आरपी सुवेदी
४ माघ, नेपालगञ्ज । नेपालगञ्जमा सम्पन्न मध्यपश्चिम पल्सर खेलकुद अवार्डमा बदरुद्दिन अन्सारी र कृष्णा थापा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
मोेफसलबाट खेलकुदको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुले स्थापना गरेको अवार्डमा सुटिङ्गका खेलाडी बदरुद्दिन अन्सारी वर्ष उत्कृष्ठ पुरुष खेलाडी, कृष्णा थापा वर्ष उत्कृष्ट महिला खेलाडी र अनिता श्रेष्ठलाई विशेष सम्मानबाट सम्मानित गरिएको छ ।
भलिबल, क्रिकेट, हकी लगायतको खेलमा योगदान दिँदै आएका डा. फजल अब्बास रिजवीलाई ‘लाइभ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।
ब्याडमिन्टनका दिपेश धामी सुदूरपश्चिम विशेष अवार्डवाट सम्मानित भएका छन् । उसुका विजय सोनी हौसला विधामा, पार्वती थापा उत्कृष्ट प्रशिक्षक र जुम्लाका विश्वरुपा वुढा ‘युवा वर्ष खेलाडी’वाट सम्मानित भएका छन् ।