यी पनि ड्यासमा ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

यी पनि ड्यासमा !

गेसोका पूर्वसल्लाहकार किताब बाँड्दै

४ माघ, काठमाडौं । जनयुद्धको जगमा जनविद्रोह गर्ने कार्यदिशा बनाएको नेकपा-माओवादीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा पत्रकार बस्ने ठाउँ कार्यकर्ताले खचाखच भरिएको थियो । उता नेताहरु बस्ने ड्यासमा करिब ५० जना ‘नेता’ आसीन थिए । तर, ड्यासमा रहेका केही व्यक्तिको भूमिकाचाहिँ जनयुद्धकालमा खासै सकारात्मक थिएन । पार्टीले जनयुद्धको जगमा टेक्ने भने पनि जनयुद्धको जगमा नटेकेका केही व्यक्तिसमेत ड्यासमा देखिए ।

इन्द्रजीत राई

प्रचण्डलाई कम्युनिष्ट बनाउने नेता हरिभक्त कँडेलका पछाडि चलचित्रमा जासुसले लगाउनेजस्तो ह्याट लयाएर खादाजस्तो गलबन्दी भिरेको अवस्थामा इन्द्रजीत राई बसेका थिए । एमाओवाट पूर्वसभासद् समेत रहेका राई जनयुद्धकालमा सदरमुकामलाई माओवादीबाट जोगाउन तारबार लगाउन तत्कालीन सेनालाई सल्लाह दिने सल्लाहकार हुन् । विगतमा जनयुद्धको चर्को विरोध गरेका राई यतिबेला प्रचण्ड-बाबुरामको शान्पिूर्ण लाइनको विरोधमा जनयुद्ध नै गर्नुपर्छ भन्ने वैद्यको लाइनमा लागेको प्रमाण ड्यासमा उनको उपस्थितिले देखाएको छ ।

खगेन्द्र खड्का

इन्द्रजीत राईकै दायँपट्टी बसेर राईलाई हेरिरहेका कालोकोट र रातो गलबन्दीधारी अर्का व्यक्ति पनि ड्यासमा देखिए, जसको नाम हो खगेन्द्र खड्का । उनी एकाले नेता मनमोहन अधिकारीका ज्वाइँ हुन् । त्रिचन्द्र कलेजमा राजनीतिशास्त्र पढाउने खड्का शान्ति प्रक्रियापछि एमाओवादी हुँदै वैद्य पक्षमा समाहित भएका हुन् । छुचो बोल्न र एमालेलाई सत्तोसराप गर्न माहिर मानिने खड्का यतिबेला बाबुारम र प्रचण्डलाई गाली गर्न माहिर छन् । उनी माओवादीका सल्लाहकार हुन् ।

विष्णुहरी नेपाल

माओवादी नेता देव गुरुङको पछाडि पत्रकार कृष्ण सेन इच्छुककी पत्नी तक्मा केसीपछाडि भित्तामा सेतो लेनिनकट दाह्री पालेका व्यक्ति हुन्, जापानका लागि पूर्वनेपाली राजदूत विष्णुहरी नेपाल । विगतमा माधव नेपालसँगको निकटताका आधारमा एमाले कोटामा राजदूत बनेका बहुदलीय जनवादका अनुयायी नेपाल जनविद्रोहको अभियानमा सरिक भएको प्रमाण ड्यासमा उनको ‘गौरबमय’ उपस्थितिले प्रष्ट पारेको छ । तर, उनी जनयुद्धको जगमा टेकेर ड्यासमा बस्न पुगेका भने होइनन् ।

हस्तबहादुर केसी

जनयुद्धकालमा रुकुममा माओवादीविरुद्ध चर्को बैचारिक आन्दोलन चलाएका पूर्वएमाले नेता हस्तबहादुर केसी पनि बुधबारको पत्रकार सम्मेलनमा ड्यासमा बादलको ठीक पछाडिपट्ट िबसेका थिए । विगतमा माओवादीविरुद्ध चर्को कलम चलाउने केसी यतिबेला बाबुराम भट्टराई र प्रचण्डलाई गैर क्रान्तिकारी भन्दै कलम चलाउँदै आएका छन् । उनी एमाओवादीको केन्द्रीय सल्लाहकार हुँदै वैद्यपक्षमा लागेका हुन् । यद्यपि उनी पनि ‘जनयुद्धको जग’बाट आएका नेता होइनन् ।

कृष्णदास श्रेष्ठ

बादल र सीपी गजुरेलको वीचमा ड्यासमा देखिएका कृष्णदास श्रेष्ठ पनि जनयुद्धको जगमा टेकेर यहाँसम्म आएका नेता होइन् । तर, वयोवृद्ध नेता श्रेष्ठ अपेक्षाकृत रुपमा जनयुद्धकालमा माओवादीप्रति नकारातमक थिएनन् । राई, खड्का र केसीभन्दा श्रेष्ठ माओवादीप्रति सकारात्मक थिए । माओवादीले श्रेष्ठलाई संस्थापक नरबहादुर कर्माचार्यको जस्तै सम्मानित स्थान दिएको छ । प्रचण्डले कर्माचार्यलाई आफ्नो छेऊमा राखेजस्तै वैद्यले श्रेष्ठलाई छेउमा राख्न थालेबाट श्रेष्ठप्रतिको सम्मान स्पष्ट झल्किन्छ ।

डा. चिन्तन किताब बाँड्दै

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का पूर्वकानूनी सल्लाहकार गोपाल सिवाकोटी चिन्तन पनि यतिबेला वैद्यपक्षीय माओवादीको सल्लहकार एवं किरात राज्यसमिति सदस्य बनेका छन् । पार्टी कार्यक्रममा जिल्ला-जिल्ला डुलेर जनदिशा दैनिकमा लेख लेख्दै आएका सिवाकोटी बुधबारको पत्रकार सम्मेलनमा अरु नेताहरु जसरी गजधुम्म परेर बसेनन् । बरु, एकेडेमीको ढोकामा डाक्टरसाहेब ‘मल्लिक आयोगको प्रतिवेदन’ बाँडिरहेको अवस्थामा भेटिए । उनले त्यहाँ १२ सय किताब सित्तैमा बाँडेका थिए ।

8 Comments on “यी पनि ड्यासमा !”
  • Ramesh Khanal wrote on 17 January, 2013, 5:33

    अवसरवादी, मौकापरस्त र अपराधीहरुको भीड जम्मा गर्दैमा पार्टी ठूलो हुने होइन ।

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • indraman devkota wrote on 17 January, 2013, 5:39

    amaobadi ma narayankaji shrestha jasta absarbadi peoples war ko birodhi lai parchand le parti ma tanera thulo galti gare ani parti ko karya karta ma bitirsna ko bistar vo hijo war ma afno sampurna gumaya ka haru le thau payanan aba tehi maobadi ka badhiya le pani gardai chhan.

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • deepak wrote on 17 January, 2013, 7:10

    esto chalan sabai partyma 6,sachha karyakarta sadai ojhelma

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Afghan shank (Rocket city) myagdi wrote on 17 January, 2013, 8:05

    हामी सबै मा खबरदारी हुनु पर्ने कुरा हो अवसर बादी हरु को जमघट जसलाई जे पनि गर्न सक्छन यी अवसर बादी हरु ले ,यिनी हरु को जमघट पैसा कमाउन र नेपाली जनता मर्न मात्र हो

    Like or Dislike: Thumb up 9 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • ya ra neu wrote on 17 January, 2013, 8:08

    abasar badhi haru sadhai yestai mahul ma ramauchhan .tasartha hami le coment garna layek yee hoinanan

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • नारायण गोविन्द प्रधान wrote on 17 January, 2013, 8:24

    नमालूम कुन वेशमा भगवान संग भेंट हुन्छ. यी सबै त डाका देखिंछ्न….

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • milan wrote on 17 January, 2013, 9:17

    ramro hudaichha khaobadi lai tauko dukhna pardina asali maobadi yinai hun

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane,arughat wrote on 17 January, 2013, 10:22

    Jo kohi pani prachanda,baburam lai gali,galauja garera janta bata najik hune sapana lin6,tyo afnai lagi atmaghati hune6.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु