पाक प्रधानमन्त्रीविरुद्ध छानविन गरिरहेका पुलिस मृत भेटिए :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पाक प्रधानमन्त्रीविरुद्ध छानविन गरिरहेका पुलिस मृत भेटिए

५ माघ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री राजा परवेज असरफविरुद्ध भ्रष्टाचारको आरोपमा छानविन गरिरहेका पुलिस अधिकारी मृत भेटिएको छ । कामरान फैसल इस्लामावादको सरकारी होस्टलको एक कोठामा झुण्डिएको अवस्थामा पाइएको हो ।

मंगलबार पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री अशरफको गिरफ्तारी गर्न आदेश दिएको थियो । उनीमाथि सन् २०१० मा जल तथा उर्जामन्त्री हुँदा घुस लिएको आरोप लगाएको छ । तर, अशरफले आरोप अस्वीकार गर्दै आएको छ ।

पुलिस अधिकारी फैसलले आत्महत्या गरेको हो वा हैन भन्नेबारे जाँचबुझ भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु