प्रविधिको विकास यति तिव्र गतिमा भइरहेको छ कि हामीले त्यसको अनुमान लगाउन पनि मुस्किल हुन थालिसक्यो । त्यसको उदाहरणको हो मार्टिन घडी ।
यो घडीले समयबारे जानकारी दिने त भइहाल्यो, अन्य धेरै रोचक कामहरु पनि गर्छ । भोक लागेको बेला तपाई आफ्नो नाडीमा बाँधिकाएको यो घडीलाई नजिकै रेस्टुराँ कहाँ छ भनेर सोध्न सक्नु हुनेछ । यसले तपाईले नजिकै भएको रेष्टुराँको नाम बताइदिन्छ । घडीमा एलसीडी डिस्प्ले छ, जहाँ तपाई आफ्नो फेसबुक स्टाटस अपडेट गर्न सक्नु हुनेछ ।
यसमा तपाई एसएमएस पढ्न मात्र हैन, कसैले पठाएको सन्देश सुन्न पनि सक्न हुनेछ । कसैलाई थाहै नदिई नाडीमा बाँधेको घडीले तस्वीर पनि खिचिसकेको हुन्छ ।
झट्ट सुन्दा घडीले यी सबै काम गर्छ भन्ने प्रयास नलाग्न सक्छ । तर, विज्ञान प्रविधीको कमाल नै पर्यो । घडी यी सबै काम तपाईको खल्तीमा रहेको मोबाइलको सहयोगमा गरिसकेको हुन्छ । ब्लू टुथ प्रविधिका आधारमा नाडीमा बाँधिएको घडी र खल्तीमा रहेको मोबाइल एकआपसमा जोडिन्छन् ।
तपाई आफ्नो घडीसँग कुरा गरिरहँदा उसले भने मोबाइलसँग कुरा गर्छ । घडीमा माइक्रो फोन पनि लगाइएको छ, जसले तपाईको आबाजलाई मोबाइलसम्म पुर्याउँछ । यो घडी एन्ड्रोइड र आईओएस (एप्पल अपरेटिङ सिस्टम) दुबै प्रकारको मोबाइलमा काम गर्छ ।
क्यालिफोर्नियामा रहेको मार्टिन वाच वायरलेस टेक्नोलोजिमा काम गर्ने कम्पनी हो । पछिल्लोपटक ल्याएको यो घडीले अहिले बिश्वभर चर्चा कमाइरहेको छ । यस्तो घडीको अधिकतम मूल्य ३ सय अमेरिकी डलरसम्म छ ।
भिडियो हेर्नुहोस्
paisa na hune lai j aye pani k bhayo ra
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
vanesi yesle sailiko vatti local momocha resturent pani dekhauchha hola hoina??? hadai vo ho yo chai e sabai nepal ko lagi hoina us ko lagi kam ma aaune kuro ho jabo nepal ko lalitpur ko ta purai map google map ma 6aina tia na tui hatma lagyo 2 vane jasto
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
la 6itai market ma aaos yasle bharstachari haru lai samauna kei help hun6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Ya yota khusiko kura ho ni baru chito merketma layunu paro
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
it is today need.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]