हालै विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले मसहित पाँचजना नेपाली अनुसन्धानकर्ताहरुलाई ‘योङ साइन्टिस्ट अवार्ड’ (युवा बैज्ञानिक अवार्ड)बाट सम्मान गर्यो । त्रिभुवन विश्वविद्यालयको सेन्ट्रल डिपार्टमेन्ट अफ माइक्रोबायोलोजीमा पढेर केही बर्ष त्यहीं पढाएको मैले त्यससम्बन्धी बिशेष शोध गरेवापत मै नेपाल सरकारबाट प्राप्त यो सम्मानलाई निकै महत्वपूर्ण ठानेको छु ।
हामी यही माटोमा जन्मिएर, यहींका विश्वविद्यालयमा पढेर बनाएको जगका आधारमा अहिले विश्वस्तरीय रिसर्च ल्याबहरुमा काम गरिरहेका छौं । तर, नेपालमा दिनदिनै अनुसन्धान गर्ने प्रकृया र पद्दति भत्कँदो छ । पहिले निकै सशक्त रहेका अनुसन्धान केन्द्रहरु पनि बन्द हुने अवस्था पुगेका देखिन्छन् । राज्यले भएका अनुसन्धान केन्द्रहरुलाई व्यवस्थित पार्ने र नयाँ अनुसन्धान केन्द्रहरुको स्थापनामा पनि ध्यान दिएको देखिन्न ।
उल्टै हामीजस्ता नेपालले लगानी गरेका अनुसन्धानकर्ताहरु अवसरको खोजीमा विदेशिनुपरेको छ । हरेक बर्ष हजारौं नेपाली युवाहरु अध्ययनका लागि विदेशिएका छन् । नेपालका सम्भावित अनुसन्धानकर्ता र वैज्ञानिकहरु बाहिरिइरहेका छन् । नेपालले त उनीहरुलाई यहाँ राख्न सकेन, विदेशमा सीप हासिल गरेका दक्ष अनुसन्धानकर्ताको सीपलाई पनि नेपालको हितमा उपयोग गर्ने योजना बनाएको देखिन्न ।
मोटामोटी हेर्दा यहाँ दुईथरिका अनुसन्धानकर्ता छन्-४५/५० वर्षभन्दा माथिका र त्योभन्दा कम उमेरका । ५० वर्षभन्दा कम उमेरका अनुसन्धानकर्ताहरु नेपालमा आफ्नो सीप प्रयोग गरेर वा सानोतिनो आर्थिक सहयोग गरेर पनि अनुसन्धान गर्न चाहान्छन । तर, केही अपवादलाई छाडेर धेरैजसो पाका अनुसन्धानकर्ताहरु अलि अनुदार देखिन्छन् । सरकारी तलव खाएर विदेशमा बस्नेहरु धेरै छन । फेरि त्यस्ता अनुसन्धानकर्तासँग पछिल्लो दुई वर्षको समय सान्दर्भिक पछिल्लो दुई वर्षको पनि डाटा अपडेट हुँदैन । उहाँहरुमा खट्नसक्ने क्षमता पनि कम हुन्छ । तैपनि उहाँहरुको अनुभवको उपयोग हुनुपर्यो, युवाको क्षमताको प्रयोग पनि हुनुपर्यो ।
हामीले केही योगदान गर्न सक्ने अवस्था भए त्यो गर्न चाहान्छौं । त्यस्तो प्रकारका मान्छेहरुको टिम कोही छ कि भनेर खोज्ने चाहना हुँदो रहेछ । मजस्ता धेरै नेपालीहरु विभिन्न क्षेत्रमा विश्वस्तरका अनुसन्धान केन्द्रहरुमा काम गर्नुहुन्छ । विज्ञान तथा स्वास्थ्यका क्षेत्रमा अनुसन्धानरत धेरै नेपालीहरु मैले भेटेको छु । हामीमा आफै केही सिक्ने र सिकाउने चाहना छ । हामीमा नेपाललाई केही गरौं भन्ने भावना छ, तर यहाँ हामीलाई सहजीकरण गर्ने संयन्त्र छैन ।
हामी आज जहाँ छौं, त्यो सबै नेपालको लगानी हो । मेरो सवालमा सन् १९९८ देखि प्रा.डा. विश्वनाथप्रसाद अग्रवालको आर ल्याबमा रिसर्चको जग बसाई त्रिभुवन विश्वबिद्यालयमै पढेँ । हामीजस्ता अनुसन्धानकर्ताहरुलाई नेपालले प्रयोग गर्न नसक्दा विदेशीहरुले छात्रवृत्ति दिएर तानिरहेका छन् । मैले पनि जर्मन फेलोसिप पीचएडी गरेँ र केही बर्ष त्यहीँ बैज्ञानिकका रुपमा काम गरेँ । अहिले आफूले सिकेको कुरा अमेरिकामा प्रयोग गर्दैछु । हाम्रो लगानी त विदेशमै प्रयोग भयो । तर, हामीमध्ये थोरै नेपाली छौं, जो आफ्नो अनुभव र दक्षता आफ्नै देशलाई दिन चाहान्छौ ।
विज्ञान तथा प्रविधि क्षेत्रमा मात्रै हैन, नेपालमा कुनै पनि क्षेत्रमा यथेष्ट अनुसन्धान नै हुँदैन । गृह मन्त्रालयका अफिसर र विश्वविद्यालयका प्राध्यापकहरु विदेश गएर अनुसन्धान गर्छन् । त्यो किन त भन्दा खाली नेपालमा प्रोमोसनका लागि र भत्ता खाने प्रयोजनका लागिमात्रै । केही अपवाद होलान्, त्यो बेग्लै कुरा हो ।
अहिले अमेरिकामा विदेशी विद्यार्थीमध्ये ११ औं स्थानमा नेपालीहरु पर्छन् । युरोपका सबैजसो देशका रिसर्च एजेन्सीहरुले नेपालीहरुलाई सजिलै काम दिन्छन् । किनकि हामी अँग्रेजी बोल्न सक्छौं, हामी जन्मिँदै बहुसंस्कृतिको अभ्यासमा हुर्किदै आएका छौँ । जोसँग पनि घुलमिल गर्न सक्छौं । पढ्ने, मेहनत गर्ने बानी छ । नेपालीहरु इमान्दार छन्, झुट बोल्न जान्दैनन् । त्यसकारण विदेशमा नेपाली अनुसन्धानकर्ताहरुको राम्रो माग छ । अहिले पनि विश्वका ठूल्ठूला रिसर्च सेन्टर र युनिभर्सिटीहरुमा नेपालीले राम्रो काम गरिरहेका छन् । तर, नेपालमा त्यस्तो जनशक्तिलाई काम दिने वातावारण नै छैन ।
नाष्टले हामीलाई बैज्ञानिक अवार्ड त दियो । तर, यहाँको राजनीतिक तहबाट त्यसप्रति कुनै अपनत्व नै छैन । कार्यक्रमको प्रमुख अतिथि तथा एकेडेमीको कुलपति रहेका हाम्रा प्रधानमन्त्रीलाई त्यो कार्यक्रममा जाने र वैज्ञानिकहरुसँग अन्तरक्रिया गर्ने फुर्सद नै छैन । तर, समान्यभन्दा सामान्य उदघाटनमा पुगिरहनुभएको हुन्छ । भएका प्राज्ञ महोदयको पनि न्यून उपस्थिति हुन्छ । के यो बिडम्बना हैन ? विज्ञान प्रविधिले तत्काल राजनीतिज्ञको खल्ती भर्दैन, भावी पुस्ताका लागि हो ।
रिसर्च भनेको एउटा संस्कार हो, जसले सम्बन्धित बिषयलाई एउटा सभ्यता दिन्छ, संस्कार दिन्छ । त्यो राजनीतिक नेतृत्वले बुझेको देख्दिँन । यो मजस्ता युवा अनुसन्धानकर्ताहरुले भोगेको नमीठो अनुभव हो । नेपालमा जति पनि रिसर्च हुन्छन्, ती सबै प्रोजेक्टबाट लगानी गरिएका रिसर्च हुन्छन् । विदेशी दाताहरुले दिएको अनुदानका लागि वा स्वास्थ्य र कृषिसँग सम्बन्धित परीक्षणका लागि मात्रै रिसर्च भइरहेका छन् । पश्चिमा मुलुक र त्यहाँ रहेका ल्याबहरुले नेपालजस्ता अल्पविकशित मुलुकमा घातक औषधीहरुको परीक्षण गरिरहेका छन् । हामी उनीहरुको तथ्यांक निर्माण गर्नका लागि मात्र उपयोग भइरहेका छौं ।
अहिले पनि बिभिन्न औषधि, भ्याक्सिन तथा परिवार नियोजनका साधनहरु हाम्रै देशमा परीक्षण भइरहेका छन् । तर, त्यसको ठोस रेगुलेसन हुन सकेको छैन । हाम्रै तराईका कतिपय जिल्लामा मानिसहरु मलेरिया, कालाजार र क्षयरोगले आक्रान्त छन्, अनुदानमा आधारित प्रोजेक्टका नाममा केही रिसर्चहरु भएका छन् । तर त्यहाँ मान्छेको नियत प्रष्ट छैन । यसको पीडा त्यहाँका मानिसहरुलाई पक्कै थाहा होला ।
तपाई एउटा मात्र यस्तो अनुसन्धान देखाउनुस्, जो नेपाल सरकारले आफ्नै लगानीमा ‘ल बर्षको यति बजेट दिएका छौं, यसको प्रभाव यति आउनुपर्छ भनेर गरेको होस् । पहिले-पहिले रेबिजको भ्याक्सिन नेपालमै उत्पादन हुन्थ्यो । सुन्तला, कागती तथा धानमा लाग्ने रोगका किराबारे विस्तृत अध्ययन हुन्थ्यो । पछिल्लो दश बर्षमा ती एकाध बाहेक सबै ल्याबहरु बन्द छन् । नेपाल कृषि अनुसन्धान परिषद्ले कति राम्रा रिसर्चहरु गर्दथ्यो । तर, अहिले नार्क रिसर्च क्षेत्रमा करिव-करिव बन्द अवस्थामा पुगेको छ, उल्लेखनीय काम गर्न सकेको छैन् । अहिले नेपालमा यस्ता रिसर्चहरुमात्र छन्, जसले नेपालको परराष्ट्र नीतिलाई सहयोग गर्छ, राजनीतिक नेतृत्वलाई पैसा आउँछ ।
रिसर्चका नाममा नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्न पनि विदेशीहरुले पैसा खन्याएका छन् । उनीहरुको रणनीतिक योजनाका रुपमा रिसर्चहरु नेपाल आएका छन् । नत्र उनीहरु किन नेपालमा रिसर्चका नाममा पैसा खन्याएका छन् त ? त्यसमा नेपाललाई केही पनि फाइदा छैन, सबै उनीहरुको स्वार्थ र योजनाअनुसार आएका परियोजनाहरु हुन् । नेपालीहरु पैसामुखी भए, जसरी पनि रिसर्चका नाममा डलर आउनुपर्यो, त्योभन्दा पर नेपालमा अहिले रिसर्चको काम हुन सकेको छैन ।
जबसम्म नेपालमा अनुसन्धान केन्द्रहरुलाई विशेष मापदण्ड राखी ब्यवस्थित गरिँदैन, त्यसका लागि उच्च राजनीतिक तहबाटै त्यस्तो वातावरणका लागि पहल गरिँदैन, तबसम्म नेपाली अनुसन्धानकर्तालाई बाहिर जानबाट रोक्न र दक्ष प्राविधिकहरुलाई टिकाइराख्न सकिन्न । यहाँ रिसर्च गर्ने वातावरण र संस्कार दियो भने मात्र अहिले विदेशी अनुसन्धान केन्द्रहरुमा काम गरिरहेको दक्ष जनशक्तिलाई नेपालतिर आकषिर्त गर्न सकिन्छ ।
हामीकहाँ सैद्धान्तिक पढाइ राम्रो छ , तर, व्यवहारिक प्रयोग र अनुसन्धान छैनन् । हामीले मेसिनबारे पढेका हुन्छौं तर कहिले पनि देखेका हुन्नौं । विदेशमा मेसिन चलाउन सिकेरै त्यसबारे जानकारी लिन्छन् ।
हामीकहाँ विज्ञानको पढाइ अनुसन्धानको तहमै छैन । मेरो बिचारमा बिएस्सी केवल बीए इन साइन्स हो, बिएस्सी हैन । कारण- हामीकहाँ कुनै अनुसन्धानको कामै हुँदैन । आजभन्दा २०/३० बर्षअघि हाम्रा गुरुहरुले जे प्राक्टिलक गर्नुभएको थियो, आज पनि त्यही पढाइ भइरहेको छ ।
हरेक वर्ष कैयौं नयाँ निश्कर्षहरु आइरहेका हुन्छन, त्यसलाई अपडेट गर्ने काम भएकै हुँदैन । वास्तविकतामा यहाँ रिसर्च नै भएको छैन । तपाईलाई थाहा छ, डिग्री लिने लाइनमा पुरानो थेसिसको कपी तथा विक्री वितरण हुन्छ । तर, बिदेशमा गएर नेपाली विद्यार्थीहरुले त्यही सैद्धान्तिक ज्ञानका भरमा निकै राम्रो गरेका छन् । नेपालमा व्यवहारिक ज्ञान हुन सक्यो भने नेपालमा विश्वस्तरका अनुसन्धानकर्ताहरु जन्माउन सकिन्छ ।
हामीजस्ता विदेशी अनुसन्धानकेन्द्रहरुमा अनुसन्धान गरिरहेकालाई नेपालको अवस्था देख्दा मन दुख्छ । यहाँ सामान्य झाडापखालाको जिवाणुको अनुसन्धान हुन नसकेर सयौंले ज्यान गुमाउँछन् । यस्तो अवस्थामा हाम्रो नेपालसँग त्यति ठूलो अपेक्षा छैन । वातावरण नबन्दासम्म नेपालै फर्किएर काम गर्ने भन्ने कुरा व्यवहारिक पनि हुन्न । त्यसैले हामीलाई साना-साना संयुक्त अनुसन्धान परियोजनाहरुमा साझेदार बनाइदिए पुग्छ । मानिलिऔं त्रिभुवन विश्वबिद्यालयमा कसैले पीएचडी तथा मास्टर्सको थेसिस गर्दैछ, यसको को-सुपरभाइजर बन्ने अवसर दिइयो भने हामी कति खुसी हुन्थ्यौँ होला ? मलाई लाग्छ त्यस्तो प्रस्तावलाई विश्वका जुनसुकै कुनामा रहेका नेपाली अनुसन्धानकर्ताले स्वीकार्छन् । यसो गर्दा हामीमा पनि अनुसन्धानको संस्कार बढ्छ । मैले मुलुकका लागि केही योगदान दिएको भन्ने सन्तुष्टि पनि हुन्छ । तर त्यसका लागि यहाँका प्रोफेसरहरुको सोचाइ फराकिलो हुनुपर्छ । रिसर्चमा व्यवसायिकताको विकाश हुनुपर्छ ।
केही सानासाना परियोजनामा नेपाल सरकारले हामीजस्ता सम्बन्धित अनुसन्धानकर्तासँग स्वयंसेवकका रुपमा सेवा माग्दा पनि त्यो अव्यवहारिक हुन्न । नेपालमा सामान्य खर्चमा हुने अनुसन्धानका काम पनि रोकिएका छन् । हामीले धेरै-थोरै खर्चमा हुने अनुसन्धान त सहयोगकै रुपमा पनि गरिदिन सक्छौं नि । हामीलाई त्यस्तो काम गर्न खर्च पनि लाग्दैन, आफू कार्यरत् ल्याबमै रिसर्च गरेर पनि सहयोग गर्न सकिन्छ । त्यो हाम्रा लागि ठूलो अवसर पनि हो ।
नेपालमै अनुसन्धान केन्द्र खोल्ने, नेपालमै अवसर दिने कुरा छाडिदिउँ । तत्कालका लागि विदेशमा अनुसन्धानकर्ताका रुपमा काम गरिरहेका नेपालीहरुको सहयोग लिए पनि धेरै काम हुन्छ । त्यसका लागि नेपाल सरकारले पहिले हामीजस्ता अनुसन्धानकर्ताको लगत राख्नुपर्यो । कुन नेपाली के विषयमा ज्ञाता छ र कहाँ काम गरिरहेको छ भन्ने रेकर्ड राख्नुपर्यो । त्यसपछि उनीहरुबाट कसरी सहयोग लिने भन्ने संयन्त्र बनाउनुपर्यो । उनीहरुलाई सरकारले चिठी लेखेर यो बिषयमा सहयोग गर्नुस् भने कुनचाहिँ अनुसन्धानकर्ताले सहयोग नगर्लान् ? केही समय निकालेर नेपालका लागि सहयोग गर्न सबै तयार छन् । किनकि नेपालबाहिर बस्दा नेपालको माया हामीलाई झन् धेरै हुन्छ । तर, बिडम्बना, नेपाल सरकारसित तीन बर्षअघि आफैले ‘योङ साइन्टिष्ट अवार्ड’ दिएको व्यक्ति कहाँ के गरिरहेको छ भन्ने जानकारी छैन ।
चीन, भारत, कम्बोडिया, भियतनाम, म्यानमार हेर्नुस ती देशका अनुसन्धानकर्ताहरुले विकशित देशमा निकै राम्रो पोष्टमा काम गरिरहेका छन् । ती देशहरुले नीति नै बनाएर सिधै काम दिएर अफर गर्छन् । उनीहरुको सरकारी नीति नै छ, विदेशमा दक्षता हासिल गरेकालाई मुलुकमा राम्रो अवसर दिएर भित्र्याउने । उनीहरुले कसरी योग्य जनशक्तिलाई कसरी आफ्नो मुलुकमा फर्काइरहेका छन त्यो हेरे पुग्छ नेपालले । तर, हामीकहाँ त असिस्टेण्ट प्रोफेसरको पनि खुला आवेदन हुँदैन । भइहाले पनि राजनीतिक छहारीमा बसेकाले फाइदा लिन्छन् ।
जे भए पनि अहिले नेपालमा बित्तिय क्षेत्रमा राम्रो जनशक्ति आइरहेको छ । निजी क्षेत्रले आफुलाई चाहिने जनशक्ति आफै तयार गरिरहेको छ । प्राइभेट सेक्टर फस्टाएका कारण वित्तीय क्षेत्रमा राम्रो भइरहेको देखिन्छ । तर, बिज्ञान प्रबिधि लगायतका क्षेत्रमा निजी क्षेत्रको सहभागिता छैन । सरकारी अनुसन्धान केन्द्रहरु नाम मात्रका छन् र स्तरीय रिसर्च करिव-करिव बन्द हुने अवस्थामा छन् ।
अनुसन्धान केन्द्रहरु निजी क्षेत्रले पनि खोल्न सक्छन् । बाहिर त बिश्वविद्यालय र निजी क्षेत्रका अनुसन्धान केन्द्रहरुले नै धेरै अनुसन्धान गरिरहेका छन् । यसमा नाफा पनि छ । त्यसैले नेपालमा पनि अनुसन्धानका क्षेत्रमा निजी क्षेत्रको लगानी सुरु हुनसक्छ । औषधि निर्माता कम्पनीहरुले ठूलो रकम अनुसन्धानमा खर्च गरिरहेका छन् बिदेशतिर । त्यस्तो अनुसन्धानको काम नेपालमा पनि गर्न सकिन्छ । नेपालमै अनुसन्धान केन्द्रहरु खोलेर विदेशका अनुसन्धान परियोजनाहरु ल्याएर काम गर्न सकिन्छ । तर, त्यसका लागि नेपालमा अनुसन्धानकर्ताहरु उत्पादन हुनुपर्छ र पूर्वाधारहरु बनाउनुपर्छ । जसले अनुसन्धानकर्ता आफैले केही गर्न सक्ने अवसरको विकाश गर्न सक्छ । आईटी वा अकाउन्टिङजस्तो आउटसोर्सिङको अवस्था रिसर्चमा देखिन्न । सीपमात्र भएर पुग्दैन, रिसर्च ल्याबहरु अर्थात पूर्वाधार पनि हुनुपर्छ । त्यसका लागि सवैभन्दा राम्रो उपाय भनेको सरकारले अनुसन्धान केन्द्र स्थापनाका लागि नीतिगत पहल लिने र त्यसमा निजी क्षेत्रलाई पनि साझेदार बनाउने गर्नुपर्छ । त्यसो हुन सकेमा नेपालमै राम्रा अनुसन्धान केन्द्रहरु स्थापना हुन सक्छन् । नेपाली अनुसन्धानकर्ताहरुले पनि अन्तराष्ट्रिय क्षेत्रमा योगदान दिन सक्छन् र नेपालले पनि फाइदा लिन सक्छ ।
(डा. खत्री अमेरिकास्थित युनिभर्सिटी अफ इलिनोइसको केमेष्ट्री एण्ड कलेज अफ मेडिसिनमा पोष्ट डक्टरल रिसर्च एसोसिएटका रुपमा कार्यरत हुनुहुन्छ । सन् २००९ मा पीएचडी गरेयता उहाँका ९ वटा अनुसन्धानमूलक लेखहरु विश्वस्तरका पियर रिभ्युड जर्नलहरुमा प्रकाशित छन् । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानले प्रदान गरेको ‘योङ साइटिष्ट अवार्ड २०६९’ ग्रहण गर्न नेपाल आएका बेला अनलाइनखबरका प्रधान सम्पादक धर्मराज भुसालले खत्रीसँग गरेको कुराकानीका आधारमा यो लेख तयार पारिएको हो ।)
kehi ho
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
Gokul pokhrel Reply: January 21st, 2013 at 8:53 am
The article portrays the sordid state of science manpower in Nepal. Recently, some NRN science professionals have launched a program of providing media reporting fellowships to yuung aspiring science journalists/graduates by mobilising funding support from NRN community. More steps can follow in the line. What is important is building up solidarity among S&T professionals in the diaspora.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
We should be proud of them and wish him for his further success in the future, too.
Like or Dislike:
10
2
[जवाफ फर्काउनुहोस्]
YES OUR GOVERNMENT ARE NOT ABLE TO USE EXPERTISE OF THE SCIENTIST AND THEY DO NOT WANT TO DO SO BECAUSE OF THEIR SELFISHNESS.
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
Thanks for information
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
डा योगन खत्रीले उठाउनु भएको कुरा पूर्ण रुपमा सत्य र तथ्य परक हो/ हामी जस्ता धेरै युबाहरु छन् जो यहा बिदेशमा पाएको ज्ञान र शिप आफ्नो देशमा लगाउन चाहन्छौं, बिज्ञान लाई केही देन दिन चाहन्छौं/ तर अग्रगामि मानिएको राजनीतिक बृत्त र क्षमतावान मानिएको नीति निर्माताहरुको (अत्यन्त कर्तव्यनिस्ठ कर्मचारीतन्त्र सहित)साघुरो सोचले च्यापिएर अन्य क्षेत्रमा जस्तै बिज्ञान र अनुसन्धानको क्षेत्रमा पनि पश्चगमनतिर जाने काम भैरहेछ/ भएका अनुसन्धान केन्द्रहरु बन्द भैरहेका वा जिर्ण अवस्थामा छन् र बिश्वबिध्यालय हरु राजनीति गर्ने अखडा भैहाल्यो/ हामीले कडा नैतिक दबाब नदिएसम्म बहिरो भएको देशको नीति निर्माण गर्ने तप्का विज्ञानको क्षेत्रमा केही लगानी गर्ने छैन/ बिना बिज्ञानमा लगानी विकास असम्भव प्राय छदैछ/
Like or Dislike:
6
4
[जवाफ फर्काउनुहोस्]
कालिकाप्रसाद उपाध्याय, अष्ट्रेलिया Reply: January 19th, 2013 at 9:48 am
जहाँ अनुसन्धान जस्ता विशुद्ध पेशागत संस्थाहरूमा संघ र संगठन खोलेर मारपिट गरेर जागिर मात्र पकाउने काम हुन्छ (जस्तै हालसालै पाटन स्वास्थ्यको केश), कोही प्रतिभावान छ तर म कसैको मान्छे होइन, विशुद्ध नेपाली कर्मठ पेशागत व्यक्तिमात्र भएर रहन चाहन्छु भन्दा न दुखले गर्न पाइन्छ न सुखले बस्न (यो सबै संस्थाको दीर्घरोग हो) । जहाँका अनुसन्धान संस्थाका सुप्रिम हाकिमहरू दल, मन्त्री वा सुपरपावरवालाले मागे जति घुस दिएपछि मात्र नियुक्त हुन्छन्, जहाँ स्वस्थ प्रतिस्पर्धा नभर्इ लेनदेनका सीमा नाघेर वृत्तिविकास गरिन्छ (लोकसेवा बाहेक भन्न मन थियो तर हालका केही घटनाले त्यो पनि दिएन), संक्षिप्तमा भन्नुपर्दा जहाँ डा. योगन खत्रीले वर्णन गरे जस्ता हामीहरू कोहीपनि नअटाउने परिस्थिति र संस्कार विकसित भएको छ, त्यो निरीह मातृभूमिको बारेमा म के कमेन्ट गरूँ? धेरै अघिदेखि लेखूँलेखूँ लागेका भित्री कुरा समेट्नु भएकोमा डा. खत्रीलार्इ धन्यवाद् ।
Like or Dislike:
7
3
[जवाफ फर्काउनुहोस्]
डा खत्री को लेखमा म पुर्णरुपमा सहमत छु । नेपालमा काम गर्ने अवसर पनि दिइन्न । मानब पोषणमा स्नातकोतर सकेर नेपाल जाँदा मैले पुरै 1 वर्ष पोषण सम्बन्धि काम खोज्दा पनि अबसर पाउन सकिन । अवसर नभएको होइन, नदीएको हो । केन्द्रिय प्रबिधि क्याम्पस, हात्तिसार धरान मा गत बर्षबाट मात्र सुरु भएको स्नातक स्तरको पोषण क्षिक्षामा आध्यापन गराउंछु भन्दा पनि सोहि बिषयको मेरो स्नातकोतरको प्रमाणपत्र कागजको खोस्टा मात्र हुन पुग्यो । तेही बिषयमा स्नाकोतर गरेको अर्को व्यक्ति आएर होइन, राजनिती लागेर, नेपालमा जसले जे अध्यापन गरायेनी हुन्छ भनेर ।, अरु संघ संस्था को नि तेही हो व्यवहार ।
Like or Dislike:
10
5
[जवाफ फर्काउनुहोस्]
Yogan ji le ramro kura bhannu bhayo.Yogan ji ko kura sambhandit nikayama chito bhanda chito pugos.
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
We need strong leadership in Nepalese science sector. Somebody who can instill research=money in the mind of general masses and politicians. We have to have a can do positive attitude. If some institution are doing good job in their filed they should also be rewarded like rewarding individual researchers presented in this article. Collaboration of Nepalese in Nepal and abroad should be highly encouraged as suggested in this article. Moreover we have to change ourselves. We should be true to ourselves. A scientist should be curious but also a moral person. We should not never cheat, lie or be quiet about others who do it.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
yogesh ji ko kura ma yekdam sahamat chu…
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Khatri sir dherai badhai chha, ani we are proud of you, keep your very good those thoughts with you, it will encourage the people like us who are entering in the research fields in the Nepal. we hope for better in future.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
very nice and motivational thought, i appreciate it and you also.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
Dr. Yogan, you are totally correct. I also agreed that this is the influence of foreign politics that contributes the Nepal political instability. I guess we will see more dangerous situation of Nepal after few years cause we know most of the responsible governing position of Nepal is being occupied by the person without any related skills and they are looting our nation from all the way and more than that this trend is in increasing in a multiplicative manner which can bring totall full stop in the field of innovation and technology. You guys are the product of Nepal sharpened from 20-30 years so still we can find you but after few years you people will meet the horizon of fraustration towards the Nepal and the present generation will not be able to collaborate them self in the main stream of discovery and findings because the present scenario and the deadlock of our country is not able to give them technological education and moreover a trend has been developed to go abroad if your child is talent and you have some money..Dr. Yogan I am afraid and conscious about the devastation that may happen to our country..but we citizen are just like a doll…thanks for your article..it’s really a heart touching..
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
Kura thik ho ki hoina bhanda pani hami bdesh ma basne ra alikati western education system ma degree bhaeka (Master and PhD: Ma pani tehi degree lieko chu) so called nepalese scholars haru ko behaviour, expectation, desh lai herne prabriti pani kehi had samma analysis garnu parne ma dekhdachu….
Hami bsesh ma education lieko bhandai ma scholar,,,, desh bhitra degree hasil gareka wa non formal ra informal education bata afulai update gardai nepal mai j 6 tehi ma nirnatar afno profession ma lageko lai sano wa kehi najanne manasthiti tyagnu parch ki??
Sahed kunai pani desh le tyo desh ko nagarik le j ma degree hasil garyo, tehi subject ma turuntai job didaina…. hami ma euta bhram 6 yo….. Yes, developed country le social security marphat afno desh ko janata ko livelihood guarantee gareko huncha… TARA unfortunately, mera dherai nepali scholar jo bdesh bata ma jastai Master/PhD garnu bhaeko cha, uhaharu le repeateldy bhannu huncha malai yo desh ra sarkar le k diyo… mero education lai samman garena,,,, formal education euta pato ho…. tesbata job ko lagi afu yogya sabit garaunu arko pato ho…. I think most of our scholars seems not thinking in this way.
Arko kura bdesh bata Master wa PhD gareko chu bhandai ma uslai ekai patak… principle scientist (in research organization), joint secretary level officials (in govt department) or professor (in university)or executive director/manager (in development organization or private corporate house)ma kasaile pani recruit gardaina,,,,,, having academic degree and doing job are entirely different. Perhaps developed country ma PhD gareko kuani bekti taxi driver or open market ma flower/vegetables sale gareko yaha haru le dekhe kai hunu parcha…
Arko kura uta esto facilites thiyo,,,internet, ac, car, ….,yaha ta kehi pani chaina,,,,,, salary pani ramro chaina bhanera comments pani maile dherai hamra mitra haru le garnu huncha…tara second grade bhaera pani oo tyaha ta ( afu baseko country) esto esto subidha cha bhanera tyo desh ko advocate garna pachi parnu hunna… K tapai hami pani yo desh lai yaha samma lyauna jimmewar chau ki chainau????
Like or Dislike:
7
3
[जवाफ फर्काउनुहोस्]