पूर्वसभासद सन्ध्या देवी शरतसिंहको पार्टीमा प्रवेश :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पूर्वसभासद सन्ध्या देवी शरतसिंहको पार्टीमा प्रवेश

४ माघ, काठमाडौं । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्दि्रय सदस्य एवं पूर्वसभासद् सन्ध्या देवी शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

देवी तत्कालिन व्यवस्थापिका संसदको महिला तथा बालबालिका समितिका सभापति हुनुहुन्थ्यो ।

राष्ट्रिय मधेश समाजवादी पार्टीको गठन तथा बिस्तारको क्रममा अपनाइएको लोकतान्त्रिक पद्धति तथा समावेशी, समानता र समृद्धिलाई लिएर देखिएको प्रष्ट नीति तथा दृष्टिकोणले गर्दा आफू नयाँ पार्टीमा आबद्ध भएका देवीले बताउनुभयो ।

आफू पहिलेसम्बद्ध पार्टीले जनताका आशा र अपेक्षाअनुरुप काम गर्न नसकेको र दलहरुमा देखिएको व्यक्तिनिष्ठा तथा सत्तालोलुपताले गर्दा मधेशी जनतामा गम्भीर असन्तुष्टि पलाउँदै गएको उल्लेख गर्दै नयाँ राजनीतिक शक्तिसँग अघि बढ्दै मधेशका माग र मुद्दालाई आफूले बलियो बनाउने उहाँले बताउनुभयो ।

2 Comments on “पूर्वसभासद सन्ध्या देवी शरतसिंहको पार्टीमा प्रवेश”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु