नियमित गर्भजाँच गराउनेलाई अन्डा उपहार :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नियमित गर्भजाँच गराउनेलाई अन्डा उपहार

४ माघ, ओखलढुङ्गा । दक्षिणी गाविस मानेभञ्ज्याङको सगरमाथा स्वास्थ्य आमा सञ्जालले गर्भवतीलाई अन्डा वितरण गर्न थालेको छ ।

स्वास्थ्यचौकीमा गएर नियमित स्वास्थ्य जाँच गराउने गर्भवतीलाई सञ्जालले उपहारस्वरुप अन्डा वितरण गर्न थालेको हो । सञ्जालका अध्यक्ष माया राईले गर्भ जाँच गराउन र आमा तथा बच्चाको जीवनरक्षाका लागि सो अभियान थालिएको बताउनुभयो । गर्भवती भएको चार महिनादेखि नौ महिनासम्म चार पटक जाँच गराउनेलाई २७ वटा अन्डा उपहार दिने गरिएको बताइएको छ ।

अभियानबाट गर्भवतीको स्वास्थ्य स्थितिबारे थाहा हुने र गर्भवतीले पौष्टिक तत्व पनि पाउने भएकाले दोहोरो फाइदा पुगेको स्थानीयवासीको भनाइ छ । गत साउनदेखि सुरु भएको अभियानमार्फत हालसम्म २३ गर्भवतीले गर्भजाँच गराएर अन्डा प्राप्त गरिसकेका छन् । रासस

2 Comments on “नियमित गर्भजाँच गराउनेलाई अन्डा उपहार”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु