चिडियाखानाको पोथी चिम्पाञ्जीलाई ब्लु फिल्मको लत :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

चिडियाखानाको पोथी चिम्पाञ्जीलाई ब्लु फिल्मको लत

युवायुवतीलाई पोर्न सामाग्री हेर्ने लत बस्ने गरेको कुरा त सुनिएकै हो । तर हुँदाहुँदा बाँदरलाई समेत ब्लु फिल्म हेर्ने बानी बसेको खबर सुन्नुपरेको छ । हो, स्पेनको एक चिडियाखानामा रहेको गिना नामको चिम्पाञ्जीलाई टेलिभिजनमा ब्लु फिल्म तथा अन्य पोर्न सामाग्री हेर्ने लत बसिसकेको छ ।

सेभिली चिडियाखानाको उक्त पोथी चिम्पाञ्जी चिडियाघरमा राखिएको टेलिभिजनमा पोर्न सामाग्री प्रशारण हुने टेलिभिजन च्यानल हेर्न मन पराउँछ । अझ अचम्मको कुरा त के भने उसको नजिकै रिमोट राखिदियो भने चिम्पाञ्जीले आफै रिमोट चलाएर पोर्न च्यानल टयुन गरेर मज्जाले हेर्नेगर्छ ।

चिडियाघरको त्यस चिम्पाञ्जी मानिसको अश्लील सामाग्री हेर्ने लतमा फसेको कुरा एकजना बाँदरविज्ञ पाब्लो हेरेओसले पत्ता लगाएका हुन् ।

चिडियाखानाको आफ्नो अध्ययनका क्रममा उनले त्यहाँ रहेका जिवजन्तुहरुको आनीबानीको सर्भे गरेका थिए । त्यसक्रममा उनले गिना चिम्पाञ्जीको बानी व्यहोरा देखेर तिनछक परे । त्यो पोथी चिम्पाञ्जी त्यसरी अश्लीलताको पारखी छ भन्ने कुरा आफुले कल्पना सम्म नगरेको उनी बताउँछन् ।

चिम्पाञ्जीमा स्वभावतः यौन इच्छा हुने र त्यो लगभग मानिसकै सँग मिल्ने भन्दै उनले चिडियाखानाको पिञ्जडामा एक्लै थुनिएर बसेको उक्त चिम्पाञ्जीले यौनको भोक मेटाउन पोर्न सामाग्री हेर्न मन गर्ने गरको ठहर गरे । उसलाई यौनेच्छा पूर्तिका लागि विभिन्न खेलौनाहरु लगायतका सामाग्री दिनुपर्ने उनको सुझाव छ ।

यसैबीच गिनाको चाहनालाई मध्यनजर गरी उसको रातलाई रंगीन बनाउन चिडियाखानाका अधिकारीहरुले उक्त चिम्पाञ्जी राखिएको कोठामा टेलिभिजन जडान गरिदिने निर्णय गरे । चिम्पाञ्जीले मात्र हेर्न सक्ने गरी उक्त कोठामा टेलिभिजन जडान गरियो र रिमोट कन्टोल पनि कोठामै राखियो ।

गिनालाई पनि मज्जै भयो रातको समयमा आफैले रिमोट चलाएर च्यानल चेन्ज गर्दै टिभीमा पोर्न च्यानल खोलेर आनन्दका साथ अश्लील दृश्यहरु हेर्न पाएको छ ।

8 Comments on “चिडियाखानाको पोथी चिम्पाञ्जीलाई ब्लु फिल्मको लत”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु