जैविक रुपमा मान्छे उभयभक्षी जिव हो । अर्थात् यो मांशाहारी र शाकाहारी दुबै हो । यद्यपि कोही मानिसले मासुजन्य पदार्थ खाँदैनन् र शाकाहारी हुन्छन् । तर समग्रमा सबै मान्छेको जैविक चरित्रको व्याख्या गर्दा मानवजातीलाई उभयभक्षी भन्ने गरिन्छ ।
मानिस शाकाहारी बन्नु वा मासुजन्य पदार्थ नखानुका विभिन्न कारण हुनसक्छन् । घरपरिवारको संस्कार, धर्म, परम्परा, अरुची वा मनोवैज्ञानिक प्रभाव । मासु खाँदा स्वास्थ्यमा असर पर्छ र शाकाहारी भोजनले लाभ हुन्छ भन्ने जानेर शाकाहारी बन्ने मानिसहरु निकै कम छन् ।
वास्तवमा जो शाकाहारी भोजनको लाभ जान्दछ र सोही मुताविक मांशाहारी भोजन त्याग गर्छ त्यो स्वास्थ्यका दृष्टिले मात्र नभै मनोवैज्ञानिक हिसाबमा पनि फाइदाजन हुन्छ ।
निरोगी पेट: शाकाहारी बन्नुको पहिलो फाइदा भनेको यसले तपाइँको पेट स्वस्थ बनाउँछ । शाकाहारी मान्छेले मासुको साटो प्रसस्तै हरियो सागसब्जी खाने भएकाले हरीयो सागपातमा पाइने फाइबर तत्वले आन्द्रा तथा समग्र पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । सागपातले पेटको क्यान्सरको खतरा पनि कम गर्ने बताइन्छ ।
बोसोबाट मुक्ति, स्वस्थ मुटु: शाकाहारी आहारमा कम चिल्लो तथा सोडियम पाइन्छ । मांशाहारी भोजनमा हानिकारक बोसो पाइने भएपनि शाकाहारी आहारमा पाइने चिल्लो पदार्थ मानव सरीरका लागि हानिकारक हुँदैन । यसले रक्तचापको नियन्त्रणका साथै मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
विषको जोखिम कम: शाकाहारी भोजनमा कुनैपनि प्रकारको विषजन्य तत्व हुँदैन । तर मांशाहारी भोजन कहिलेकाहीँ विषाक्त समेत बन्न सक्छ । पशुको सरीरमा पनि स्टेरोइड लगायतका विभिन्न तनाव हर्मोन पैदा हुने र ती हर्मोनहरु उक्त पशुको मासुमा समेत रहने भएकाले त्यस्तो हर्मोनयुक्त मासु खाँदा त्यो हर्मोन मानिसको रगतमा मिल्न गै त्यसले रगतलाई विषाक्त बनाउने खतरा हुन्छ । साथै मासुका लागि व्यवसायिक रुपमा पालिएका कुखुरा, हाँस वा अन्य चराचुरुंगी र पशुहरुमा दिइने वृद्धि हर्मोनयुक्त सुइका कारण त्यस्ता सुइ लगाइएका पशुपंक्षीका मासु खाँदा पनि मानवस्वास्थ्यमा नराम्रो असर पुग्छ ।
क्यान्सरको जोखिम कम: शाकाहारी आहारमा एन्टिअक्सीडेन्ट तत्व, लवण, भिटामिन तथा अन्य प्रसस्तै पोषक तत्व पाइन्छ । यी पोषक तत्व हाम्रो सरीरको रोग प्रतिरोधी क्षमताको विकाशका लागि अनिवार्य हुन्छन् । रोग प्रतिरोधी क्षमता उच्च हुनु भनेको क्यान्सर जस्ता असाध्य रोगको जोखिम समेत कम हुनु हो ।
वजन नियन्त्रण: शाकाहारी भोजनका लाभहरु मध्येको एक हो सरीरको वजन वा मोटोपन नियन्त्रण हुनु । शाकाहारी भोजन पेटमा पच्नको लागि अलिक धेरै समय लाग्ने भएकाले भोक ढिलो लाग्छ । जसका कारण खाने दरमा कमी आई स्वतः मोटोपन नियन्त्रण हुन्छ ।
last list was wrong!
Like or Dislike:
13
2
[जवाफ फर्काउनुहोस्]
sk shrestha Reply: January 18th, 2013 at 6:05 am
99.9% write
Like or Dislike:
7
4
[जवाफ फर्काउनुहोस्]
जे पि ति समाचार मेरो साथी कम्ती रोगी छ मोतो पनि छ सहकारी मन्छे
Like or Dislike:
3
6
[जवाफ फर्काउनुहोस्]
शाकाहारी भोजन पेटमा पच्नको लागि अलिक धेरै समय लाग्ने भएकाले भोक ढिलो लाग्छis not true and this is just opposite. but the other points are true.
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Ekdamai thik ho.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
99.99% write ho
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
yes i am fully agreed with hello
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
guruharule ta ek tukra masu pachhauna 72 ghanta chhahinchha bhanchha. sagpat chhitae pachchha bhannuhunchha ta.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Bharatiya haru tehi bhayera dubla bhayeka holan…
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
मैले सुनेको त शाकाहारी भोजन पो छिटो पच्छ भन्ने थियो
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]