राखी कुँवर
४ माघ, डडेल्धुरा । बझाङ जिल्लाका खरातडी, भामचौर लगायतका आधा दर्जनजति उच्च हिमाली गाविसहरुमा हिजोरातीदेखि सुरु भएको हिमपात अझै नरोकीएको पछि जनजिवन निकै कष्टकर बनेको छ । हिजोराती परेको पानी संगै सुरु भएको हिमपात अहिले सम्म पनि नरोकीए पछि दैनिक कामकाज गर्न समेत गारो भएको स्थानिय हेमन्त जाग्रीले बताउनु भयो ।
ति गाविसहरुका उच्च भागहमा करिब २ फिट भन्दा बढी हिमपात भएको स्थानियको भनाई छ । चिसोका कारण बालबालिका तथा बृद्धबृद्धा बढी प्रभावित भएका छन । यस्तै सुदूर पश्चिमका विभिन्न उच्च हिमाली भेगमा पनि हिमपात सुरु भएको छ । यसैबिच पश्चिमी पहाडी क्षेत्रमा आज हल्का बर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।