धनी हुनु आफैँमा सजिलो कुरा होइन् । निरन्तरको मेहनत र अथक प्रयत्नपछि मात्र थोरै मानिसले धनीको पगरी गुथ्न सफल हुन्छन् । तर, जति मानिस धनी हुन्छ त्यति नै ऊ दुःखी बन्छ भन्दा धेरैले पत्यार नगर्न सक्छन् । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनले यस्तै कुराको खुलासा गरेको छ ।
‘दि मिलिनरिज ह्यापिनेस रिर्पोट’ ले बिहीबार सार्वजनिक गरेको सो प्रतिवेदनले सर्वाधिक धनी मानिस निकै दुःखी हुने देखाएको हो ।
‘जति तपाई धनी हुनुहुन्छ त्यति नै थोरै तपाई खुसी हुनुहुन्छ,’ सांघाईमा रहेको ह्युमन रिसर्च इन्स्िटच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ । एक करोड चिनियाँ युआन भएका पाँच सय ५१ चिनियाँ लखपतिमाझ गरिएको सो सर्बेक्षणमा औसत चिनियाँ लखपति दैनिक मुस्किलले साढे ६ घन्टा सुत्छन् ।
चिनियाँ लखपति आफ्नो स्वास्थ्य समस्याप्रति निकै असन्तोष रहने गरेको पनि सो अध्ययनले देखाएको छ । त्यस्तै कामको बोझका कारण परिवारलाई समय दिन नसकेका ती लखपतिले अहिले परिवारलाई विशेष प्राथमितामा राख्न चाहेको पनि अध्ययनमा देखाइएको छ ।
औसत ३७ बर्ष उमेर पुगेका र आफ्नै प्रयत्नमा धनी बनेका चिनियाँ महिला अविवाहित रहने सम्भावना बढी भएको पनि अध्ययनले खुलासा गरेको छ । त्यस्तै, अध्ययनमा सहभागी औसत ३५ प्रतिशत महिला सम्बन्धविच्छेद गर्ने गरेको वा एक जीवन बाँच्ने निर्णयमा पुगेको बताइन्छ । यो तथ्यांक पुरुष सर्वेक्षणको तुलनामा दोब्बर भएको पनि जनाइएको छ ।
सर्वेक्षणमा सहभागी चिनियाँ लखपतिको औसत उमेर ३८ बर्ष रहेको र उनीहरु ४० बर्षको उमेरमा अत्यधिक धनाढ्य कहलिने गरेको प्रतिवेदनमा जनाइएको छ । यो उमेरका लखपतिसँग कुल सम्पत्तिको १ करोड ६० लाख अमेरिकी डलर रहेको बताइन्छ । यसअघि सन् २०११ मा एक म्यागेनिले १ हजार चिनियाँ उच्च धनाढ्यमाझ गरेको सर्वेक्षणमा ५५ प्रतिशत निनियाँले चीन छाड्ने प्रक्रियामा रहेको वा सोबारे गम्भीर रुपमा सोचेको अध्ययनमा जनाइएको थियो । ‘हामीले असुरक्षाको अनुभव महसुस गरेका छौं,’ गत नोभेम्बरमा सार्वजनिक गरिएका सो रिर्पोटमा उल्लेख छ ।- एजेन्सीको सहयोगमा
very nice
Like or Dislike:
12
2
[जवाफ फर्काउनुहोस्]
it’s unbelievable truth.
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
truth….
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
bitter truth
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
sayad dhanle manchhe khusi hune bhaye Bill Gates world ko sabai bhanda khusi manchhe hunu parne ho …tara sayad testo nahola .Dhan na chahine pan hoina tara dhan ko Upayogita ma bhar parchha .Dhan ko sadupayog garna sake labhdayak nai hunchha.Tara raat din dhan ko pachhadi lagera pariwar,saathi sangi ,swasthya ,sewa, daan , paropakar lai pakah lagayera hidnu bhaneko sachai nai Dukha Nimtyaunu ho.tesaile “Saada Jiwan Uchcha Bichar” “Thora Khane Mitho khane” na ramro ho.
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
VERY TRUTH
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
dhanle man6e khusi hudaina yo ta pakka kura ho,manis dhani hunaka lagi ta man chain6 jati dhan vayo manisko man tetinai saguro hun6.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Dhan pani danger ani ho la. tyahi bhayera dherai paisa hunu pani aafaima abhisaap nai ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
malai ni testai dukha ko anubhuti garne rahar cha…….:)
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]