प्रधानाङ्गलाई जापानमा मानव अधिकार पुरस्कार :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

प्रधानाङ्गलाई जापानमा मानव अधिकार पुरस्कार

४ माघ, टोक्यो । जापानमा एक नेपाली अधिकारकर्मीले मानव अधिकार पुरस्कार पाएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा टोकियो बार एसोशिएसनले नेपाली अधिकारकर्मी राजन प्रधानाङ्गंगलाई मानव अधिकार पुरस्कार प्रदान गरेको हो । २५ वर्षदेखि नेपाली तथा विदेशीका लागि जापानमा रहेर मानवअधिकार तथा समाज सेवामा समर्पित प्रधानाङ्गलाई पुरस्कृत गरिएको टोक्यो बार एशोशिएनसनले जनाएको छ ।

एक जापानी महिलाको बलात्कारपछि हत्या अभियोगमा बिना कसुर १५ बर्षसम्म जापानी जेलमा बन्दी जीवन बिताउन बाध्य नेपाली नागरिक गोबिन्द मैनालीलाई रिहा गराउन प्रधानाङ्गले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँकै सक्रियतामा गठित सहयोग समितिले मैनालीका पक्षमा निरन्तर कानुनी पैरवी गर्नुका साथै मैनालीको परिवारलाई आर्थीक सहयोग समेत गरेको थियो । अन्ततः मैनाली निर्दोष ठहरिए र १५ बर्षपछि रिहा भइ नेपाल फर्किए । हाल उनको क्षतिपूर्तीसम्बन्धी मुद्दा चलिरहेको छ ।

जापानमा नेपाली नागरिकले अन्तर्राष्ट्रिय मानव अधिकारजस्तो महत्वर्पूण पुरस्कार पाएको यो पहिलो पटक हो । पेशाले इन्जिनियर प्रधानाङ्ग एनआरएन जापानका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

 टोक्योमा भएको कार्यक्रममा जापान कानुन व्यवसायी महासंघका अध्यक्ष यमागिसी केन्जी, सर्वोच्च अदालतका न्यायाधीस यामाउरा योशिकी, कानुन मन्त्री तानिगाकी सादाकाजु, टोकियो जिल्ला अदालतको मुख्य न्यायाधीश कादा यूइची, क्षेत्र प्रहरी प्रमुख इनामी तोशिहिको, बार एसोसिएसन अध्यक्ष साइतो योशिफुसालगायतको उपस्थिति रहेको थियो ।

2 Comments on “प्रधानाङ्गलाई जापानमा मानव अधिकार पुरस्कार”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु