मुसा खाने रातो बिरालोलाई चुटेरै तह लगाउनुपर्छ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मुसा खाने रातो बिरालोलाई चुटेरै तह लगाउनुपर्छ

-प्रदीप नेपाल, एमाले नेता

एमाले नेता प्रदीप नेपाल यतिबेला पार्टीभित्र भिन्न धारका नेता मानिनुहुन्छ । पार्टीमा आफूलाई लागेका कुरा बोल्न नडराउने नेता नेपाल यतिबेला आफ्नो पार्टी र नेपाली कांग्रेस लगायतले गरेको आन्दोलनप्रति सन्तुष्ट देखिनुहुन्न । एमाओवादी नेता प्रचण्डले पार्ने प्रलोभनमा नेताहरु फस्ने गरेको उहाँको आरोप छ । शुक्रबार पार्टी कार्यालय बल्खुमा अनलाइनखबरसँग कुराकानी गर्दै नेता नेपालले वार्ताको कुरै नगरी आन्दोलनमा जानुपर्ने र  ‘रातो बिरालो’लाई पिटेरै तह लगाउनुपर्ने बताउनु भयो ।

विपक्षी दलहरुले आन्दोलनको घोषणा गर्नुको अर्थ अब वार्ता र संवादको सम्भावना पूरै सकिएको हो ?

वार्ताको सम्भावना अब पूर्णरुपमा सकिएको छ । तर, हाम्रा शीर्ष नेताहरुलाई आन्दोलन भनेर जेलाई भनिरहनुभएको छ, म चाँहि यसरी आन्दोलन होला भन्ने ठान्दिँन ।

किन ?

किनभने अहिलेसम्म पनि साथीहरुले सत्ताको प्रकृतिलाई चिन्न सक्नुभएको छैन वा चाहनुभएको छैन । अहिलेको लडाइँ भनेको निरंकुशतन्त्र भर्सेस लोकतन्त्र हो । अहिले एमाओवादीले सम्पूर्णरुपले निरंकुशताको अभ्यास गरिरहेको छ । हाम्रो विरोध बाबुराम वा प्रचण्डप्रति नभएर उहाँहरुले अख्तियार गरेको निरंकुशताप्रति हो । म दक्षिणपन्थी निरंकुशता र उग्र वामपन्थी निरंकुशतालाई एउटै ठान्छु । हिजो ज्ञानेन्द्रपथमा मुलुक गएपछि जसरी हामीले जनतासँग एकाकार भएर आन्दोलन गरेका थियौं, अहिले पनि त्यही उचाइमा गएर नगर्ने हो भने आन्दोलन हुँदैन ।

यो सरकार पनि ०५९ असोज १८ पछिको ज्ञानेन्द्रकै पालाको जस्तो हो भन्न खोज्नुभएको हो ?

मैले गत जेठ १५ को दिनलाई असोज १८ सँग तुलना गरेको छु ।

आफूसँग सहकार्य गरिरहेका दलले चलाएको सरकारलाई ज्ञानेन्द्रसँग तुलना गर्नका लागि के आधार छ ?

आधार छ । निर्वाचन आयोग रित्तिँदैछ भन्ने थाहा पाउँदा पाउँदै सिद्धियो । यसलाई कसरी जोगाउने भन्नेमा प्रतिपक्षहरुले पनि ध्यान दिएनन् । अब हेर्दै जानुहोला, सर्वोच्च अदालत पनि यसैगरी रित्तिन्छ । यो उग्र वामपन्थी चेत हामीले पनि भोगेर आएका हौं । आफूले भोगेको हुनाले मैले यसलाई छिटो देखेको हो कि । अहिले पनि पालुङटारको निर्णयबाट एमाओवादी नेताहरु बाहिरिनुभएको छैन । आजभोलि एमाओवादी नेताहरु जनताको संविधान भन्न थाल्नुभएको छ । निरंकुशता भनेको रातो भए पनि कालो भए पनि बिरालोले दूधै खान्छ । अहिलेको रातो बिरालो उग्र वामपन्थी निरंकुशता हो, यसलाई माया गर्नु हुन्न, यसलाई पनि हामीले चुटेरै तह लगाउनुपर्छ । हाम्रो झलनाथजीले घोडाबाट लतार्छौं भनेर भाषणचाहिँ गर्नुभएको छ, तर यसरी घोडाबाट लतार्ने आन्दोलन नै हुँदैन ।

यसको मतलब अहिले विपक्षीले घोषणा गरेको आन्दोलनको तरिका तपाईलाई चित्त बुझेको छैन ?

यो आन्दोलनको तरिकै ठीक भएन । यो सरकार निरंकुश छ, योसँग वार्ता होइन, आन्दोलनको भाषामात्रै बोल्न सकिन्छ । हामीलाई सत्ता चाहिएको छैन, हामीलाई लोकतन्त्र चाहिएको छ भनेर जानुभएन भने कोही पनि आउँदैनन् आन्दोलनमा । प्रधानमन्त्री फेर्न कोही आउँदैन । यो आन्दोलन प्रधानमन्त्री फेर्नका लागि होइन, शासन प्रणाली फेर्ने लडाइँ हो भनेर जानुपर्छ ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर गल्ती भयो भन्ने लाग्न थालेको हो तपाइहरुलाई ?

यसमा त गल्ती भएको छैन । कि तपाईले निरन्तर हत्याको श्रंखला जारी रहन दिनुपर्दथ्यो, यात युद्धमा हराउने विदेशीहरुको सहायता लिनुपर्ने हुन्थ्यो । अहिले जतिसुकै गफ गरे पनि नेपाली सेनाले हराउन नसकेकै हो । दुबै विन-विन पोजिसनमै थिए । त्योबेला राष्ट्रलाई जोगाउन बाह्रबुँदे सम्झौता राम्रो काम भएको हो । पछि गिरिजाले एमालेलाई तह लगाउन माओवादीलाई ८४ सीट दिएर गल्ती गरे । प्रचण्डले गिरिजालाई राष्ट्रपतिको लोभ देखाए । गिरिजा मरेपछि माधव नेपाललाई प्रचण्डले एक रातभरि राष्ट्रपति बनाए । हरेक मान्छेलाई लोभ देखाएर माओवादीले आफ्नो पोजिसन यस्तो बनायो । माओवादीले चुनाव जितेर पनि आएको होइन । यो सबै कुरा गिरिजाले बाँचुञ्जेल बुझेनन् । उनी आफू पनि लडे, एमालेलाई पनि लडाए ।

तपाईको विचारमा विपक्षी दलहरु कहाँनेर चुकिरहेका छन् ?

समकालीन राजनीतिमा म प्रचण्डको कुबुद्धिलाई मान्छु । प्रचण्डमा बुद्धि भैदिएको भए उनी धेरै ठूला मान्छे हुन्थे । तर, उनी कुबुद्धि भएका मान्छे रहेछन् । उनी जसलाई पनि लफन्ड्याउँछन् । उनले गिरिजालाई पहिलो राष्ट्रपति बनाए, माधव नेपाललाई दोस्रो राष्ट्रपति बनाए । अस्ति उनैले सुशील जी तपाई तयार हुनोस् भन्दै उनलाई पनि प्रधानमन्त्री बनाइदिए । त्यसपछि नागरिक समाज नाम गरेका लोभीपापीहरुलाई पनि उनलाई प्रधानमन्त्री बनाइहाले । नागरिक समाजको गोप्य बैठक पनि चल्यो । उनले प्रधान न्यायाधीशलाई पनि प्रधानमन्त्री दिँदैनन् । बाबुरामको ठाउँमा प्रधानमन्त्री हुन लायक कोही छ भने त्यो प्रचण्डमात्र हो भन्ने उनको बुझाइ छ । यो सच्चाइलाई हाम्रा कुनै पनि नेताहरुले बुझेनन् । वहाँहरुलाई पालो आउँछ कि भन्ने भ्रम भैराखेको छ । तर, एमाओवादीले आफ्नो पार्टी र आफ्नो मान्छेबाहेक दोस्रोलाई पालो दिनेवाला छैन ।

त्यसोभए अब विपक्षी दलले के गर्नुपर्छ ?

अब वार्ता नगर्ने । वार्तारहितको आन्दोलन गर्नुपर्छ ।

सरकार फेर्नका लागि आन्दोलन गरिएको हैन भन्नका लागि त सुशील कोइरालाको नाम पनि प्रस्ताव गर्न भएन होला नि हैन ?

कसैलाई अगाडि सार्नुपर्दैन । हामीलाई लोकतन्त्र चाहिएको छ । तत्कालको मुद्दामा सुशील कोइरालाले लोकतन्त्रको प्रतिनिधित्व गर्छन् भने बाबुरामले निरंकुशतन्त्रको प्रतिनिधित्व गर्छन् भन्नसम्म सकिन्छ, तर मान्छेको नाम लिएर आन्दोलन गर्नु हुँदैन ।

विपक्षी दलहरुले दैलेखबाट आन्दोलन गर्ने बताएका छन्, तपाईको विचारमा अब कसरी जानुपर्छ ?

त्यो बेकार छ । जब महान्यायधिवक्ताको पत्र सार्वजनिक भयो, त्यतिबेलै महान्यायधिवक्ताको कार्यालय घेर्न जानुपर्दथ्यो । कार्यालयभित्र १२/१५ जना छिरेर यो चिठी किन लेखिस्, तुरुन्त फिर्ता गर् भन्न सक्नुपर्दथ्यो । यत्रो खतरनाक निरंकुशता देख्दादेख्दै पनि उनीहरु अझै वार्तै गर्ने भन्दैछन् । अहिलेसम्म पनि विपक्षी नेताहरुको दृष्टिकोण ठीक छैन । वार्ता र आन्दोलन कुनै धर्तीमा पनि सँगसँगै हुँदैन । कि आन्दोलनको प्रेसरले वार्तामा पुग्नुपर्छ, कि वार्ता गरेर आत्मसमर्पण गर्नुपर्छ । आन्दोलनको बलमा मात्रै वार्ता हुने हो । त्यसैले नेताहरुले आफ्नो सोच र चिन्तनलाई अझै परिमार्जन गर्न जरुरी छ ।

अब तपाईको विश्लेषणमा मुलुकमा के हुन्छ ? जेठमा चुनाब होला ?

म त ०७१ सालको बैसाखसम्म पनि चुनाव भएछ भने आश्चर्य मान्नेछु । जवसम्म एमाओवादी सत्ताबाट बहिर्गमन गर्दैन, तबसम्म चुनाबै हुँदैन । प्रचण्डले झुक्किएर भनिहाले, २५ वर्षसम्म शासन गरिन्छ । योचाहिँ उनको भित्री चेत बोलेको हो । यसलाई हामी कसैले पक्रन सकेनौं ।

अब आन्दोलनको एजेन्डा केलाई बनाउने त संविधानसभा पुनस्र्थापना भन्ने हो कि ?

हामीले ज्ञानेन्द्र विरुद्ध के आधारमा आन्दोलन गरेका थियौं, त्यति सम्झिए पुग्छ । त्यो दक्षिणपन्थी निरंकुशता थियो, यो उग्रपन्थी निरंकुशता हो ।

ज्ञानेन्द्रका पालामा प्रतिनिधिसभा पुनर्स्थापना स्पष्ट एजेन्डा थियो नि हैन र ?

त्यो त पछि गएर टुंगिएको हो, शुरुमै संसद्को पुनर्स्थापना गर्न कसैले भनेको थिएन । यो आन्दोलन पनि संविधानसभा पुनस्थापनामा पुग्दैन भन्न सकिन्न । किनभने संविधानसभालाई बलात् नै खोसिएको हो । तर, अहिल्यै संविधानसभा पुनस्थापनाका लागि आन्दोलन बढाउनुपर्छ भन्नु हुँदैन । हामीले निरंकुशताविरोधी आन्दोलन नै भन्नुपर्छ । पुनस्थापनाको पासा त प्रचण्डले फालिसकेकै छन् नि ।

आन्दोलन नै गर्ने भनिसकेपछि कुन एजेन्डामा जाने प्रस्थानविन्दु त चाहिएला नि ?

अहिले माग्दाखेरि केन्द्रीय होइन, स्थानीय चुनावको माग गर्नुपर्छ । हाल भैरहेको भ्रष्टाचार रोक्नका लागि पनि स्थानीय निकायको चुनाव जरुरी छ ।

आन्दोलनको केन्द्रीय एजेन्डा नि ?

अहिले म कुन ठाउँमा पुगेको छु भने सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्छ । यस्तो सरकारमा बस्ने मान्छेले चुनाव लड्न पाउँदैन । समानुपातिकमा पनि उसले आफ्नो नाम टाँस्न पाउँदैन र २६ जनामा पनि नाम हाल्न पाउँदैन । उसको अधिकार भनेको निर्वाचन आयोग गठन गर्ने र चुनाव गराउनेमात्र हुनुपर्छ । निर्वाचन एकैचोटि दुबै तहमा गराउनुपर्छ । तल छाडेर माथिको मात्रै चुनाव गराइनु हुँदैन । निर्वाचन आयोग रित्तिन लाग्दा विपक्षीले जोगाउन सकेनन् । प्रचण्डले पछि सहमतिमा बनाऔंला भनेर मख्ख पारेछन् । पहिले अरु कुरा नगर, चुनाव गर्ने भए निर्वाचन आयोग बनाऊ भन्न सक्नुपथ्र्यो। निर्वाचन आयोग नबनाउनेले कसरी चुनाव गर्छ ? प्रचण्डले जे भन्छन्, साथीहरु त्यसैमा बग्दै जानुभयो ।

तपाईले पूर्व प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार बनाउने त भन्नुभयो, तर नेपाली कांगेसले सुशीलको विकल्प खोज्न मान्ला र ?

नमान्लामात्रै होइन, रामचन्द्रजीले वार्ता र आन्दोलन सँगै लानुपर्छ भन्नुभएको छ । यो त वहाँहरुले बुझ्नुपर्यो नि । कांग्रेसले नमान्ला, प्रचण्डले नमान्लान्, कमल थापाले नमान्लान्, योसँग सरोकार राख्नुहँदैन ।

कांग्रेसको मात्रै के कुरा गर्नु एमालेकै बैठकमा माधव नेपालले यस्तो प्रस्ताव राख्दा नेताहरुले मानेनन् रे त ?

एउटै मान्छेका पछि लागिराख्दा कुरो नमिल्न पनि सक्छ भनेर माधवजीले भन्नुभएको हो । उहाँले बोल्नै पाउनुहुन्न त भन्ने मिलेन नि । म त शुरुदेखि नै बाबुरामको ठाउँमा केपी ओली, रामबहादुर, श्यामबहादुर भन्ने पक्षमै छैन । खास गरेर बिप्पा सम्झौतादेखि नै बाबुरामप्रति मेरो आशंका हो । इमिग्रेसन सुरक्षाको विषयमा पनि आशंका बढ्यो ।

विपक्षीको आन्दोलनमा उपेन्द्र यादवहरु आउनै लागेका थिए, सुशील कोइरालाकै कारण पछि हटे भन्ने छ नि ?

अहिले हामीले कांग्रेसलाई आन्दोलनबाट बाहिर जान दिनु हुँदैन । र, अरुलाई पनि दिनु हुँदैन । उपेन्द्र यादवहरु किन गए भन्ने मलाई नसोध्नु न नेताहरुलाई नै सोध्नोस् । त्यहीबेला माधव नेपालले अर्को मान्छेलाई बनाऔंला आउनोस् भनेको भए केही बिग्रन्नथ्यो । त्यहाँ केही नभन्ने अनि यहाँ (बल्खुमा) आएर भनेको भरमा मान्छेले मान्दैनन् । त्यही भएर उनीहरुले मानेनन् । आन्दोलन गर्ने हो भने सबैलाई समेट्न सक्नुपर्छ । सुसीलको नाम आउनेवित्तिकै माओवादी (वैद्यपक्ष) आन्दोलनमा आउँदैन । नेताहरुलाई यसबारे सामान्य ज्ञान हुनुपर्ने हो । मेरो विचारमा सबैलाई मान्य हुने नाम भनेको पूर्वप्रधानन्यायाधीश नै हुन् ।

तपाईको विचारमा अब यो आन्दोलन कहिले पार लाग्ला ? फागुन, चैत्र वा बैसाख ?

यो आन्दोलन मेरो हिसाबमा घटीमा दुईवर्ष, बढीमा पाँचवर्ष जान्छ । किनभने बाबुरामका प्रभु अन्तै छन् । प्रचण्ड पनि बाबुरामका प्रभु हैनन् । त्यसैले आन्दोलन दुईवर्षभन्दा ढी समयका लागि तय गरिनुपर्छ । आन्दोलनलाई राष्ट्रियतासँग जोड्नुपर्छ । तर, नेताहरु भारतको विरोध गर्न डराइराखेका छन् । त्यो भारतले के गर्छ ? हदैभए नेताका छोरोछोरीलाई छात्रवृत्ति दिन छाड्ला ।

०४६ सालको परिवर्तनपछि नेकपा एमाले नेपाली राजनीतिको उदीयमान शक्ति थियो, तर अहिलेको अवस्थामा आइपुग्नुको कारण के हो ?

जव ०५३ सालमा कांग्रेसले सूर्यबहादुर थापाको नेतृत्वमा सरकारमा सामेल हुन हुन्छ भने हामीले पनि लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा सामेल हुन मिल्छ भन्ने निर्णय जव स्थायी कमिटीले गर्‍यो, त्यही दिनबाट हामी स्खलनतिर लाग्यौं । त्यसपछि स्खलन निरन्तर अगाडि बढ्दै गयो ।

अहिले पनि विपक्षी गठबन्धनमा कार्यक्रमहरुमा एमाले अध्यक्ष झलनाथ खनालकै छेउमा सूर्यबहादुर थापा देखिनु त्यसैको सिलसिला हो ?

सरकार र आन्दोलन अलि फरक छ । जनताको बहुदलीय जनवादले दिएको शिक्षा के हो भने आफ्नो नेतृत्वमा आफ्नो कार्यक्रम लागू हुने गरी सरकारमा जान सकिन्छ । तर, अर्काको पार्टीको प्रधानमन्त्री भएपछि आफ्नो कार्यक्रम कसरी लाने ? आन्दोलन त बेग्लै पाटो हो, यसमा सिंगो शक्तिलाई परिचालन गर्नुपर्छ ।

एमालेमा स्खलनका अरु शिलसिला के हुन् ?

हामीले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त बहुदलीय जनवाद हो भनेका छौं । यसो भनिसकेपछि हामीले मार्क्सवाद लेनिनवाद भनिरहनै पर्दैन । नेपालको मार्क्सवाद भनेकै जनताको बहुदलीय जनवाद हो । मचाहिँ मार्क्सवाद लेनिनवाद भनिरहन जरुरी छैन भन्छु, तर साथीहरुचाँहि तलको प्रतिवादलाई सम्झाउनै सक्नुहुन्न । महाधिवेशन हलमा पनि लेनिनको फोटो किन राखिएन भनेर हल्ला चलेपछि हतार-हतार ल्याइयो । लेनिनको तानाशाही संगठनात्मक सिद्धान्त हामीसँग मिल्दैन भन्न सक्नुपर्थ्यो ।

नेताभन्दा कार्यकर्ता अलि वायाँ रहेछन् हैन एमालेमा ?

वायाँ भन्दा पनि हामी पढ्दैनौं क्या । त्यही मदन भण्डारीकै रचना पढ्ने हो भने पनि सबै कुरो त्यहीँ छ । पढ्दीने हो भने समस्यै पर्नै थिएन । अर्को कुरा ६० वर्ष नाघेपछि मान्छे बूढो हुँदोरहेछ । उहिले माओत्सेतुङ्गको दर्शन पढेर आएको मान्छे मार्क्सबादी हुनै सक्दैन ।

भनेपछि एमालेको नेतृत्व तहमा नयाँ मान्छे नभएकाले पनि समस्या परिरहेको रहेछ हैन ?

एकदम । हिजो साथीहरुले ७० वर्ष पुगेपछि नेतृत्वमा नबस्ने भनेछन् । मैले त ६० वर्षपुगेपछि बस्न हुँदैन भनिराखेको छु । ६० वर्ष अवकाशको राम्रो उमेर हो । नेताहरु किन ७० को कुरो उठाइरहनुभएको छ भने उहाँहरु अझै एक कार्यकाल खान खोज्दै हुनुहुन्छ । यस्तो केटाकेटी काम पनि गर्न हुन्छ ? भारतमोहनजी बाहेक हाम्रा धेरै नेताहरु ००५ सालका छन् । अहिले ६५ भए, पाँचवर्षपछि ७० पुग्छन् । त्यसैले ७० वर्षसम्म खाइहालौं भन्ने योजनामा छन् ।

58 Comments on “मुसा खाने रातो बिरालोलाई चुटेरै तह लगाउनुपर्छ”
  • nirmal wrote on 18 January, 2013, 13:33

    यो आन्दोलन मेरो हिसाबमा घटीमा दुईवर्ष, बढीमा पाँचवर्ष जान्छ । किनभने बाबुरामका प्रभु अन्तै छन् । प्रचण्ड पनि बाबुरामका प्रभु हैनन् । त्यसैले आन्दोलन दुईवर्षभन्दा ढी समयका लागि तय गरिनुपर्छ । आन्दोलनलाई राष्ट्रियतासँग जोड्नुपर्छ । तर, नेताहरु भारतको विरोध गर्न डराइराखेका छन् । त्यो भारतले के गर्छ ? हदैभए नेताका छोरोछोरीलाई छात्रवृत्ति दिन छाड्ला ।

    Well-loved. Like or Dislike: Thumb up 153 Thumb down 25

    [जवाफ फर्काउनुहोस्]

    kumar Reply:

    विपक्षी गठबन्धनले सहमति गरेर वर्तमान समस्याको गाँठो फुकाउन खोजेका हुन् वा सधैँ मानव अधिकारको कुरा गरी नथाक्ने डलरजीवीलाई परिचालन गरेर युद्धकालमा भएका घटना ब्युँताई कानुनी शासनको हवाला दिई माओवादी कार्यकर्तालाई जेल हाल्ने र मुलुकलाई फेरि युद्धतर्फ धकेल्न खोजेका हुन् । पछिल्लो घटनाक्रमले यही पुष्टि गरेको छ । कांग्रेस र एमालेको सत्तामोहले देश आज यो अवस्थामा पुगेको हो । ०४६ को जनआन्दोलनपछि प्रजातन्त्र प्राप्त भए पनि कांग्रेस र एमाले जनतामुखी कामभन्दा पनि सत्ता टिकाइराख्ने काममा लागिपरे । प्रजातन्त्र बहालीपछि परिवर्तनको झिनो आस बोकेका जनता खुसीभन्दा पनि उनीहरूको गतिविधिका कारण निराश बन्दै गए । प्रजातन्त्र प्राप्तिपछि पनि जनताका समस्या ज्यूँकात्युँ रहे । त्यसैलाई मुद्दा बनाएर माओवादीले जनयुद्ध सुरु गरेको हो ।
    माओवादी गतिविधि तीव्र रूपमा बढेपछि सरकारमा रहेका कांग्रेस, एमालेले नै प्रचण्ड, बाबुरामलगायत माओवादी नेताका टाउकाको मूल्य तोकेका थिए । माओवादीलाई समाप्त पार्ने नाममा मुलुकमा संकटकाल लगाएर सोझा जनतालाई बेपत्ता पार्ने, ज्यान मार्ने र निमुखालाई दुःख दिनेबाहेक केही गरेनन्, उनीहरूले । एमालेसहितको तत्कालीन शेरबहादुर देउवा सरकारले माओवादी नेताको टाउको काटी ल्याउनेलाई ५० लाख पुरस्कार दिने घोषणा गर्‍यो । उता माओवादी गतिविधि चर्कंदै गएपछि कांग्रेस र शेरबहादुर देउवा सरकारबाट असन्तुष्ट बनेका पूर्वराजा ज्ञानेन्द्र शाहले ०५९ असोज १९ गते शेरबहादुर देउवालाई अक्षम घोषणा गरी देउवा नेतृत्वको सरकार विघटन गरिदिए ।

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 44 Thumb down 25

    [जवाफ फर्काउनुहोस्]

    pradip nepal Reply:

    वर्तमानमा जिउनुस् र भविष्य हेर्नुस् । सधैँभरिको पूर्वस्म्रितिले ब्यक्ति र समाज कसैलाई उँभो लगाउँदैन ।

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • Basanta Raj Paneru wrote on 18 January, 2013, 14:02

    तितो सत्य ! हो, मौजुदा मुद्दाहरु वोकेर त आन्दोलन हुँदैन |

    Well-loved. Like or Dislike: Thumb up 103 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • hari wrote on 18 January, 2013, 14:14

    Pradip ji ,sena le nasake ko hoena,garne haat manabaadhikarwadi ko khol oodheka dollar ka pujari le garda ho,aakhir 3500 hatiyarwala manis sanga 120000 nepali sena ladeko thiyo,12 bunde le thap himsa ta rokyo tara bidroha garne ko utsah badayo,1 barsa testai chhodeko bhaye maobadi ko LTTE ko chala hunthyo,12 bunde le jogayo,tara aanista Girija ka karan des barbad bhayo,sibir ma lutaha toli lai bhat khuwayer rakher chunab ma jana hune thiyen,kasto chunab vo tapae haru le pa6i thaha paunu vo,testai hune na bhai kana MAOBADI chunab ma jaanna herdai janos.

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 33 Thumb down 40

    [जवाफ फर्काउनुहोस्]

  • kharbuja wrote on 18 January, 2013, 14:42

    YO MUSA KHANE BABURAM BHATARI RATO BIRALO LAI PITNE MATRA HOINA YESKO 1 ANKHA 1 KHUTA 1 HAT PANI BHACHI DINU PARCJHHA,

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 36 Thumb down 55

    [जवाफ फर्काउनुहोस्]

  • oiuz wrote on 18 January, 2013, 16:47

    Ekkk dammm thikk kuroo vneekoo hoo Yeeslee, Ekkchotti sabaile raamro sanga pdeeyo vnee, aafaaile jaaniichha. Ekkdamm thikk vneko chha.

    Like or Dislike: Thumb up 17 Thumb down 15

    [जवाफ फर्काउनुहोस्]

  • bak shahi wrote on 18 January, 2013, 17:45

    What about you Pradeepji, you are the one of the corrupted and oppertunist of UML. You don’t have a clean image as well.
    All we need to find a new leader who can change all direction of politics in nepal. We really fade up with all non-sense politics and useless leaders.

    Well-loved. Like or Dislike: Thumb up 45 Thumb down 16

    [जवाफ फर्काउनुहोस्]

    jivan Shrestha Reply:

    you are right.

    Like or Dislike: Thumb up 9 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • rajbhanu wrote on 19 January, 2013, 0:05

    कुन बिरालो देखि सुरु गर्ने? तिमीहरु पहिले को बिरालो भयौ, अहिले मुसो खान पाएनौ अनि बिरालो बाहुन हुन खोज्छौ, कसले बुझ्दैन र? बिरालो धर्म गर्न काशी गएको कहिले सुनेको छौ? आफ्नो भूत हेरेर मात्र अरुको बर्तमान भूत को कुरा गर्नु राम्रो होला ! शिक्षा मन्त्रि, खेलकुद मन्त्र भाको होइनौ? के लछार्यौ ? केहि नयाँ काम गर्यौ? तिमीहरु जस्ता नेताहरुले गर्ने काम त बाटो को भुस्या कुकुरले पनि गर्छ ! सबै भारतबाट आउँछ के गर्ने के नगर्ने भनेर अनि तिमीहरु जस्ता नेताहरुको के काम ? बहुदल पछीका सबै जलस्रोत, भूमिसुधार, भौतिक निर्माण आदि आदि मन्त्रालयका नेताहरुलाई त जेल हाल्नु पर्ने शेर बहादुरलाई ज्ञानेन्द्रले गरेको जस्तो निकम्मा र असक्षम कार्यभारको आधारमा ।

    रह्यो कुरा आन्दोलनको । ज्ञानेन्द्रको बिरुद्धको हरेक दिनको निर्णयक आन्दोलन बिर्स्यौ ? माओबादी नभएको भए अहिले पनि त्यहि निर्णायक आन्दोलन गरिरा हुन्थ्यौ कसलाई झुक्काउन खोजिरा छौ? देश खत्तम बनाउने काँग्रेस र एमाले नै हो । तिमीहरुले कुन कानून, कुन प्रणाली, कुन संबिधानको पालन गरेका थियौ र अहिले कुर्लिन्छौ ? ङयाउरोलाई मुसो खान सिकाएपछि आफ्नो भाग खोसिँदो रैछ हगि? नेपाल खत्तम भाको बहुदल र प्रजातन्त्रले गर्दा हो-जंगलमा बस्ने राउटेले ल्याप्टप पाएर के गर्ने ? खै त्यो तहको चेतना?

    Well-loved. Like or Dislike: Thumb up 131 Thumb down 65

    [जवाफ फर्काउनुहोस्]

    maya Reply:

    u are correct raj ji this is true

    Well-loved. Like or Dislike: Thumb up 48 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

    Ram Chandra Basyal Reply:

    thnx raj
    thank you so much for your kindly co-operation.

    Like or Dislike: Thumb up 16 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

    sankar Reply:

    Congress & Amale are the parties without clear vision.They don’t have any agenda in favour of Madhesi & Janjati.They just want to rule by some Khash—-Your politica is very clear and understandable to every Nepali —-

    Like or Dislike: Thumb up 18 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

    keshab gautam Reply:

    maubadi le ti andolan ma kunai lachhar pato layeko thena raja hatauna 7 dal le matra gareko andolan ho kata katai dekha paryo maubadi antim tira vutro khokchhau maubadika matiyar ho jallad haruko din gaye aba maubadi jallad ho loktantra ko ra6iya congres ra u m l le matra garna sakchh

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • lehardi wrote on 19 January, 2013, 4:17

    कुन बिरालो देखि सुरु गर्ने? तिमीहरु पहिले को बिरालो भयौ, अहिले मुसो खान पाएनौ अनि बिरालो बाहुन हुन खोज्छौ, कसले बुझ्दैन र? बिरालो धर्म गर्न काशी गएको कहिले सुनेको छौ? आफ्नो भूत हेरेर मात्र अरुको बर्तमान भूत को कुरा गर्नु राम्रो होला ! शिक्षा मन्त्रि, खेलकुद मन्त्र भाको होइनौ? के लछार्यौ ? केहि नयाँ काम गर्यौ? तिमीहरु जस्ता नेताहरुले गर्ने काम त बाटो को भुस्या कुकुरले पनि गर्छ ! सबै भारतबाट आउँछ के गर्ने के नगर्ने भनेर अनि तिमीहरु जस्ता नेताहरुको के काम ? बहुदल पछीका सबै जलस्रोत, भूमिसुधार, भौतिक निर्माण आदि आदि मन्त्रालयका नेताहरुलाई त जेल हाल्नु पर्ने शेर बहादुरलाई ज्ञानेन्द्रले गरेको जस्तो निकम्मा र असक्षम कार्यभारको आधारमा ।

    रह्यो कुरा आन्दोलनको । ज्ञानेन्द्रको बिरुद्धको हरेक दिनको निर्णयक आन्दोलन बिर्स्यौ ? माओबादी नभएको भए अहिले पनि त्यहि निर्णायक आन्दोलन गरिरा हुन्थ्यौ कसलाई झुक्काउन खोजिरा छौ? देश खत्तम बनाउने काँग्रेस र एमाले नै हो । तिमीहरुले कुन कानून, कुन प्रणाली, कुन संबिधानको पालन गरेका थियौ र अहिले कुर्लिन्छौ ? ङयाउरोलाई मुसो खान सिकाएपछि आफ्नो भाग खोसिँदो रैछ हगि? अर्को कुरा देवान कि छोरीको हातबाट जिन्दगीभर भात हसुर्यौ र उसै जातिको बिरोध गर्छौ ? तिम्रो मूल मन्त्र भनेको ज्ञानेन्द्रलाई राजा बनाउनु हो तर यस्तो सपना देखेर घु को खोले पिउने नगर |

    Well-loved. Like or Dislike: Thumb up 67 Thumb down 20

    [जवाफ फर्काउनुहोस्]

    जेसिका Reply:

    कुन बिरालो देखि सुरु गर्ने? तिमीहरु पहिले को बिरालो भयौ, अहिले मुसो खान पाएनौ अनि बिरालो बाहुन हुन खोज्छौ, कसले बुझ्दैन र? बिरालो धर्म गर्न काशी गएको कहिले सुनेको छौ? आफ्नो भूत हेरेर मात्र अरुको बर्तमान भूत को कुरा गर्नु राम्रो होला ! शिक्षा मन्त्रि, खेलकुद मन्त्र भाको होइनौ? के लछार्यौ ? केहि नयाँ काम गर्यौ? तिमीहरु जस्ता नेताहरुले गर्ने काम त बाटो को भुस्या कुकुरले पनि गर्छ ! सबै भारतबाट आउँछ के गर्ने के नगर्ने भनेर अनि तिमीहरु जस्ता नेताहरुको के काम ? बहुदल पछीका सबै जलस्रोत, भूमिसुधार, भौतिक निर्माण आदि आदि मन्त्रालयका नेताहरुलाई त जेल हाल्नु पर्ने शेर बहादुरलाई ज्ञानेन्द्रले गरेको जस्तो निकम्मा र असक्षम कार्यभारको आधारमा ।

    रह्यो कुरा आन्दोलनको । ज्ञानेन्द्रको बिरुद्धको हरेक दिनको निर्णयक आन्दोलन बिर्स्यौ ? माओबादी नभएको भए अहिले पनि त्यहि निर्णायक आन्दोलन गरिरा हुन्थ्यौ कसलाई झुक्काउन खोजिरा छौ? देश खत्तम बनाउने काँग्रेस र एमाले नै हो । तिमीहरुले कुन कानून, कुन प्रणाली, कुन संबिधानको पालन गरेका थियौ र अहिले कुर्लिन्छौ ? ङयाउरोलाई मुसो खान सिकाएपछि आफ्नो भाग खोसिँदो रैछ हगि? अर्को कुरा देवान कि छोरीको हातबाट जिन्दगीभर भात हसुर्यौ र उसै जातिको बिरोध गर्छौ ? तिम्रो मूल मन्त्र भनेको ज्ञानेन्द्रलाई राजा बनाउनु हो तर यस्तो सपना देखेर घु को खोले पिउने नगर

    Like or Dislike: Thumb up 8 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    rabi Reply:

    Jesica ji hajur ko bhanai prati ma sahamat chhu,yi pradip,makune,ser bahadur ,ramchandre kp oli girija haru des lai chusne juka hun gyanendra le lat handa maobadi sath navako vaya jamin ma nai vasiyara hilo khane thiyau timi haru maobadi ko auta duita galat kura garera afu vane dudh le nuhauna khojchau tyo byartha chha timi haru kasta hau ganayaka chau janta lai ramro thaha chha tehi bhayara 1 choti dekhai di sake ta . ajhai vukchau??????????

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • indraman devkota wrote on 19 January, 2013, 5:35

    pardip neepal ji le afna neta haru ma buddi chhaina vanne kura akdam thik ho, jaha rato muso lai chutera bhagaune kura chha,teo ta timi haru ko lebal ko kura hoina baru timi jasta chori khane kala chuge musa haru ko lagi chori khana napaya pachhi balti ko pani ma dubera marne abastha audai chha. keep it remember.

    Like or Dislike: Thumb up 15 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • sushil wrote on 19 January, 2013, 5:48

    नखोक हो बुढा नखोक धेरै घितिक्क होऔला…….. मुला जमानामा २-४ महिना जेल बसेको अतित भजाएर देश र हामि जनताको भविश्य-बर्तमान सबै लुट्ने तिमि मुला काइतेहरु ! कुन मुखले अरुलाई गालि गर्छु ? तिमीहरु सबै घटिया, भारतीय हरुको कालो कुर्ने कुकुर हौ ! आन्दोलन धम्कि …??? लौ हेरौं त कसरि गर्छौ ? को आउँछ अब तिमीहरुको पछि ? तिमीहरु त यति निच, यति हुतिहारा छौ कि आफ्नै घरको झिङ्गो मार्न सक्दैनौ हामि जनता बिना ….अनि तिमि काइतेहरुले आन्दोलनका धम्कि ? अब हाम्रा लागि जो आए पनि डाँका नै आउने हो भने पछि किन लड्ने हामि एउटा डाँका फालेर अर्को ल्याउन ? तिमीहरु आफै लड-मर…..तर लड्न मर्न हिम्मत चाहिन्छ त्यो कहाँ बात ल्याउँछौ ? बजारमा किन्न वा चन्दाको नाममा लुट्न पाइन्न ……तसर्थ यसै गरी ङ्ग ङ्ग गर्दै रुँदै गर कुकुरहरु…………!

    Well-loved. Like or Dislike: Thumb up 79 Thumb down 14

    [जवाफ फर्काउनुहोस्]

  • narikote Magar wrote on 19 January, 2013, 6:18

    pradip ka kura pane pani ma ke jati garya jasto . mulaharu timiharu pani ta biraloharu ta hau ni . ahile misa khana napyar matra ta kura garya hauni hoin ?

    Like or Dislike: Thumb up 13 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Keshab wrote on 19 January, 2013, 7:51

    Asti bharkhar samma “Ganatantra bauddik bahasko bishaya matra ho” bhanne Pradip Nepal aja “nirankushta birudda andolan” garne arti-upadesh dinchha…malai ta kuri kuri lagyo..

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Suman wrote on 19 January, 2013, 8:01

    Pradeep Jee, first look at mirror, you will see your face. U r one of the corrupted and opportunists among the communist leaders. You don’t want to develop this country. Don’t you realize the development of this country in these four-five years? Let Baburam to work another two – three years. You corrupted Pradeep should learn to appreciate for the good.

    Like or Dislike: Thumb up 16 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Lila GC wrote on 19 January, 2013, 8:03

    Some times he was one of the think tank leaders of UML, now he is even out of core decision makers there. Thats why he is saying this. Fortunately, he is exposing it himself. Unfortunatley, he does not know he is downgrading himself and his party from his own interview. At least he sounds sincere in saying why UML is going down into the drain..!

    Like or Dislike: Thumb up 6 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • श्याम ना श्रेष्ठ wrote on 19 January, 2013, 10:59

    अटल बाबुराम
    मुसा खाने बाबुराम
    सबलाई बिरालो बनाउने बाबुराम
    पत्नीभक्त बाबुराम
    देशभक्त बाबुराम
    अमेरिकाको बाबुराम
    चीनको बाबुराम
    भारतको बाबुराम
    नेपालको पनी बाबुराम

    Well-loved. Like or Dislike: Thumb up 60 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

    keshab gautam Reply:

    gaddar baburam

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Suman wrote on 19 January, 2013, 11:48

    kotha thunera biralo chutne kam garna lagnu vako ma dherai dherai badhai 6 hai predeep ji tapailai. Banda kotha ma biralo lai kutne prayas garda k halat hun6 vanera ta maile vannu naparla ni hoina ta.

    Like or Dislike: Thumb up 13 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • akhanda wrote on 19 January, 2013, 15:14

    badhai 6 pradip g baburam jasto bhatmaralai desh bata out garnupar6 indiako dalallae.

    Like or Dislike: Thumb up 4 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

  • Suman wrote on 19 January, 2013, 17:52

    muso le kahi biralo lai chutna sakchha? Pradeep jee ta muso bhanda pani kamilo bhanna suwauchha. Chakre milan, Don ko Vena ju. Chakre Milanlai Prime Minister ko lagi proposed garna ber lagdaina you kamilole.

    Like or Dislike: Thumb up 8 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • kriss wrote on 20 January, 2013, 3:03

    hhhhh funny A-Male Ko Aandalon le ke nai po Hune 6 r timi haru jasta le dherai nai patak aandalon gari sakeyau ke kunai din kehi vayen , Laj pani 6n Aadarsa Ban Kura garna baru direct Vannu ni Janta sanga hami Kurchi bina basna Sakenau Vaner Laj Pache kaa haru, Hoina ho Aaja ko yati kaa barsa samma कांग्रेस R A-Male le Sasan Chalayau r ke chai Garau Aru lai Vanna t 1st Aafu le kehi Garer Dekhaunu ani balla Aru lai Bhanna Suhau6 .

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • durga pariyar wrote on 20 January, 2013, 3:26

    कोठा थुनेर बिरालो पिट्न थाल्ने हो भने पिट्न खोज्ने मान्छेको काल निम्तिने कुरामा पनि ख्याल गर्नुपर्छ प्रदिप जि, त्यसैले बिरालोलाई त्यसरि पिट्न भन्दा तातो पानि खनाएर भगाउनु अत्ति उत्तम हुन्छ

    Like or Dislike: Thumb up 12 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

  • shivaraj bhandari wrote on 20 January, 2013, 11:50

    Pradip jee antarbarta raamro chha . kam kasto hune hi tyo herna baki nay6.janataa le chai aandolan kaa lagi saathaa didaynana hai yasamaa dhukka bhae hunchha.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • janak dangol wrote on 20 January, 2013, 13:07

    प्रदिप नेपाल ज्यु तपाइँ एमाले पार्टीको INGO विभागको प्रमुख हैन ? आकास तिर फर्केर थुक्दै हुनुहुन्छ ! रातो बिरालो माओबादी मात्रै हैन विस्वका सबै कम्युनिस्ट हरु रातो बिरालो हुन भने तपाइको पार्टी चैँ के हो नि अनि तपाइँ ?

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    arjun Reply:

    seto biralo

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bharat wrote on 20 January, 2013, 16:30

    माओबादी,काँग्रेस र एमाले – देश र जनताको भविश्य-बर्तमान सबै लुट्ने तिमिहरु सबैलाई म गालि गर्छु कि तिमीहरु खत्तम भाको देखन पाइयोस… !

    Like or Dislike: Thumb up 14 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Everdust Rohit wrote on 21 January, 2013, 6:30

    तिमीहरु नै हो देशलाई जोगी बनाउने । पालो आउछ सबैको किन आतिन्छौ डाँकाहरु हो।। मिलेरै देश लुट बेकारको दुःख नवडाउ ।। अव कसैको भर छैन । बडेर खाए नि लुटेर खाए बाहिरको शत्रुको आँखा नलागोस् मेरो देशलाई अरु यस्तै हो तिमीहरु नौटंकी त चलिरहन्छ सधै।।।

    Like or Dislike: Thumb up 12 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • amit wrote on 21 January, 2013, 11:23

    कुन बिरालो देखि सुरु गर्ने? तिमीहरु पहिले को बिरालो भयौ, अहिले मुसो खान पाएनौ अनि बिरालो बाहुन हुन खोज्छौ, कसले बुझ्दैन र? बिरालो धर्म गर्न काशी गएको कहिले सुनेको छौ? आफ्नो भूत हेरेर मात्र अरुको बर्तमान भूत को कुरा गर्नु राम्रो होला ! शिक्षा मन्त्रि, खेलकुद मन्त्र भाको होइनौ? के लछार्यौ ? केहि नयाँ काम गर्यौ? तिमीहरु जस्ता नेताहरुले गर्ने काम त बाटो को भुस्या कुकुरले पनि गर्छ ! सबै भारतबाट आउँछ के गर्ने के नगर्ने भनेर अनि तिमीहरु जस्ता नेताहरुको के काम ? बहुदल पछीका सबै जलस्रोत, भूमिसुधार, भौतिक निर्माण आदि आदि मन्त्रालयका नेताहरुलाई त जेल हाल्नु पर्ने शेर बहादुरलाई ज्ञानेन्द्रले गरेको जस्तो निकम्मा र असक्षम कार्यभारको आधारमा ।

    रह्यो कुरा आन्दोलनको । ज्ञानेन्द्रको बिरुद्धको हरेक दिनको निर्णयक आन्दोलन बिर्स्यौ ? माओबादी नभएको भए अहिले पनि त्यहि निर्णायक आन्दोलन गरिरा हुन्थ्यौ कसलाई झुक्काउन खोजिरा छौ? देश खत्तम बनाउने काँग्रेस र एमाले नै हो । तिमीहरुले कुन कानून, कुन प्रणाली, कुन संबिधानको पालन गरेका थियौ र अहिले कुर्लिन्छौ ? ङयाउरोलाई मुसो खान सिकाएपछि आफ्नो भाग खोसिँदो रैछ हगि? नेपाल खत्तम भाको बहुदल र प्रजातन्त्रले गर्दा हो-जंगलमा बस्ने राउटेले ल्याप्टप पाएर के गर्ने ? खै त्यो तहको चेतना?

    Like or Dislike: Thumb up 13 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • badri wrote on 21 January, 2013, 17:03

    pradip le chori indiama padauna payanan tehi ris ho .madav nepal ka sabai santan bhim rawal ka jada unko bhayan bichara

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shnkr wrote on 22 January, 2013, 6:10

    spasta karyadisha hin andolan ko laagi kasaile danda khadaina……….

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ratankumar wrote on 22 January, 2013, 9:49

    Ma ko hu? Baburamko thauma bhayeko bhaye ke garthe hola bhanne kurako hekka rakhnuhola

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • an am wrote on 22 January, 2013, 16:09

    प्रदिप नेपालको विश्लेषण केटाकेटी जिस्केजस्तो लाग्यो , यो आन्दोलन कि २ वर्ष कि ५ वर्ष जान्छ, भन्नुभएछ । कति नजिकको विश्लेषण भएछ, कसो के हुन्छ भएपछि थाहा पाइन्छ भन्नु भएनछ ?

    Like or Dislike: Thumb up 7 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    surendra Reply:

    muso ta manisko lagi hanikarak jib ho biralolai ta khub talim diyara ajha dherai musa marnu lagaunu parne ho. kina yo manis biralo marne kura garchha?

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • SHAWN wrote on 23 January, 2013, 7:44

    nepal ma chhahine ta nirankus sasan nai ho ki jasto chha………baburam ra prachada lai nai 25 barsa sasan garna dinda nai desh banla………

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rabin paudel wrote on 23 January, 2013, 14:55

    hazur harun jasta rata sena mena rakheka musa harulai khala vaenra ho desko dhukuti rityaune musaharunko sardar

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • raju wrote on 23 January, 2013, 15:12

    oo ho sala pagal neta haru dimag nabayaka haru! Bikas ka kam gariraheka harulai hatomalo garera help garnu ko satta sadhain aandolan mattrai garirakhne ta jasta neta harulai dhikkara chha! bikas garna khojne baburam jasto byagti lai help garna sakdainas bhane gareko kamharu atleast nabigaride, ani abaridh khada nagari de na yar! nepal tero baule kamayako muluk ho ra sadhain aandolan garnalai! salaharulai kot ma lagare debi lai bali chadaunuparne! nepal ma yesta manchhe huda hudai kina nirdos bokaharu bali dinchha?

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • K.M. Godar wrote on 24 January, 2013, 2:03

    ढटुवारेको कुरा अनुसार त अव २० देखि २५ वर्ष आन्दोलन गर्नु पर्ला की ?

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Kunjar wrote on 24 January, 2013, 11:45

    नखोक हो बुढा नखोक धेरै घितिक्क होऔला…….. मुला जमानामा २-४ महिना जेल बसेको अतित भजाएर देश र हामि जनताको भविश्य-बर्तमान सबै लुट्ने तिमि मुला काइतेहरु ! कुन मुखले अरुलाई गालि गर्छु ? तिमीहरु सबै घटिया, भारतीय हरुको कालो कुर्ने कुकुर हौ ! आन्दोलन धम्कि …??? लौ हेरौं त कसरि गर्छौ ? को आउँछ अब तिमीहरुको पछि ? तिमीहरु त यति निच, यति हुतिहारा छौ कि आफ्नै घरको झिङ्गो मार्न सक्दैनौ हामि जनता बिना ….अनि तिमि काइतेहरुले आन्दोलनका धम्कि ? अब हाम्रा लागि जो आए पनि डाँका नै आउने हो भने पछि किन लड्ने हामि एउटा डाँका फालेर अर्को ल्याउन ? तिमीहरु आफै लड-मर…..तर लड्न मर्न हिम्मत चाहिन्छ त्यो कहाँ बात ल्याउँछौ ? बजारमा किन्न वा चन्दाको नाममा लुट्न पाइन्न ……तसर्थ यसै गरी ङ्ग ङ्ग गर्दै रुँदै गर कुकुरहरु…………!

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kuldeep wrote on 25 January, 2013, 8:21

    Sabi congres /ra Amale Netaharu des drohi hun aphule satta payo bhane i chorharu ramauchan arule ramro gareko sahandainan

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Prakash Adhikari wrote on 26 January, 2013, 0:53

    बहुदल आएपछि पंचायेत का fascist लाई बुइ बोकेर, सांसद किनबेच गरेर, नाताबाद, कृपाबाद लाई मौलाउन दिएर, देसका उधोग लाई लिलाममा चढाएर आफ्नै पार्टीका मुस्ले र भुस्तिग्रेलाई देसका तह तप्कामा भर्ति गरेर, लिएको सिक्छया आयोगको result एक दसक सम्म ननिकाली, ६० हजार teacher लाई थाई हुन्न कि भन्ने त्रासदी मा राखी (पार्टी को झोला बोक्न बाध्य बनाएर) democracy प्रति नै नेपाली जनताको अरुचि बडाउने gang का नेता महासय / तिम्रो राजनैतिक चर्तिकलाले हिंसाको बिउ रोप्य/ माओबादी लाई मसला भए तिम्रा फोहोरी खेलहरु को उपज/ देसमा राम्रा काम भएनन्/ रोजगारको सिर्जना गरनु परेन बेरोजगारका लागि/ पार्टीको झोला नबोक्ने विदेश पलायन भए मतलब पनि भएन/ भएका रोजगार तिम्र आसेपासे ले पाए/ नेपाली युबबर्गा (केटा अनि केटि) आमा, बाबा, श्रीमती/श्रीमान र छोरा छोरि हरु छाडी विदेश मा नोकर बस्न जना बाध्य पारेउ / प्रजातन्त्रका भछक हरु!!! धिक्कार छ तिमीलाई/ प्रजातन्त्रलाई कुरुप बहाउने हरु, हिंसा पलाउने बातावरण तयार पार्नेक खलनाएकहरु, marx बादको खोल ओडेर गरिबको tax बाट आएको पैसाले देसमा मस्ती गर्ने हरु!!! सत्तालिप्सा को रोगले ग्रस्थ ब्वाँसा महासय, फेरी एस्तो भासन दिन कसरि सकेको !!! सत्ता बाहिर छौ तेसैले खोला बाहिरको माछा जस्तो भएका छौ/ सत्तापिपासु हरु!!! सत्ता बाहिर भएकाले drug खान नपाएको druggist जस्तो बर्बराउछौ? हामी नेपालीलाई थाहा छ तिम्रो मति; तिम्रो marx बाद को मुकुण्डो/

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    keshab gautam Reply:

    nata bad baburam jati aru kasaile gareko chhaina

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • दौलत साम्बा ,रोम इटली wrote on 26 January, 2013, 8:59

    अरु त सबै ठीक लाग्यो एउटा कुरा चाँही सत्य होइन, स्व श्री गिरिजा प्रशाद कोइरालाको शुरुवाती आन्दोलनमा जम्मा १०० जनाको सन्ख्यामा मात्र आन्दलनकारीहरु थिए अनी तिनिहरुलाई अन्तिम आन्दोलनको बिन्दु भनेको प्रतिनिधि सभाको पुनस्थापना भनिएको थियो। सम्पूर्ण नेपाली सान्ची छौ।प्रदिप सरले त आन्दोलनको अन्तिम लक्ष पुनस्थापना थिएन भन्नु भएको छ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • mahendra wrote on 27 January, 2013, 2:27

    ती हुन नेकापा एमाले र नेपाली काग्रेस का कथित नेता भनौदाहरु देश खाने अब तह लगाउने बेला आयो अझ ढिला भयो की ?

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    keshab gautam Reply:

    maubadika vijilanteko jel jane bela ako aba

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • himal wrote on 28 January, 2013, 0:34

    yo vrastachari Pradeep Nepal mari sakyo vane ko ta aajha karaudai rahechha. Patak patak mantri huda gareko vrastachar le yeslai pugna chhode ki kyaho

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Grunge Khem wrote on 28 January, 2013, 6:54

    मुसा खाने रातो बिरालो लाई तह लगाउनु पर्छ अरे” रातो बिरालो लाई तह लगाएर मुसा जति सबै आफै खाने सुर मा हो कि के हो हाहाहा…

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kharbuja wrote on 28 January, 2013, 8:12

    yo musa khane bahun lai biralo lagayera sidhyaunu parchha pradip jee sachikai ho yo musa bahun lai thik parnai parchha?

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 28 January, 2013, 12:03

    Mr pardeep your speech like that to make castles in the air how is your party all people know u don;t get example if u have mind develop your home otherwise u self understand what will b prise

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ram wrote on 16 February, 2013, 9:07

    Duty of cat is to eat rat. If a cat does’nt eat rat it is use less. If we have many rats in our house and if they creat problems we keep cat to eat them. If Baburam is a cat and he is eating rat it means he is solving the the problem. The works done by Baburam is mixed. Some works are very good like reform and contruction of kathmandu valley and other citie, likewise SENA SAMAYOJAN but some are controversial like BIPPA, emnigration etc.But the version of Pradip Nepal is We should kill the cat who is eating rat.Topic it self is wrong.It should be like this MUSHA MARNA NASHAKNA BATO BIRALO LAI CHHUTNU PARCHHA. Or we should bit the cat which is unable to eat the rat.Anyway
    Baburam bhattrai is not good but not so much bad that we are traying to blame him . He is a leader of clear vison.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • khaga raj acharya wrote on 16 February, 2013, 10:21

    ekdam ho hami paddai padainau. malai pani yo kura thik lagchha. sabai janatako bahudalie janabadma nai chha . k lelin? e male bhitra fataha 60 percent chhan.40 per pani bistarai fataha hudai chhan.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु