४ माघ, तनहुँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले माथिल्लो सेती परियोजना निर्माणको काम छिट्टै सुरु हुने वताउनु भएको छ । उहाँले सेती नदीमा निर्माण गर्न लागिएको परियोजनाका लागि सरकारले आवश्यक स्रोत जुटाएर निर्माण कार्यलाई अघि बढाएको जानकारी दिनुभयो ।
परियोजनाको अवलोकनपछि तनहुँमा पत्रकारहरुसंग कुराकानी गर्दै पुनले जापान, जाइका, युरोपेली बैँकलगायतका दातृ निकायको सहयोगमा निर्माण कार्य बढाउने तयारी भइरहेको बताउनुभयो । उहाँले परियोजना सुचारु गर्न आर्थिक समस्याले कुनै अवरोध नपुर्याउने भन्दै मन्त्री पुनले परियोजनाको निर्माण कार्य यसै वर्षदेखि सुरु हुने वताउनुभयो ।
उहाँले माथिल्लो सेती परियोजना सम्पन्न भएपछि तनहुको मात्र नभई समग्र देशको विद्युत्भार कटौतीलाई समेत न्यूनीकरण गर्न सकिने भएकाले परियोजना निर्माणमा सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
अर्थमन्त्री पुनले मुआब्जा वितरणको मा भइरहेको र मुआब्जा वितरण कार्य सकिएपछि अन्य कार्य अघि बढाइने वताउनुभयो ।