विपक्षीको आन्दोलन प्रधानमन्त्रीको कुर्सीका लागि होइन : ज्ञवाली :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

विपक्षीको आन्दोलन प्रधानमन्त्रीको कुर्सीका लागि होइन : ज्ञवाली

४ माघ, इलाम । नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख प्रदीप ज्ञवालीले विपक्षी दलले गर्ने आन्दोलन सत्ताका लागि नभई मुलुकलाई संकटवाट बचाउनका लागि भएकेा वताउनु भएको छ । नेकपा एमाले इलामले विहीवार पार्टी कार्यालयमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले माघ ६ गतेवाट सुरु हुने आन्दोलन प्रधानमन्त्रीको कुर्सीका लागि नभई जनताको अधिकार रक्षाका लागि केन्द्रीत हुने वताउनु भएको हो ।

ज्ञवालीले विपक्षीको आन्दोलनले सहमति नचाहने एकीकृत माओवादीलाई सहमतिका लागि दबाब दिन, सहमतिका लागि पहल गर्न र जनजीविकाका प्रश्नको समाधान गर्न आन्दोलन घोषणा गरिएको बताउनुभयो । उहाँले विपक्षीको आन्दोलन एमाओवादी र सरकारलाई गलाउन नभई बार्तामा आउन र सहमतिका लागि दबाब दिन भएकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका माथि सरकारी हस्तक्षेप भए सशक्त आन्दोलन गर्ने वताउनुभयो ।

ज्ञवालीले सरकारकै कारण देशमा दण्डहीनता मौलाइरहेको बताउँनु भयो । ज्ञवालीले पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई संरक्षण गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति र कारबाही प्रक्रिया अघि नवढाउन दिएको निर्देशन गैरजिम्मेवार भएको वताउनुभयो । एमाओवादीले स्वतन्त्र व्यक्तिको नाममा सरकार बनाउन प्रस्ताव राख्नु अर्को दाउपेच मात्र भएको ज्ञवालीको आरोप छ । राष्ट्रपतिले सहमतिका लागि म्याद दिएकाले विगतमा घोषणा गरिएको आन्दोलन स्थगित गरिएको उहाँले वताउनुभयो । उहाँले विभिन्न बहानामा र षडयन्त्र गरेर एमाओवादी निर्वाचनबाट भाग्न खोजिरहेको आरोप लगाउनुभयो ।

17 Comments on “विपक्षीको आन्दोलन प्रधानमन्त्रीको कुर्सीका लागि होइन : ज्ञवाली”
  • maya wrote on 17 January, 2013, 7:06

    sabieko chila kura hun6n

    Like or Dislike: Thumb up 9 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Mani Newa. wrote on 17 January, 2013, 7:37

    ke ka lagi hooo , e prabhuuuuuuuuuu ??????????? prakas paribaksyos na ta.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Afghan shank (Rocket city) myagdi wrote on 17 January, 2013, 7:44

    सबै कुकुर काशी गय गु केले खाला ? भन्दा पनि फरक नपर्ला यो आन्दोलन लाई पनि किन कि नेपाली जनता हरु ले देखि सके को 2047,2062-63 को जन आन्दोलन र यस को उपलब्धि

    Like or Dislike: Thumb up 11 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • surya poudel wrote on 17 January, 2013, 7:47

    विपक्षीको आन्दोलन सत्ताका लागि मात्र हो यसले सर्वसाधरण जनतालाई केई हुने वाला छैन
    केवल सुशील वा कुनै नया पात्र लाई प्रधानमन्त्री बनाउने मात्र हो ! यसमा कुनै निकाश छैन

    Like or Dislike: Thumb up 15 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • bhim wrote on 17 January, 2013, 7:59

    pradhan mantri ko lagi hoina vane kina pradhan mantri lai rajina maa gar vandai 6u chor haru….!aafai kam-chalau vanne ani aafai rajina maa gar vanne kasta pakhandi ho timiharu..?

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sattya wrote on 17 January, 2013, 8:08

    कामरेड यदि प्रधान मंत्रीको लागी नभए यो के का लागी त ?अहिले जे जती देश र जनातामा संकट आई परेको छ नि प्रदीप जी, यो सबै तपाईहरु जस्ता नालायक नेताले गर्दा नै हो की होइन ? २०४६ साल पछि एमाले, कांग्रेस अझ कहिले हरियाली रे ७४ बनेर कति चोटी सूर्य बहादुर र लोकेन्द्रलाई पटक पटक प्रधान मंत्री बनाउनु भयो भन्नु त ? यदि तपाईहरुलाई प्रधान मंत्री नाचाहिने भए किन माधव प्रधान मंत्री हुंदा झलनाथले सहयोग गर्नु साटो बिरोध गरेर आफै प्रधान मंत्री भए ? केपी ओली ले किन झलनाथलाई सहयोग गरेनन ? नेपालमा क-कसको (कुन कुन पार्टीका) कारणले माओबादको जन्म भयो ? यदि कांग्रेस र एमालेले सुशान दिएको भए आज यो दिन अबश्य पनी आउने थिएन । के यी सब कुरा ऐना अगडी आफै संग आफ्नो आँखा जुधाएर हेरेर तपाई भन्न सक्नु हुन्छ? म र मेरो पार्टीका नेताहरु कति श्वच्छ जिम्मेवार भनेर छौं !

    Like or Dislike: Thumb up 19 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Nishan wrote on 17 January, 2013, 8:32

    “MOHI MAGNU DHUNGRO LUKAAUNU” banda gara janatalaai MURKHA banaaune KHEL!! Andolan PM ko kursiko laagi haina vane KANGRES ra EMAALE ko khoi ta SAMBIDHAN ra SHANTI pratiko pratibadhdhata??!! Banda gara timiharuko DAADAA giri ra DON giri. Yo desh KANGRESS ra EMAALE ko BAPOUTI BIRTA haina!!

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nepali wrote on 17 January, 2013, 8:37

    aandolan ko bikalpa chhain !

    Like or Dislike: Thumb up 0 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • नारायण गुप्ता wrote on 17 January, 2013, 8:56

    यी बुद्धिजीवीहरुको काम आफ्ना निहित स्वार्थलाई ज्ञानको वस्त्र लगाउनु रहेको छ. एमाले र कांग्रेसको वर्तमान अड़ान आत्मघाती छ. देशलाई थप द्वन्दमा फंसाउने खेल बंद गर्नुस प्रदीप दाई. तपाई बुझेर पनि न्बुझे जस्तो नगर्नुस. प्रतिगमन संभव छैन.

    Like or Dislike: Thumb up 12 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • indraman devkota wrote on 17 January, 2013, 8:59

    pardeep ji kati kura fernu hunchha tapai pani sarkar vikhari le bhik magesto magera na paya pachi aba andolan vannu hunchha . desh ko nikash ko lagi aru dherai bato haru apnauna saknu partheo. jhaha danda hanta ko kura chha tesko nispakchhe chan bin hune hovane tapai sabai tatkalin sarkar ma baseka ra annya sabai sat dal ka neta jel janu parchha ak jana jernl le vani sake maobadi ko nam ma nepali janata marna lagau ne tapai haru nai hunu hunchha.

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • DIWAKAR wrote on 17 January, 2013, 9:41

    mahobadi santi parkiya ma aauda churi phuri garne neta ma tapai pani yak ho .tesbela santi parkiya pura bhayar satya tatha malmilap aayog gathan nabhay yo ku ra na uthaune bhane ani aahile aayara janta ko aakhama charo halna laag lagdina neta ju [hu na ta tapaiko parti kun thagan bhyako ho ra tapaiko boliko thagan hos

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shiva dhital wrote on 17 January, 2013, 10:13

    यदि तपाईहरुलाई प्रधान मंत्री नाचाहिने भए किन माधव प्रधान मंत्री हुंदा झलनाथले सहयोग गर्नु साटो बिरोध गरेर आफै प्रधान मंत्री भए ? केपी ओली ले किन झलनाथलाई सहयोग गरेनन ? नेपालमा क-कसको (कुन कुन पार्टीका) कारणले माओबादको जन्म भयो ? यदि कांग्रेस र एमालेले सुशान दिएको भए आज यो दिन अबश्य पनी आउने थिएन । के यी सब कुरा ऐना अगडी आफै संग आफ्नो आँखा जुधाएर हेरेर तपाई भन्न सक्नु हुन्छ? म र मेरो पार्टीका नेताहरु कति श्वच्छ जिम्मेवार भनेर छौं भनेर?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane,arughat wrote on 17 January, 2013, 10:36

    Andolan kursi ko lagi navaya k ko lagi vanera bujne jantale ?tapai haruko ajenda khoi ? Pm le rojera mantralaya linu ra deslai nikas dinu paryo.vandai6n .kina jantalai vulyaunu hun6

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bibek wrote on 17 January, 2013, 10:58

    कामरेड यदि प्रधान मंत्रीको लागी नभए यो के का लागी त ?अहिले जे जती देश र जनातामा संकट आई परेको छ नि प्रदीप जी, यो सबै तपाईहरु जस्ता नालायक नेताले गर्दा नै हो की होइन ?

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Olate Magar wrote on 17 January, 2013, 11:21

    kaite kura . yo pardep bhanne manis le yastai khaloade kura garchha. timiharu ko aandolan pardhan mantri kai lagi ho .

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • शैलेश भट्टराई wrote on 17 January, 2013, 16:18

    विपक्षीको आन्दोलन कुर्सीका लागि होइन केवल प्रधानमन्त्री पदका लागि मात्रै हो ! कि कसो त कोइरालाका कनिष्ट कामदार ज्ञवालीजी ??

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Dinesh wrote on 18 January, 2013, 5:33

    This is the common agenda of political parties of Nepal. Every parties are telling that they are doing only for people sovereignty and protection of country but what we found ? Is our country protected from ongoing economic/ political instability? Is only one party responsible for national consensus? What about the role of other largest parties? What are their agenda? If they are saying first PM resignation then consensus what could we understand? Does not it implies that post of PM is first priority than national consensus? Need to be think…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु