फिनल्यान्डले नेपाललाई १३ अर्ब रुपैयाँ सहयोग गर्ने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

फिनल्यान्डले नेपाललाई १३ अर्ब रुपैयाँ सहयोग गर्ने

४ माघ, काठमाण्डौ । फिनल्यान्डले नेपालको सामाजिक आर्थिक विकासका लागि करिव १३ अर्ब दूई करोड रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने सैद्धान्तिक सहमति जनाएको छ । नेपाल-फिनल्याण्ड उच्चस्तरीय दोस्रो परामर्श बैठकमा फिन्डल्यान्डले नेपालले अघिसारेको त्रिवषर्षीय योजना कार्यान्वयन गर्न उक्त रकम सहयोग गर्ने सैद्धान्तिक सहमति जनाएको हो ।

मुलुकले सन् २०१३ देखि २०१७ सम्म नेपालमा शिक्षा, वन, ग्रामीण खानेपानी, मानवअधिकार र सुशासन प्रवर्द्धनमा केन्दि्रत रहेर उक्त रकम उपलब्ध गराउने आश्वासन दिएको हो । योजना कार्यान्वयनका लागि फिनल्यान्डले करिब १५ करोड अमेरिकी डलर प्रदान गर्ने आशय व्यक्त गरेको निमित्त अर्थ सचिव राजन खनालले जानकारी दिनुभयो ।

बैठकका निर्णय मस्यौदामा निमित्त सचिव खनाल र फिनिस प्रतिनिधिमण्डलका प्रमुख विदेश मन्त्रालयमा एसिया-अमेरिका विभागका नायब महानिर्देशक पेक्का पुस्टेनिनले हस्ताक्षर गर्नुभएको थियो । फिनल्याण्डले अन्य युरोपेली मुलुकसँग मिलेर शान्ति कोषमार्फत शान्तिप्रक्रियामा पनि सघाउँदै आएको छ । फिनल्याण्डको सहयोगमा नेपालका विभिन्न ३५ जिल्लामा परियोजना सञ्चालित छन् । बुधवारवाट सुरू भएको वैठक विहीवार सकिएको छ ।

4 Comments on “फिनल्यान्डले नेपाललाई १३ अर्ब रुपैयाँ सहयोग गर्ने”
  • resham lal khanal wrote on 17 January, 2013, 14:03

    this is great but neplese government have to used in a right way in right place. creat a a lots of people get job open a international company. those company neplese people get a job ………………if they did miss use its a afuls

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    human Reply:

    nepal has no government,it has only politicians

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    balaram Reply:

    आफै त महादेव उत्तानो पर कसले देला बर ? नोकिया मोबाइल को बिजनेस घटेर मन्दी छाइरहेको छ ! जनता दिनदिनै बेरोजगार भएर समस्येइ समस्या थपिएको छ ! जी डी पी ले नकारात्मक संकेत दीसकेको छ ! नेपाल लाइ सहयोग त मुखैले होला ! हुन त जर्जिया (पूर्व सोभियत ) जस्तो देश जो आफैमा कंगाल छ त्येस्त ले लगानी गर्छोउ भन्दा मक्ख पर्ने नेता कर्मचारी ! बोलेको पुरा गर्ने पर्छ भन्ने कहिछ र ?

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • bipin magar wrote on 18 January, 2013, 9:54

    फेरी अर्को कुन्चै बकम्फुसे नेताको खल्ती भरिने भयो ,छोरा छ्री अमेरिका ,यूरोप तिर पठाउने भए बा!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु