४ माघ, काठमाडौं । देशमा संविधान कहिले र कसरी बन्ला अझै टुंगो छैन । संविधान बनाउने जिम्मा बोकेर चारवर्ष नयाँ बानेश्वरमा दौडधूप गरेका नेताहरु अहिले चारतिर बाँडिएका छन् । संघीयता र राज्य पुनर्संरचनाका छेउटुप्पो फलाकेर नथाक्ने विज्ञहरु कुना पसेका छन् । तर धान फलाउने र धानको बारेमा अनुसन्धान गर्नेहरु अझै थाकेका छैनन् ।
पोहोरको तुलनामा यसवर्ष धान उत्पादन त कम भयो । तर धानको अध्ययन र अनुसन्धान चाहिँ बढिरहेको छ । ललितपुर खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषदको वनस्पति महाशाखाको चोटाकोठा र छतमा धानका जातका नमूना छन् । ‘पुराना र हामीले अनुसन्धान गरेर पत्ता लगाएका धेरैथरीका जात छन्’ नार्कका धानबाली विज्ञ हरिकृष्ण उप्रेतीले अनलाइनखबरसित भन्नुभयो-’धानको उत्पादन बढाउने जातको अध्ययन, अनुसन्धानको काम अहिले पनि भैरहेको छ ।’
नार्कले किसानको खेत, आफ्नै फिल्ड र प्रयोगशालामा मार्फत धानको अध्ययन र अनुसन्धान गर्छ । परम्परागत रुपमा किसानले खेती गर्दै आएका र पछि सिफारिस गरिएका गरी अहिलेसम्म ६८ वटा धानको जात पत्ता लागेको छ । ‘तराई, पहाड र उच्चपहाडमा खेती गर्नको लागि पत्ता लागेका यीमध्ये १२ वटा जात अहिले प्रचलनमा छैन’ उप्रेतीले भन्नुभयो-’३० वटा जात बढी प्रचलित छन् ।’
नयाँ जात पत्ता लाग्न समय
नार्कले सुख्खा, बढी पानी, कम मलिलो र ओसिलो सबै ठाउँमा सुहाउने गरी थरीथरीका जात सिफारिस गर्दै आएको छ । तर नयाँ जात पत्ता लगाउन त्यति सजिलो छैन । ‘पहिले हामी फिल्डमा अनुसन्धान गर्छौं, त्यसपछि त्यसको बाला लिएर प्रयोगशालामा जाँच गरिन्छ, अनि फेरि फिल्डमा लगेर खेती गरिन्छ’ धानबालीविज्ञ उप्रेतीले भन्नुभयो-’एउटा जात अध्ययन गरेर सिफारिस गर्दा १२/१५ वर्षसम्म पनि लाग्न सक्छ ।’ अहिलेसम्म पत्ता लागेका जातको मूल्याँकनसँगै नयाँ जातको खोजी गर्ने काम अहिले पनि भैरहेको उप्रेतीले बताउनुभयो ।
देशमा कृषि संबंधी अनुसंधान भए पनी नवीन कृषि तकनीकी आम किसानको पहुचबाट निकै टाढा छ.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]