लघुकथा-संवेदना :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

लघुकथा-संवेदना

श्रीओम श्रेष्ठ ‘रोदन ‘

वेवारिस अवस्थामा फेला परेको मृत युवकको लास अस्पतालमा पुयाइयो । केही दिनसम्म पनि लासको सनाखत गर्न कोही पनि आएनन् । त्यसपछि प्रहरीले युवकको लासको हुलियासहित प्रचारप्रसार भयो ।

समाचार पढ्ने र सुन्नेहरुको अस्पतालमा भीड लाग्न थाल्यो । त्यसमा पनि छोरा हराएकाहरु नै बढी थिए ।

युवकको लास भएको कोठामा पुगिनसकेका आमाबाबुहरु अत्यन्त बिलौना गरिरहेका थिए । हेर्न आउनेहरु रुँदै विलौना गर्दै थिए ।

“छोरा तिमीलाई के भएको थियो र घर छोडेर हिँड्यौ ?”

“हरे ! तिमीले भनेकैसँग विवाह गरिदिन्थ्यौं नि !”

“हे भगवान् ! तिमी त्यस्तो होलाऊ भन्ने सपनामा पनि सोचेका थिएनौं …।”

“कति ठूलो सपना बनाएका थियौं, सब चकनाचुर भयो बाबु ,सब चकनाचुर ।”

“ल ल अब तपाईहरु पालैपालो लासको अनुहार हेरेर आफ्नो छोरो भएनभएको पत्ता लगाउनुस् । अस्पतालका कर्मचारीको आवाजले उपस्थित सबै जना ससंकित भए ।

क्रमश आफ्नो छोरो हो कि भन्ने ठानेर आत्तिंदै आएका आमाबाबुहरु लासको अनुहार हेर्न गए । कोही र्फकंदा सन्तोषपूर्वक फर्किए । कोही शान्तपूर्वक फर्किए । कोही दंग पर्दै फर्किए । कोही मेरो त सात्तो नै गएको थियो भन्दै फर्किए । कोही खुशीका आँखा फरफराउँदै फर्किए ।

यस्ता कुरा सुनेपछि अनुहार हेर्न बाँकी रहेका आमाबाबुहरु भने अझ बढी आतंकित भए । यही क्रम अन्तिम आमाबाबुसम्म चल्दा पनि लास कसैको छोरा बन्न सकेन । र युवकको लास फेरि पनि बेवारिस नै बनिरह्रयो आफ्नै आमाबाबुको प्रतीक्षामा ।

4 Comments on “लघुकथा-संवेदना”
  • kabita wrote on 24 January, 2013, 5:57

    “कोही र्फकंदा सन्तोषपूर्वक फर्किए । कोही शान्तपूर्वक फर्किए । कोही दंग पर्दै फर्किए । कोही मेरो त सात्तो नै गएको थियो भन्दै फर्किए । कोही खुशीका आँखा फरफराउँदै फर्किए ।” सब जना मतलबी र स्वार्थी, त्यो अरु कसैको त छोरो हो भन्ने किन नसोचिकन तेस्तो भन्ने होलान .

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • radhikasanjel wrote on 25 January, 2013, 4:27

    yo sansar matlabi chha aruko lagi sochne ko hi chhaian ….
    lov moha ko sansar ho yo …

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • azazel wrote on 28 January, 2013, 10:57

    haina yo kasto katha ho……. Ekaaadeshma euta budoooo thyo re…tyo marexa….vanne jasto katha po vo…. Maile na bujya ho ki??

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • keshav bhattarai wrote on 5 February, 2013, 9:51

    apaharan ra hatya baddai gairaheko samasamayik ashanta nepalko pariveshama katha sandarbhik ra manachhune chha. kathakarlai dhanyavad

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु