्यसैको अनूकरण गर्दै बैठक, सेमिनार या गोष्ठिहरु पाँचतारेमा चलाउनु पर्ने । यदि जनताप्रति तपाईंहरुको विश्वास छ भने जनता तपाईहरुलाई सहयोग गर्न अझै तयार छन् तर सुध्रिनु चाहिँ पर्छ ।

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु