विचित्र संसार मार्फत हामीले यो दुनियाका अनौठा र विचित्र होटलहरुका बारेमा समाचार सन्दर्भहरु प्रस्तुत गर्दै आएका छौँ । लिंगका मात्र परिकार पाइने होटल देखि लिएर छिर्दैमा सनक चढ्ने होटलका बारेमा पनि तपाइँले पढिसक्नुभएको छ । पूर्वमन्त्रीको कण्डम रेष्टुरेन्ट देखि तरुनीको नांगो जिउमा खाना पस्किने होटलको बारेमा पनि हामीले जानकारी दिइसकेका छौँ ।
विचित्र होटल श्रृंखलाको यो अर्को भागमा हामीले फेरी यस्तै अनौठो होटलको बारेमा जानकारी दिँदैछौँ । यद्यपि यो होटलमा चर्चा कमाउन कुनै त्यस्तो सेक्सको फर्मूला प्रयोग गरिएको छैन । यो होटल त आधुनिकता र प्रविधिको एक अनुपम उदाहरण हो ।
यसो कल्पना गर्नुहोस् त तपाइँ कुनै होटलमा खाना खान जानुभएको छ । जब तपाइँलाई खाना अर्डर लिन आउने र अर्डर मुताविकको खाना टक्राउन कुनै वेटर आउँदैन र रोबोटले खानाको अर्डर लिन्छ र खाना टक्राउँछ भने तपाइँलाई पहिलोचोटी झसँग हुनुहुन्छ होला । सायद म सपनामा छु की भन्ने लाग्छ होला र दोश्रो दुनियामा भएझैँ लाग्छ होला ।
तर रोबोटले खाना टक्राउने होटल खोज्न कुनै दोश्रो दुनियामा जानु पर्दैन । हाम्रै छिमेकी देश चिनमा यस्तो होटल खुलेको छ जहाँ रोबोट कर्मचारीहरु छन् । चीनको हार्बिनमा यस्तो होटेल खुलेको हो । उक्त होटेलमा रोबोटले पाहुनाहरुलाई सेवा गर्ने मात्र होइन मनोरञ्जन समेत दिन्छन् । होटलमा काम गर्ने ती रोबोट एकपक चार्ज गरेपछि ५ घण्टासम्म लगातार काम गर्न सक्छन् ।
होटेलको मुख्य ढोकामा एक रोबोट उभिएको हुन्छ । उसको हातमा लेखिएको छ, सुकाइफाइ रेष्टुरेन्ट । यो अत्याधुनिक सुकाइफाइ रेष्टुरेन्ट आजभोलि चीनमा निकै लोकप्रिय बनेको छ ।
हामी पनी कम छैनौ चाइना को रोबोट भन्दा / तेह त अर्डर लीने र खाना दिने मात्र गर्दो रहेछ येह हाम्रो नेपाल माँ त छिमेक बाट जस्तो प्रोग्राम भरेर पठौछां तेस्तै केहि गल्ती नगरी कम्तिमा २ बर्ष काम गर्छन हाम्रा नेताले / चार्ज पनि ६-६ महिना माँ गर्न पर्छ तर चार्ज गर्ने ब्यबस्था बरु अली गारो छ उतै नगै हुदैन / हामी गर्ब गर्छौ की हाम्रा २१ औ शताब्दीका नेता पाएर /
Well-loved. Like or Dislike:
71
0
[जवाफ फर्काउनुहोस्]
nirmal Reply: January 18th, 2013 at 9:34 am
he he he so Funny
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
La aba janu parchha china . Robot ko service lina .
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]