अमेरिकी राजदूत पाँचखाल ब्यारेकमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

अमेरिकी राजदूत पाँचखाल ब्यारेकमा

४ माघ, काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाको सह-आयोजनामा हुन लागेको तालिम अभ्यासबारे बुझ्न अमेरिकी राजदूत पिटर डब्ल्यु बोडेले विहीबार काभ्रे जिल्लाको पाँचखालमा अवस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण गर्नुभएको छ । राजदूत बोडेका साथमा प्रधान सेनापति गौरबसमशेर राणासमेत हुनुहन्थ्यो ।

अमेरिकी सेना र नेपाली सेनाले आगामी चैत्र १२ देखि २५ गतेसम्म पाँचखालमा ‘अभ्यास शान्ति प्रयास-२’ नामको तालिम अभ्यास गर्दैछन् । उक्त अभ्यासको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यका लागि मिशन ईलाकामा तैनाथ हुनुपूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एक-आपसमा सहकार्य गर्ने र शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिबृद्धि ल्याउनु रहेको नेपाली सेनाले बताएको छ ।

‘अभ्यास शान्ति प्रयास-२’ मा संलग्न हुने बहुराष्ट्रिय फौजलाई आवश्यक पर्ने दक्ष शिक्षकहरु तयार गर्न हाल उक्त केन्द्रमा नेपाली सेनाका अधिकृतहरुले तालिम लिइरहेका छन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु